सुनसरीमा ब्राउन सुगरसहित चार जना पक्राउ

  • असोज १२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरी प्रहरीले धरान र इनरुवाबाट लागूऔषध ब्राउन सुगर सहित चार जनालाई पक्राउ गरेको छ।

धरान उपमहानगरपालिका–१९ गैरीगाउँमा लागूऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको टोलीले २३ वर्षीय पुजन श्रेष्ठको घरकोठामा खानतलासी गरेको थियो। त्यसक्रममा उनको कोठाबाट १ ग्राम १३ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले श्रेष्ठलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा पनि प्रहरीले ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ।

लौकहीबाट इनरुवातर्फ पैदल आउँदै गरेका इटहरी उपमहानगरपालिका–१ का २७ वर्षीय सुरज माझी, २० वर्षीय तोरण माझी र ३० वर्षीय मनिस माझीलाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो।

सो क्रममा तोरण माझीको मलद्वारबाट ५ ग्राम ४९० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

तीनै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धरानमा असोज २३ देखि ...

धरान/ धरान–११ स्थित मितेरी फुटसलले असोज २३ गते खु ...

धरानमा असोज ३० देखि ...

धरान/ धरानमा दोस्रो संस्करणको ‘गोधारा फेस्टिभ कप ...

धनकुटामा तास खेल्दै ...

धनकुटा/हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका धन ...

धरान १० स्थित युएन स ...

धरान/ धरान उपमहानगरपालिका वडा नं. १० द्वारा ६२ औं राष्ट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved