मोडर्न प्रिपेरेटरी स्कुलद्वारा इटहरीमा निःशुल्क स्वास्थ्य शिविर हुने

  • चैत १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ सुनसरीको इटहरी–६ स्थित मोडर्न प्रिपेरेटरी सेकण्डरी बोर्डिङ स्कुलले विद्यार्थी तथा अभिभावकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

विद्यालयले आगामी चैत १३ गते, शुक्रबार बिहान १० बजेबाट विद्यालय परिसरमै एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको जनाएको छ।

शिविरमा Birat Medical College Teaching Hospitalका अनुभवी चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्नेछ।

शिविरमार्फत सहभागीहरूले सामान्य स्वास्थ्य परीक्षण, आँखाको जाँच, रक्तचाप तथा सुगर परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्श समेत पाउनेछन्।

विद्यालयले “लक्षण देखिन अघि नै जाँच गरौं, स्वास्थ्य सुरक्षित राखौं” भन्ने सन्देशसहित अभिभावक र विद्यार्थीलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन आग्रह गरेको छ।

यस अवसरको अधिकतम लाभ लिन सम्पूर्ण अभिभावक तथा स्थानीयलाई उपस्थित भई निःशुल्क स्वास्थ्य परीक्षण गराउन विद्यालयले अनुरोध गरेको छ

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved