धनकुटा / ४० बर्ष अगाडि निर्माण भएको धनकुटाको क्षेत्रीय संग्राहालयले सोचेजस्तो पर्यटक तान्न सकेको छैन । २०३९ सालमा स्थापना भएको यो संग्राहायलयमा त्यसबेला पूर्वाञ्चलमा भएका १६ जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिका कला सँस्कृति झल्किने खालका कला संस्कृतिहरु संंग्रहालय राखिएको थियो तर पनि पर्यटकहरु अवलोकन गर्न त्यति नआउने गरेको संग्रहालयको तथ्यांकले देखाएको छ । कार्यालयका प्रमुख चन्द्रप्रकाश अधिकारीका अनुसार संग्राहायल निर्माण भए पनि यसको महत्व नबुझेकै कारण पर्यटक आगमनका कमी आएको हो । प्रमुख अधिकारी भन्छन्–‘संग्रहालय निर्माण त गरियो तर यसको खासै प्रचारप्रसार भएन, यहाँ के के सा
धरान / सधैँ बिरामीको सेवामा समर्पित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा नर्सहरुले फुर्सदको समय मिलाएर आज होली पर्व मनाएका छन् ।बिरामीको काममा व्यस्त हुनुपर्ने भएपनि समय मिलाएर उनीहरु होली पर्वमा रमाएका हुन् । सघन उपचार केन्द्र (आइसियु) मा काम गर्दै आएकी आशा चौधरी सधै बिरामीको उपचारमा व्यस्त रहन्थिन् । उनलाई फुर्सद कहिल्यै हुँदैन । फुर्सद मिलाउनुपर्दा उनलाई धेरै गार्हाे हुन्छ तर मंगलबार भने होली पर्व उनीहरुले पालो मिलाएर खेलेकी थिइन् । बिरामीको उपचारमा व्यस्त रहनुपर्ने बाध्यता भएपनि समय मिलाएर होली जस्तो रमाइलो चाड विपीकै कर्मचारी, नर्स तथा चिकित्सकसँ
विजयपुर / धरानेहरुका लागि अपरिचित नाम होइन मिना पुलामी । राजनीतिक, सामाजिक कार्यमा सक्रिय पुलामी उमेर ढल्किदै जाँदा पनि आफ्नो कर्मलाई निरन्ता दिँदै आएकी छन् । उनलाई धरानलेमात्र हैन प्रदेश नं. १ मै राजनीतिककर्मी, महिला अधिकारकर्मीको रुपमा चिन्ने गरिएको छ । २०३६ सालमा राजनीतिमा लागेकी पुलामी एक पटक राष्ट्रिय सभाको सदस्यको उमेद्वार समेत बनेकी थिइन् । लामो समयसम्म महिला अधिकारको लागि लड्दै आएको महिला सञ्जालमा अध्यक्षको भूमिका कुशलतापूर्वक निर्वाह गरेकी थिइन । उनले त्यसबेला महिलाहरुलाई परेका पीरमार्का, अधिकार, घरेलु हिंसा लगायतका कुरामा सक्रिय रहेर धेरै महिलाहरुको उद्धार समेत गरेकी थिइन् ।
विजयपुर / महिलाहरु पछिल्लो समय व्यावसायिक बन्दै गएका छन् । महिलाकै अगुवाईमा सञ्चालन भएका यस्ता व्यवसायले आफूमात्र हैन धेरैलाई रोजगारी समेत दिन सकेका छन् । पुरुषमात्र हैन महिला समेत विदेशी भूमिका काम गर्न जाने लहर चलिरहेको समयमा केही महिलाहरुले स्वदेशमै स्वरोजगार बन्दै अरुलाई समेत स्वरोजगार बनाउने काम गरेका छन् । यसको प्रत्यक्ष उदाहरण बनेकी छन् धरानकी गीता शेर्पा राई । उनले धरान २ मा कस्मेटिक पसल सञ्चालन गरेर जीविकोपार्जनमात्र हैन अरुलाई समे रोजगारी दिइरहेकी छन् । राईले २०६३ सालमा ६० हजार लगानी गरेर व्यवसाय गरेकी थिइन् । नेपालमा नै व्यवसाय गरेर एक उदाहरणीय महिला व्यवसाय बनेकी गिता शेर्पा राई
धरान / महिलाहरुको वृत्ति विकास गर्ने उद्देश्यले स्थापना भएको बरगाछी महिला समूह पछिल्लो समय सामाजिक कार्यमा अग्रसर बन्दै गएको छ ।एक वर्ष अगाडि गठन भएको यो संस्थामा अहिले ३५ जना महिला आवद्ध रहेका छन् । महिलाहरु सधै चुला चौकामा मात्र सीमित नभई सामाजिक कार्यमा पनि अग्रसर रहुन भन्ने उद्देश्यले एक बर्ष अगाडि गठन गरिएको अध्यक्ष चन्द्रकला प्रधानले बताइन् । उनले भनिन्–‘महिलाहरु क्षमता हुँदा हुँदै पनि चुलाचौकमा सीमित भए, आफूभित्र भएको क्षमता प्रदर्शन गर्ने, सामाजिक कार्यमा सक्रिय गराउने उद्देश्यले यो संस्थाको गठन गरिएको हो, गठन भए यता धेरै कामहरु गरेको छ ।’ संस्था गठन भए लगत्तै
मोरङ / कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको तयारी गरेको छ । मन्त्रालयले समयमा काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीको ठेक्काको समयावधि थप नगर्ने जनाएको छ पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारलाई तत्काल कामको प्रगति बढाउन चेतावनी दिएको हो । काम ढिला गर्ने २५ भन्दा बढी निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री दुर्गा प्रसाद चापागाईंले पूँजीगत खर्च बढाउन र रोकिएका काम सम्पन्न गर्न भइरहेको कठिनाईको विषयमा जानकारी लिएका हुन् । सो क्रम
धरान / नेकपा एमालेको वैचारिक तथा साङ्गठनिक सुदृढीकरण अभियान (मिसन ग्रासरुट) अन्तर्गत धरानमा अभियान सुरु भएको छ । एमाले केन्द्रीय सचिवालयको गत माघ २६ को बैठकले फागुन चैतमा दुई महिने ग्रासरुट अभियान सञ्चालन गर्ने निर्णय गरेअनुसार धरानमा समेत २० वटै वडा र जनवर्गीय सङ्गठनका प्रदेश अभियन्ता, जिल्ला अभियन्ता र नगर अभियन्ताको कार्य विभाजन गरेको छ । गत फागुन १० गतेदेखि सुरु भएको अभियानका बारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमाले धरानले सङ्गठन निर्माण, जनताको समस्या समाधानमा र राष्ट्रियताका विषयमा निरन्तर सक्रिय रहने बताएको छ । प्रेस विज्ञप्ति जारी गर्दै एमाले धरानका अध्यक्ष हर्क
धरान / विभागीय टिम नेपाल पुलिस क्लब काठमाण्डाै सातौँ संस्करणको राष्ट्रिय होराइजन रनिङकप बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित हराइजन बास्केटबल कोर्टमा सोमबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा होलिल्याण्ड इन्टरनेशनल कलेज धरानमाथी ४६ का बिरुद्ध ९९ स्कोरको सहज जित दर्ता गर्दै पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पुलिसलाई विजयी गराउन ब्यक्तिगत १८ स्कोर गरेका सायुन राई प्लेयर अफ द म्याच घोषित हुदै नगद १ हजार ५ सय पाए । पुलिसले अब सेमिफाइनलमा आगामी बिहिबार आयोजक हराइजन क्लबसंग प्रतिष्पर्धा गर्नेछ । आयोजकले आइतबार भएको उद्धघाटन खेलमा ज्याकवट क्लब झापालाई ४४ का
विजयपुर/धरान १५मा रहेको युनाइटेड गोर्खा एकेडेमीले १० ओैं वार्षिक उत्सव मनाएको छ । आइतबार एकेडेमीले विविध कार्यक्रमको आयोजना गरी अफ्नो १० ओै वार्षिक उत्सव र अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले नृत्य र नाटकको प्रस्तुतिसँगै समसामयिक विषयको नाटक प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको नाटकमा सृष्टि राई, एसलिना श्रेष्ठ, त्योहाङ्ग राई, जसमिना राई , डोलमा शेर्पा र नहम राईले अभिनय गरेका थिए । सो अवसरमा बोल्दै स्कुलका प्रिन्सिपल पेम्बा शेर्माले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समाव
शहरमा अव्यवस्थित रूपमा झुण्डिएका इन्टरनेट तथा टेलिफोनका तारले शहरलाई कुरूप बनाएको छ । तारको गुजुल्टोले शहरको आकाशलाई एकसाथ फोहोर र जोखिमयुक्त बनाएको छ । यस्ता गुजुल्टिएका तारले कतिपय स्थानमा त जोखिम पनि बढाएको छ । कतिपय स्थानमा तारहरू मान्छेले भेट्ने गरी तलसम्मै झुण्डिएका देखिन्छन् । त्यस्ता स्थानमा दुईपाङ्ग्रे सवारी साधन अल्झिएर दुर्घटनाग्रस्त हुने जोखिम देखिन्छ । सेवा प्रदायक कम्पनीहरूले यस्ता तारलाई व्यवस्थित गर्नु आवश्यक छ । पोल र सडकमा तार अव्यवस्थित हुँदा शहर फोहोर देखिएको छ । शहरलाई सुन्दर र सुरक्षित बनाउनु सरकारसँगै हरेक नागरिकको दायित्व हो । त्यसकारण इन्टरनेट तथा टेलिफोन सेवा प