धरानमा एलिट एक्स बाझोगरा बास्केटबलको उपाधि केभीसी हाउन्ड्सलाई

  • असोज १३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१७ स्थित श्री माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित ‘एलिट एक्स बाझोगरा प्रथम खुला पुरुष बास्केटबल प्रतियोगिता’को उपाधि केभीसी हाउन्ड्सले जितेको छ।

असोज ९ गते शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल तथा समापन मंगलबार सम्पन्न भएको हो।

फाइनलमा झुनास एक्स होराइजनलाई १०३–७८ अंकले पराजित गर्दै केभीसी हाउन्ड्सले उपाधि जितेको आयोजक डेनिस सुब्बाले जानकारी दिए।

सुब्बाका अनुसार प्रतियोगितामा विराटनगर, इटहरी, काठमाडौं, बेलबारीलगायतका स्थानका टिमसँगै धरानका ७ टिम गरी ११ टिमको सहभागिता रहेको थियो।

उपाधि विजेता केभीसी हाउन्ड्सले ५० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता झुनास एक्स होराइजनले २५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ।

प्रतियोगिताको एमभीपी केभीसी हाउन्ड्सका साइरस थापा मगर घोषित भए।

झुनासका सर्वोधन राईले प्रतियोगिताभर १३६ अंक जोड्दै सर्वाधिक स्कोररको उपाधि पाए। फाइनल खेलको म्यान अफ द म्याच भने केभीसी हाउन्ड्सका ओमकार ठकुरी घोषित भए।

एमभीपी र सर्वाधिक स्कोररलाई ट्रफीसहित जनही ३ हजार ३ सय ३३ रुपैयाँ नगद तथा टी–सर्ट प्रदान गरिएको सुब्बाले बताए।

युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सुब्बाको भनाइ छ।

उनका अनुसार धरानमा बास्केटबलको वातावरणलाई थप मजबुत बनाउँदै नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी उपस्थित थिए।

सुवेदीले युवालाई खेलकुदमा जोड्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताउँदै स्थानीयस्तरमा नियमित रूपमा खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिए।

प्रतियोगिता डेनिस सुब्बा एलिट बास्केटबल इभेन्ट्सको आयोजनामा भएको हो।

बराहक्षेत्रमा चाडबाड ...

बराहक्षेत्र/ बराहक्षेत्रमा चाडबाड लक्षित गरेर नगर क्षेत ...

आईपीओ जारी गर्ने तया ...

विराटनगर/  विराट एग्रो लिमिटेडले सर्वसाधारणका ...

युवतीको कोठामै पुगेर ...

धरान/ झापाको बिर्तामोड नगरपालिका–०५ स्थित एक युवत ...

धरानका युवकसहित ब्रा ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१९ सुमन मार्गम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved