युवतीको कोठामै पुगेर पेट्रोल छर्की आगो लगाउन खोज्ने प्रहरी फन्दामा

  • असोज १३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ झापाको बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक जनालाई पक्राउ गरिएको छ ।

मिति २०८३ असोज १२ गते राति १०:३० बजे जिल्ला इलाम, रोङ गाउँपालिका–०३ घर भई हाल झापा, बिर्तामोड नगरपालिका–०५ मा डेराकोठा गरी बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा देश भारत, किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोड नगरपालिका–०५, इलाम स्टेनस्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिप चन्द्र राय प्रवेश गरेका थिए ।

रायले मादक पदार्थ सेवन गरी पेट्रोलसमेत बोकेर रविना मगरको कोठामा प्रवेश गरी तन्ना च्याती उनको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेका थिए । 

उक्त घटनाबारे प्रहरीलाई खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई गई निज रायलाई नियन्त्रणमा लिइएको हो । घटनामा घाइते रविना मगरलाई उपचारका लागि मनमोहन अस्पताल, बिर्तामोड लगि उपचार भइरहेको छ ।

उक्त घटनामा संलग्न दिलिप चन्द्र रायलाई पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ  ।

धरानमा एलिट एक्स बाझ ...

धरान/ धरान–१७ स्थित श्री माध्यमिक विद्यालयको प्रा ...

बराहक्षेत्रमा चाडबाड ...

बराहक्षेत्र/ बराहक्षेत्रमा चाडबाड लक्षित गरेर नगर क्षेत ...

आईपीओ जारी गर्ने तया ...

विराटनगर/  विराट एग्रो लिमिटेडले सर्वसाधारणका ...

धरानका युवकसहित ब्रा ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१९ सुमन मार्गम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved