Top 4

    Showing 5,121-5,130 of 9,511 items.
  • नगर बस सञ्चालनका लागि रुटको परीक्षण

    विराटनगर /  विराटनगरमा सञ्चालनमा ल्याउन लागिएको सिटी बसका लागि प्रारम्भिक चरणको रुट परीक्षण (ट्रायल) गरिएको छ । महानगरको सडक र मोडहरुमा कति क्षमताका बस सञ्चालन गर्नु उपर्युक्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षण गरिएको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । बिहीबार दुईवटा बसबाट महानगरका विभिन्न रुटमा परीक्षण गरिएको थियो । कार्यबाहक मेयर कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला बसमा आफैं चढेर रुटको परीक्षण गरेका थिए । महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ । लगानी बोर्डको सौजन्यमा महानगरले सिटी बस सञ्चालन गर्न लागिएक

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 854 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

    विजयपुर / धरान रंगशालामा जारी बुढासुब्बा गोल्डकपको २३ औं संस्करणमा एभेनियर फुटबल क्लब क्यामरुन फाइनल प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै क्यामरुन फाइनल प्रवेश गरेको हो । क्यामरुनको जितमा पहिलो हाफको ४४ औं मिनेटमा टिम्बाले गोल गरे । दोस्रो गोल क्यामरुनले उपहार पायो । दोस्रो हाफको ४२ औं मिनेटमा एन्फा मोरङका खेलाडी सुजन चौधरीले असावधानी बेहोरे । शारीरिक रुपमा बलिया क्यामरुनी खेलाडीका अगाडि एन्फा मोरङका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरे । यद्यपि खेल मोरङको पक्षमा हुन सकेन । मोरङले पाएका केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 1,068 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • दुध बेचेर मासिक ६८ हजार

    इलाम /  नेपालमा वैदेशिक रोजगारी नै आम्दानीका लागि मुख्य बाटो भएको ठानेर विदेश जान लाइन लाग्ने युवा जमात बढ्दै गइरहेको छ केही गरे गाउघरमै स्वरोजगार बन्न सकिन्छ भनेर नसोची विदेश जान मरिहत्ते गर्ने युवा एकपटक विदेश पुगेर आए पनि पुनः विदेशिने नै गर्छन् । गाउँमा हरेक घरका एक न एक युवाहरू पैसा कमाउन विदेशमा परिश्रम गरिरहेका छन् तर यहि केहि गर्न सकिन्छ भन्ने युवाहरु स्वदेशमै मनग्य आम्दानी गरिरहेका छन् । इलाम फाकफोकथुम गाउँपालिका ४ का एक किसानले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । फुएतप्पा थामडाँडाका किसान भवानी खनालले दूध बेचेर मासिक ६८ हजार रुपैयाँ आम्दानी गर्न थालेका छन् । दैनिक ४

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 831 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • रामधुनी र शान्तिनगर फाइनलमा

    दुहबी / सुनसरी जिल्लास्तरीय सी डिभिजन नकआउट फुटबल प्रतियोगिताको फाइनलमा रामधुनी युवा क्लब र शान्तिनगर फुटबल क्लब भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा रामधुनीले पञ्चायन क्लबलाई ४–२ ले हराउँदै फाइनलमा पुगेपछि उपाधिका लागि दुई टिमको भेट पक्का भएको हो । सरस्वती माविको खेलमैदानमा भएको खेलमा रामधुनीका लागि निवास फुयाल, महेश राउत, प्रेम सागर र संयम बस्नेतले गोल गरे । उता पराजित पञ्चायनका लागि सन्दिप लिम्बु र मिलन भुजेलले मात्र गोल फर्काउन सके । खेलमा रामधुनीका मणि मगर म्यान अफ द म्याच घोषित भए । उनलाई प्रेश चौतारी नेपाल कोशी प्रदेश कमिटी सदस्य तथा कोशीपत्र दैनिकका पत्रकार चन्दन रौनियारले

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 875 पटक पढिएको
    • " चन्दन रौनियार"
  • राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा आइडियल बोर्डिङका सुवेदी तेस्रो

    धरान /  नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दलले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा धरानको आइडियल बोर्डिङ स्कुलका छात्र सम्पन्न सुवेदी तेस्रो भएका छन् । नेपाली सेनाको २६० औँ स्थापना दिवसको अवसरमा केही दिनअघि सैनिक मुख्यालयमा आयोजित प्रतियोगितामा सुवेदी तेस्रो भएका हुन् । यसअघि मोरङको याङ्सिलास्थित पूर्वी तालिम शिक्षालयमा भएको प्रदेशव्यापी वक्तृत्वकला  प्रतियोगितामा उनी दोस्रो भएका थिए । देशभर रहेका नेपाली सेनाका चारवटा शिक्षालयबाट लगभग २५ हजार विद्यार्थी प्रतियोगितामा सहभागी थिए । तीमध्ये उत्कृष्ट १२ जना अन्तिम प्रतिष्पर्धाका लागि छानिएर काठमाडौँ पु

