Top 4

    Showing 5,241-5,250 of 9,388 items.
  • स्वास्थ्य बीमालाई प्रभावकारी बनाऊ

    आधारभूत स्वास्थ्य सेवा हरेक नागरिकको मौलिक अधिकार हो । वर्तमान संविधानले पनि आधारभूत स्वास्थ्य उपचार सेवालाई सुनिश्चित गरिनुपर्ने उल्लेख छ । यसै मान्यताअनुरूप २०७२ सालमा सुरु भएको सामाजिक स्वास्थ्य बीमा कार्यक्रम निकै प्रभावकारी देखिएको छ । सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षाकै एक महत्वपूर्ण कार्यक्रम हो । त्यसै पनि स्वास्थ्य सेवा आधारभूत आवश्यकता हो । देश विकासका लागि पनि स्वस्थ जनशक्ति नै आवश्यक हुन्छ । त्यसैले स्वास्थ्य बीमा कार्यक्रमको महत्व स्वतः स्पष्ट छ ।    हरेक नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु सरकारको उद्देश्य र लक्ष्य हुनुपर्छ । स

    • प्रकाशित मितिः माघ ११, २०७९
    • 697 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्व वडाध्यक्ष लिम्बु फरार

    धरान / अँधेरी खोलाको एक घर भत्काउने क्रममा धरान ५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले आफूमाथि अभद्र व्यवहारसँगै घरमै गएर आक्रमण गरेको विषयमा उजुरी दिएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । तर आरोपित सबै फरार रहेको धरान प्रहरीले जनाएको छ । अनधिकृत रुपमा बनाइएको संरचना भत्काउने क्रममा वडाध्यक्ष लिम्बु घरमा नभएको समयमा घरका सदस्यमाथि कुटपिट गरेको विषयलाई लिएर आइतबारै वडाध्यक्षले इलाका प्रहरी कार्यालय धरानमा सुरक्षाको माग गर्दै धाकधम्की दिनेलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए । पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु र उनका दाजु लक्ष्मी भन्ने जीवन लिम्बुसहित एक दर्जन विरुद्ध

    • प्रकाशित मितिः माघ ११, २०७९
    • 852 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोटरीले निर्माण गरेको भवन हस्तान्तरण

    विराटनगर / विराटनगरका विभिन्न तीन रोटरी क्लबले विद्यालयको भवन निर्माण गरेर सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर टाउनडाउन र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको सक्रियता तथा रोटरी ई क्लब अफ सेन्ट्रल टेक्टासको समन्वयमा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तीनवटै नवनिर्मित भवनको चाबी विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको थियो । विराटनगर–६ स्थित जनचेतना आधारभूत विद्यालय, विराटनगर–२ स्थित विराट महेन्द्र

    • प्रकाशित मितिः माघ ११, २०७९
    • 772 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अलैचीकाे मूल्य घटेपछि कृषक चिन्तित बजारीकरण गरिदिन माग

    भोजपुर / अलैचीको बढी उत्पादन हुने जिल्लाको रुपमा चिनिएको भोजपुरका किसानहरु उत्पादन गरेको अलैचीको मूल्य नपाउँदा चिन्तित बनेका छन् । गत वर्ष भन्दा यस वर्ष अलैची झण्डै आधा मूल्यमा खरिद बिक्री भएपछि उनीहरु चिन्तित बनेका हुन् । कृषकका अनुसार गत बर्ष प्रतिमन ४० हजार रुपैयामा बिक्री भएको अलैची यस बर्ष प्रतिमन २४ हजारमा विक्री भएको छ । भोजपुर टेम्कोमैयुङ गाउँपालिका ५ चोलन्तीका अलैची कृषक चक्रबहादुर विष्टले गत बर्षको तुलनामा अलैचीको मूल्य अत्याधिक गिरावट भएको बताए । उनले भने–‘गत बर्ष यही प्रकृतिको अलैचीको मूल्य प्रतिमन ४० हजारमा विक्री भएको थियो, अहिले स्वात्तै घटेर २४ हजार पुगेको छ,

    • प्रकाशित मितिः माघ ११, २०७९
    • 814 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पिण्डेश्वर विद्यापीठमा सरस्वती मन्दिरको उद्घाटन

    धरान/प्रदेश १ कै संस्कृत उच्चशिक्षाको केन्द्रका रुपमा रहेको धरान उपमहानगरपालिक वडा नं. १४ को विजयपुरमा अवस्थित श्री पिण्डेश्वर विद्यापीठ परिसरमा नवनिर्मित सरस्वती मन्दिर माघ ९ विहानको शुभमुहूर्तमा वैदिक विधिअनुसार पूजा आराधना र प्राणप्रतिष्ठा गरी समुद्घाटन गरिएको छ । विद्यापीठ परिवारको अगुवाइमा धरान नगरपालिका तथा विभिन्न दाता महानुभावहरुको सहयोगमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको मन्दिर निर्माण गरी प्राणप्रतिष्ठा गर्ने कार्य सम्पन्न गरिएको हो । गतसाल २०७८ मा सरस्वती पूजाका दिन धरान उपमहानगरका तत्कालीन मेयर श्री तिलक राईद्वारा शिलान्यास गरी निर्माण सुरु गरिएको थियो । यही माघ ९ गतेका दिन पिण

    • प्रकाशित मितिः माघ १०, २०७९
    • 1,031 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गैँडा संरक्षणमा विशेष ध्यान देऊ

    लोपोन्मुख प्राणीको रूपमा सूचीकृत जनावरको संरक्षण गर्नु राज्यको मात्र होइन, सर्वसाधारण सबैको दायित्व हो । विश्वमै लोप हुने अवस्थामा रहेका जनावरहरूलाई लोपोन्मुख प्राणीको रूपमा सूचीकृत गर्ने गरिन्छ । एकसिङ्गे गैँडा पनि यस्तै जीव हो । पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा एकसिङ्गे गैँडा छन् । यीमध्ये छ सय ९४ वटा चितवन राष्ट्रिय निकुञ्जमै छन् । यिनको संरक्षण गर्नु सबैको दायित्व हो । दसवर्षे सशस्त्र द्वन्द्वकालमा तस्करीका लागि एकै वर्षमा ४२ वटासम्म गैँडा मारिएका थिए ।  द्वन्द्व समाप्त भएपछि गैँडा संरक्षणमा विशेष प्रयास गर्न थालिएको थियो । त्यही प्रयासस्वरूप पछिल्ला वर्षमा चोरी शिकार नियन्त्

    • प्रकाशित मितिः माघ १०, २०७९
    • 852 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याउनेलाई सम्मान

    मोरङ / विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।कलेजको वार्षिकोत्सवका अवसरमा शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याएवापत सम्मान गरेको छ । कलेजले विशेष समारोहको आयोजना गरेर शिक्षा र समाजसेवामा सक्रिय गुणराज ढुंगेल र डा. विमला श्रेष्ठलाई सम्मान गरेको छ । ढुंगेल विराटनगरस्थित मेरिल्याण्ड कलेजका अध्यक्षसमेत हुन् भने डा. श्रेष्ठ विराटनगर स्थापित विमला श्रेष्ठ साहित्य प्रतिष्ठानकी संस्थापक हुन् । प्रतिष्ठानमार्फत श्रेष्ठले साहित्यिक गतिविधि गर्दै आएकी छन् । उनका विभिन्न कृतिहरु प्रकाशित छन् । त्यस्तै क्याम्पसको प्रा

    • प्रकाशित मितिः माघ १०, २०७९
    • 730 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा भाषा र संस्कृतिका विषयमा बहस

    धरान / प्रदेश १ को आदिवासी जाति समुदायका भाषा, संस्कृतिको स्थिति र अवस्थाको समीक्षा गर्न धरानमा प्रादेशिक भाषा, संस्कृति सङ्गोष्ठी गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र दाङ र प्राडा टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र धरानको आयोजनामा गोष्टी भएको हो । गोष्टीमा भाषा तथा संस्कृतिका विषयमा ८ जनाले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङबोले उद्घाटन गरेको गोष्टीमा पहिलो सत्रमा प्रदेश १ को जाति भाषा र स्कृतिको विषयमा प्राडा माधवप्रसाद पोखरेल, देवान जाति संस्कृति र भाषाका विषयमा प्राडां टंकप्रसाद न्यौप

    • प्रकाशित मितिः माघ १०, २०७९
    • 1,464 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्वाञ्चल र कोशी मोडललाई प्याब्सन स्पोर्टस् मिटको उपाधि

    विराटनगर / १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको कोशी मोडल स्कुलले जितेको छ । विराटनगरमा आइतबार सम्पन्न भएको प्याब्सन स्पोर्टस मिटमा कक्षा १० सम्मको विजेता पूर्वाञ्चल एकाडेमी र प्लसटुतर्फ कोशी मोडल स्कुलले उपाधि जितेको हो । पूर्वाञ्चल ऐकेडेमीले १० स्वर्ण, ५ कास्य र ५ रजक पदकसहित ७३ अंक ल्याएर कक्षा १० सम्मको बिजेता भएको हो । कोशी मोडलले प्लस टुतर्फ ३० अंकसहित प्याब्सन स्पोर्टस मिटको उपाधि हात पार्न सफल भएको हो । प्याब्सन स्पोर्टस मिटको कक्षा दशसम्मको द्वितीय २ स्वर्ण, ४ रजत, १ कास्य पदकसहित २४

    • प्रकाशित मितिः माघ १०, २०७९
    • 704 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा मन्त्रीहरुद्वारा पदभार ग्रहण

    मोरङ / प्रदेश १ का मन्त्रीहरुले दुई हप्तापछि मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । मन्त्री विस्तार भएको १५ दिनपछि मन्त्रीहरुले मन्त्रालयमै पुगेर आ–आफ्नो जिम्मा लिएका छन् ।प्रदेश १ मा संसदीय दलका नेता चुनिएपछि संसदीय दलका नेता बनेका हिक्मत कार्की मुख्यमन्त्री भएका थिए । उनले दुई पटक गरेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । उनले पुस २५ गते पहिलो चरणमा ३ जना र पुस ३० गते दोस्रो चरणमा पनि ३ जना नै नियुक्त गरेर मन्त्रालयलाई पूर्णता दिएका थिए । नियुक्त भएका मन्त्रीहरुको शुक्रबार मुख्यमन्त्री कार्कीले मन्त्रालयको बाँडफाँड गरेका थिए । बाँडफाँडका क्रममा एमालेका तिलकुमार मेन्याङ्बोले खानेपानी

    • प्रकाशित मितिः माघ १०, २०७९
    • 759 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved