- रणध्वज लाेहार धरान/ किमाथांका सडकमा फूलको बगैचाःतत्कालिन मुख्यमन्त्री शेरधन राई तत्कालिन १ नम्बर प्रदेश अर्थात कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले विराटनगर किमाथांका ६ लेण्डको सडकमा प्रदेशको सौन्दर्यकरण बढाउनको लागि सडक आसपासमा फूल रोपेर सौन्दर्यकरणमा आकर्षण थप्ने योजना थियो । उक्त योजना आर्थिक बर्षको नीति तथा कार्यक्रममा नै समेटर योजना बनाएको संस्थापक मुख्यमन्त्री शेरधन राईले बताए । विराटनगर किमाथांका सडक आसपासमा फूल लगाउने कन्सेप्ट अघि सारिएको हो तर कार्यान्यन हुन सकेन संस्थापक मुख्यमन्त्री राईले भने । सरकारको नीति तथा कार्यक्रममा नै विराटनगर किमाथांक
धरान/ सुनसरीको धरान–१६ स्थित कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक युएन नवोदय कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को परीक्षामा सफल भएका आफ्ना विद्यार्थीलाई विशेष कार्यक्रममार्फत सम्मान तथा बधाई दिएको छ। कलेजको सभाहलमा आयोजित कार्यक्रममा साइन्स, म्यानेजमेन्ट तथा कम्प्युटर म्यानेजमेन्ट संकायबाट उत्तीर्ण भएका सबै विद्यार्थीलाई खादा ओढाएर सम्मान गर्दै सफल भविष्यको शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कलेजका प्रबन्ध निर्दे
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ नमुना मार्गबाट ठूलो परिमाणमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। प्राप्त सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो करिब ३:४५ बजे चेकजाँच गर्ने क्रममा धरान–१७ फोकल्यान्डका ३० वर्षीय आङदावा तामाङ र १९ वर्षीय बुद्ध दर्जीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूको साथबाट Caliban का ४ हजार १८५ ट्याब्लेट र Tramol-50 का ४ हजार १८५ क्याप्सुल गरी जम्मा ८ हजार ३७० लागूऔषध ट्याब्लेट/क्याप्सुल बरामद गरिएको छ। पक्राउ परेका दुवैलाई बरामद लागूऔषधसहित न
धरान/ संविधान अनुसार स्थानीय तहहरुले असार १० गते नगर सभा गरेर निति कार्यक्रम सहित बजेट घोषणा गरिसक्नु पर्ने हुन्छ । आर्थिक वर्ष २०८३/८४ का लागि असार १० गते नगरसभा गरिसक्नु पर्ने हुन्छ । तर धरानले यस वर्ष पनि कानुनले तोकेकै समयमा नगरसभा घोषणा गरेर बजेट ल्याउन सकेन् । देशका अधिकांश स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट ल्याएर घोषणा गरिसकेका छन् । तर धरानमा आन्तरिक तयारीका लागि जनप्रतिनिधीहरुको तालमेल हुन नसक्दा नगरसभानै अन्यौलमा परेको छ । यो अवश्था अहिलेको मात्रै होइन । २०७९ मा निर्वाचित भए पश्चात बनेको धरानको स्थानीय सरकारले समयमै बजेट बनाउन चु
काठमाण्डौं/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष सरोज सिटौला र प्रमुख सल्लाहकार विजयबहादुर स्वाँर सहित पदाधिकारीलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बधाई तथा सम्मान गरेको छ । संगठनको ४७ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत विहिबार कोटेश्वरमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान गरिएको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी गराए । बधाई तथा सम्मान गरिएकामा अध्यक्ष र प्रमुख सल्लाहकार सहित महासचिव डेकनाथ गौतम सहित उपत्यकाबाट निर्वाचित पदाधिकारी रहेकाछन् । जसमा वरिष्ठ उपाध्यक्ष सानु
धरान/ कोशी प्रदेश कै उत्कृष्ट कलेज धरान-१६ मा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था युएन नवोदय कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै प्रकाशित कक्षा-१२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बिहिबार कलेजले सम्मान गरेको छ। कलेजको आफ्नै सभाहलमा आयोजित उक्त समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कलेजका प्रबन्ध निर्देशक ज्ञानेश्वर झाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन पब्लिक रिलेसन्स अफिसर राम बहादुर लिम्बूले गर्नुभएको थियो। समारोहलाई सम्बोधन
इटहरी/ नेपाली संगीत बजारमा नयाँ ब्यान्ड ‘समकालीन’ ले आफ्नो पहिलो आधिकारिक गीत “लाहुर“ मार्फत बलियो उपस्थिति जनाएको छ। “लाहुर“ निराशा, संघर्ष र आशाको एउटा यस्तो मिश्रित भावनाबाट जन्मिएको सिर्जना हो, जसको पृष्ठभूमि निकै मर्माहत र प्रेरणादायी छ। संगीतप्रतिको अगाध प्रेमलाई अन्तिम एकपटक पूर्ण रूपमा अभिव्यक्त गर्ने उद्देश्यका साथ ब्यान्डका सदस्यहरूले यो गीत तयार पारेका थिए। तर, संयोगवश त्यही अन्तिम प्रयास नै आज ब्यान्डका लागि एउटा उत्साहजनक र नयाँ सुरुवात बन्न पुगेको छ। आफ्नो पहिलो सिर्जना “लाहुर“ श्रोतामाझ ल्याएसँगै, समकालीन आगामी दिनहरूमा अझ धेरै
धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन–६’ की पब्लिक च्वाइस अवार्ड विजेता रुचि लिम्बूले पुरस्कारबाट प्राप्त रकमलाई सामाजिक सेवामा खर्च गर्दै उदाहरणीय कार्य गरेकी छन्। धरान १६मा अवस्थित यूएन नबाेदयकलेजमा विज्ञान संकाय अध्ययनरत लिम्बूले आफ्नो सफलताको खुसीलाई उत्सवमा मात्र सीमित नराखी असहाय बालबालिकासँग बाँडेकी हुन्। अवार्डबाट प्राप्त रकमले उनले धरानको सरस्वती बाल आश्रममा आश्रित २८ जना अनाथ तथा असहाय बालबालिकाका लागि शैक्षिक सामग्री वितरण गरेकी छन्। बालबालिकाको पढाइमा सहयोग पुग्ने उद्देश्यले गरिएको उनको यो पहलले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८४ का लागि १ अर्ब ३ करोड ४३ लाख ६६ हजार ८१ रुपैया बजेट प्रस्तुत गरेको छ । बुधवार नगरपालिकाले १८ औं नगर सभा मार्फत स्वास्थ्य , शिक्षा ,कृषि पर्यटन र पूर्वाधारमा जोड दिँदै नगर उपप्रमुख नन्दकुमारी सुनुवारले १ अर्ब ६ करोड ४३ लाख ६६ हजार ८१ रुपैया बजेट प्रस्तुत गरेकी हुन् । सभामा नगर प्रमुख रमेश कार्कीद्बारा प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य , शिक्षा कृषि, पर्यटन प्रवद्बन र पूर्वाधारमा जोड दिएको छ । " प्राबिधिक शिक्षा , एआई प्रबिधि , शिक्षकहरुलाई प्रशिक्षण , दिघो भौतिक संरचना निर्माण , एम्बलेन्स र शव वाहन परिचालन र व्यवस्थापन
धरान/ सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चोक क्षेत्रमा प्रहरीले १.७० ग्राम ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो करिब १ः३० बजे सवारी चेकजाँचका क्रममा पकलीबाट झुम्का तर्फ जाँदै गरेको को २७ प ९४३३ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा चालक र पछाडि सवार व्यक्ति मोटरसाइकल छाडेर भागेका थिए। प्रहरीले उनीहरूको पिछा गर्ने क्रममा उनीहरूले नजिकैको एक चिया पसल पछाडिको पर्खालको चेपमा फालेको प्लास्टिकको पोका फेला पारेको थियो। उक्त पोका खोली जाँच गर्दा स–साना प्लास्टिकका प्याकेटमा राखिएको १.७० ग्राम ब्राउन सुगर&n