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 1,020 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिचानवादी आन्दोलित ‘छापामार शैलीमा प्रदेश एकको नामकरण’

    धरान / प्रदेश एकको नाम कोशी प्रदेश भएसँगै पहिचानवादी दलहरुले संघर्ष समिति नै गठन गरेर आन्दोलनमा होमिएका छन् । धरानमा समेत बिहीबार प्रदेश १ को नाम ‘कोशी’ राखिएकोमा राके जुलुससहित भानुचौकमामा विरोध रुप कोणसभाको आयाजना गरिएको हो । लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले प्रदेशसभाबाट पारित गरिएको कोशी प्रदेश खारेजीको माग समेत गरेको छ । उनीहरुले षड्यन्त्रपूर्वक कोशी प्रदेश राखिएको आरोप लगाउदै खारेजीको माग गरेका हुन् । उनीहरुले १.नं प्रदेशको नाम लिम्बुवान, खम्बुवान, किराँत राज्य घोषणा गर, नामकरण गरिएको कोशी प्रदेश खारेज गर, प्रदेश १.को नामकरण पहिचानको आधारमा लिम्बुवान, किराँत खम्

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 780 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विषादीयुक्त तरकारीलाई रोक

    नेपाल सरकार आफ्ना नागरिकहरूप्रति कति जिम्मेवार र उत्तरदायी छ भन्ने यथार्थ बताउने घटनाहरू प्रशस्त छन् । यी घटनाहरूबाट सरकारको गैरजिम्मेवार र अनुत्तरदायी चरित्र छर्लङ्ग हुन्छ । भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने पछिल्लो प्रयासबाट पनि सरकार पछि हटेको घटनाबाट पनि सरकारको असली अनुहार उदाङ्गो भएको छ । तरकारीको मापदण्डसहितको प्रस्ताव करीब पाँछ महिनाअघि नै मन्त्रिपरिषद्मा पुगेको भए पनि ‘भारतसँगको सम्बन्ध बिग्रने’ कारणले फाइल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा फर्काइएको समाचार प्रकाशमा आएको छ । खाद्यान्न, तेलहन र अन्नमा आधारित पूरक बाल आहार तथा तरकारीको मापदण्ड तोक्ने र त्यहीअनुसा

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 746 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • प्रदेशको नामकरण भएकोमा एम्सद्वारा स्वागत

    धरान / प्रदेशसभाले बुधबार प्रदेशको नामकरण गरेकोमा एम्स एकेडेमीले बिहीबार विद्यालयमा स्वागत कार्यक्रम आयोजना गरेको छ । त्यस क्रममा विद्यार्थी र शिक्षकहरूले विद्यालय प्राङ्गणमा प्रदेशको नक्शा बनाएका थिए । विभिन्न रङको प्रयोग गरेर १४ जिल्लासहित बनाइएको नक्शावरिपरि शिक्षक र विद्यार्थीहरूले मैनबत्ती बालेर खुशी व्यक्त गरेका थिए ।   कार्यक्रममा बोल्दै विद्यालयका व्यवस्थापन सङ्काय निर्देशक दुर्गा सुवेदीले प्रदेश सरकारले बिहीबार सार्वजनिक विदा दिनुको कारण विद्यार्थीहरूलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए । प्रदेशको नामकरण गर्न सफल भएकोमा उनले प्रदेशसभालाई धन्यवाद पनि दिए । कार्यक्रमम

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 1,106 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नवनियुक्त कर्मचारीलाई पाँचदिने तालिम

    मोरङ/ विराटनगर महानगरपालिकामा प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर आएका कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । तालिमको एक समारोहका बीच बुधबार महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरिन् । तालिममा करसम्बन्धी अवधारणा, महानगरपालिकको आर्थिक ऐन २०७९, स्थानीय तह र वडा समितिको काम, कर्तव्य र अधिकार, स्थानीय तहको योजना प्रक्रियामा सम्बोधन गर्नुपर्ने बहुक्षेत्रगत विषयहरु र वडा समितिको भूमिका,वडाध्यक्ष, वडा समितिका सदस्यहरु र वडा सचिवको काम, कर्तव्य र अधिकार, वडा समितिबाट प्रदान गरिने सिफारिसहरु र सर्जमिन मुचुल्का, सम्पत्ति कर निर्धारण प्रक्रिया, सम्पत्ति कर निर्धारण प्रक्रियालगायत

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 729 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सत्यनारायण र सरस्वती स्कूल फाइनलमा प्रवेश

    मोरङ / नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा बुधबार सम्पन्न भएको अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा विजयी हुँदै सत्यनारायण स्कूल र सरस्वती स्कूल फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल विहिबार हुने छ । पहिलो सेमिफाइनल खेलमा सत्यनारायण स्कूलले राइजिङ नेपाल स्कूललाई १ सय ११ रनको विशाल रन अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ३० ओभरमा सवै विकेट गुमाई १ सय ५६ रनको विशाल स्कोर खडा गरेको थियो । जस्मा म्यान अफ म्याच आकाश यादवले ५२ रन जोड्दा दिपक यादवले ३

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 787 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved