बराहक्षेत्र/ बराहक्षेत्रमा चाडबाड लक्षित गरेर नगर क्षेत्रका पसलमा नरपालिकाले अनुगमन सुरु गरिएको छ । खाद्यवस्तुको मूल्यमा एक रूपता नभएको , म्याद नाघेका सामाग्री बिक्री गर्न गरेको जनगुनासो बढेपछि बराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रमा नियमित बजार अनुगमन कार्यक्रम अन्तर्गत चाडबाड लक्षित गरेर अनुगमन गरेको हो ।
उपभोक्ताहरुको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बजार अनुगमन गरिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीले बताए ।
बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका पदार्थहरु तथा सामाग्रीहरु केन्द्रित भएउ मङलवार बराहक्षेत्र नगरपालिका वडा नं ९ राजावास बजार र बराहक्षेत्र नगरपालिका बडा नं ११ को मधुवन क्षेत्रमा रहेका पसलहरूमा नगरपालिकाले अनुगमन गरेको हो।
अनुगमन टोलीले बजारमा रहेका किराना पसल, होटल , हार्वेयर पसल , फेन्सी स्टोर लगायतका पसलहरुमाको अनुगमन गरिएको तिवारीले जानकारी दिए ।
अनुगमनको क्रममा म्याद नाघेका सामग्री नष्ट र म्याद नाघेका सामाग्री बिक्री गर्न राखेका पसललाई सचेतना, जरिमाना, कानुनी प्रकृया, दर्ता प्रकृया , किचन क्षेत्रमा अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरूलाई नियमको पालना, म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरू सचेतना, जरिमाना, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलालाई नियन्त्रणमा लिईएको नगर उपप्रमुख नन्दकुमारी सुनुवारले बताइन ।
नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा प्रशासन शाखाका शाखाका प्रमुख मातृका तिवारी, नगरपालिकाका राजश्व शाखाकि प्रमुख संगिता चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा सुनसरीका खाद्य अनुसन्धान अधिकृत उज्वल कोईरला , उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका प्रतिनिधि , नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो।