धरानमा असोज २३ देखि मितेरी इनडोर फुटसल प्रतियोगिता हुँदै

  • असोज १२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–११ स्थित मितेरी फुटसलले असोज २३ गते खुला मितेरी इनडोर फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगिता मितेरी स्पोर्टस् सेन्टरमा बिहान ७ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

विगत आठ वर्षदेखि सञ्चालनमा रहेको मितेरी फुटसलले खेलकुदमार्फत युवालाई कुलतबाट टाढा राख्दै शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो।

पुनर्निर्माणपछि मितेरी स्पोर्टस् सेन्टरमा फुटसल प्रतियोगिता सञ्चालनका लागि सुविधा सम्पन्न इनडोर संरचना तयार गरिएको आयोजकको दाबी छ।

आयोजकका अनुसार करिब २ करोड रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको स्पोर्टस् सेन्टरमा फुटसलसँगै जिम हल, ब्याडमिन्टन तथा विभिन्न खेलकुदसम्बन्धी प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई जनही २ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको खेल तालिका तथा टाइसिट असोज २२ गते बेलुकासम्म सार्वजनिक गरिने बताइएको छ। प्रतियोगिता सञ्चालनका लागि करिब ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

मितेरी फुटसलका अध्यक्ष लुकेन्द्र राईका अनुसार प्रतियोगिताले धरानलाई खेलकुदको सहरका रूपमा थप पहिचान बनाउन तथा युवालाई खेलकुदमा आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

धरानमा असोज ३० देखि ...

धरान/ धरानमा दोस्रो संस्करणको ‘गोधारा फेस्टिभ कप ...

धनकुटामा तास खेल्दै ...

धनकुटा/हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका धन ...

सुनसरीमा ब्राउन सुगर ...

धरान/  सुनसरी प्रहरीले धरान र इनरुवाबाट लागूऔ ...

धरान १० स्थित युएन स ...

धरान/ धरान उपमहानगरपालिका वडा नं. १० द्वारा ६२ औं राष्ट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved