Top 4

    Showing 4,901-4,910 of 9,507 items.
  • प्रा.डा. चौधरीलाई सुप्रबल जनसेवाश्री पदक

    धरान/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाडजोर्नी विभागमा कार्यरत प्रा.डा.पशुपशुति चौधरीलाई सुप्रबल जनसेवाश्रीबाट विभूषित गरिएको छ ।प्रा.डा चौधरीलाई बैशाख १ गते एक कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले विभूषित गरेका हुन् । सुप्रबल जनसेवाश्री पदक नेपाल सरकारले राष्ट्रिय जीवनको कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली र विदेशी नागरिकलाई प्रदान गर्ने पदक हो । सुप्रबल जनसेवाश्री तृतीय श्रेणीको पदक हो । विभुषण नियमावली २०६५ अनुसार यो मानपदवीको आदर्श वाक्य ‘सेवा नै परम धर्म हो’ भन्ने रहेको छ । सोही अनुरुप प्रा.डा. चौधरीलाई स्वास्थ्य सेवा क्षेत्रमा पु¥याएको

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • 751 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नयाँ वर्षमा धरानका मठमन्दिरमा भीड

    धरान /  नयाँ सालको आगमनसँगै धेरै सर्वसाधारण पूर्वका रमणीय स्थल घुम्न जाने, रमाइलो गर्ने, वनभोज जाने, साथीभाइसँग मिलेर पार्टीमा रमाउने गर्छन् । तर केही सर्वसाधारण भने नयाँ वर्षको पहिलो दिन राम्रो कामबाट सुरु गरे वर्षभरि नै राम्रो हुन्छ मान्यता राखेर मन्दिर दर्शन गर्न आएको पाइयो । नयाँ वर्ष लाग्ने वित्तिकै पूर्वको पहाडी जिल्ला धनकुटाको भेडेटार, लालीगुराँसको राजधानी टिएमजेमा जाने, घुम्ने, टिकटक बनाउने संख्या अत्याधिक रहेको थिो । यस दिन सवारी जामका कारण सवारी आवगमनमा समस्या रहेको थियो । तर केही यस्ता सर्वसाधारण थिए घुम्न, रमाइलो गर्नुभन्दा पनि मन्दिरको दर्शन गरेर नयाँ बर्षको शुरुवात गरे

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • 753 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुर्तीजन्य पदार्थको सेवन र बिक्रीमा कडाइ

    मोरङ / विराटनगर महानगरपालिकाले वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गरेसँगै कडाइ गर्न थालेको छ । गत पुस २७ गते सम्पन्न ११ औं नगरसभाको निर्णयले सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थलाई सार्वजनिक स्थलमा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । सोही कार्यान्वयन गदै महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै आएको थियो । महानगरको टोली पसल–पसल पुगेर बिक्री नगर्न आग्रह गर्दै स्टकमा राखेका सुर्तीजन्य पदार्थ जफथसमेत गर्न सुरु गरेको छ । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बन

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • 813 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल पुलिस र एनबीएससीको पहिलो जित

    विराटनगर । विभागीय टिम नेपाल पुलिस र एनबीएससी क्रिकेट क्लब विराटनगर प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । पहिलो खेलमा पाहुना टिम दिल्ली युनिाईटेड क्रिकेट क्लबलाई ७ विकेटले स्तब्ध बनाउँदै पुलिस विजय भइ २ अंक जोड्न सफल भएको हो । लिगको आधरमा विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको खेलमा ८८ रनको विजय लक्ष्य पछ्याएको पुलिसले ९ दशवलप ३ बलमा ३ विकेट गुमाई पुरा गर्यो । पुलिसका योगेन्द्र कार्कीले ११ बलमा ५ छक्का हिर्काउँदै अविजित ३२ रन बनाए । सुनिल धमलाले १९ बलमा २३ रन पारी खेल्दा अमित श्रेष्ठले २५ बलमा १९ रनको योगदान दिए । उनले १ छक्का र २ चौका हिर्काए ।

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 744 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘बैंकको ऋणका कारण व्यवसायी धरासायी’

    मोरङ । व्यवसायीहरु बैंकको चर्को व्याजदरको विरोधमा निरन्तर आन्दोलित हुँदै आएको अवस्थामा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुकमार कार्कीले बैंकको चर्को व्याजदरका कारण स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४औँ वार्षिक साधारणसभा तथा महिला उद्यमी समिति मोरङको २० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्ने क्रममा मुख्यमन्त्री कार्कीले वैंकले व्यवसायी तथा उद्योगीबाट लिएको चर्को व्याजदरकै कारण उद्योगहरु धरासायी बन्दै पलायन हुने अवस्थामा पुगेको बताए । मुख्यमन्त्री कार्कीले साना उद्योगीहरुले जग्गा उपलबध गराएमा उद्यमीको उत्पादनलाई बजारीकरण गर्न विराट

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 788 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनधिकृत रुपमा निर्माण गरिएको टहरा भत्काइयो

    धरान । धरान उपमहानगरपालिका वडा नं. १७ को सदुखोला किनारमा अनाधिकृत रुपमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको घर टहरा धरान उपमहानगरपालिकाले डोजर लगाएर खाली गरेको थियो । बुधबार विहान धरान नगर प्रहरी, सशस्त्र प्रहरी, जनपथ प्रहरी र वन कार्यालयको सक्रियतामा सर्दु खोला किनारमा अनाधिकृत रुपमा बनाइएका घर टहरा भत्काइएको धरान नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । एक महिना अगाडिदेखि बनाइएको राजकुमार लिम्बु, प्रेम लिम्बु, विजय हाङ, धनबहादुर श्रेष्ठको टहरा सहित संगुरको खोर भत्काइएको हो । अतिक्रमित जग्गा खाली गराउन विष्णुपादुका सबडिभिजन वन कार्यालयका प्रमुख बिक्रम आमात्यको समेत उपस्थिति रहेको

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 834 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएन नवोदयद्वारा विद्यार्थीलाई स्वागत तथा विदाई

    धरान /  युएन नबोदय कलेज धरानको ११ औ बार्षिकोत्सब तथा स्वागत र बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।कलेजले बिबिएस र बिएचएम पहिलो बर्षलाई स्वागत गरेको र बिविएस चौथो बर्ष र कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरिएको प्रिन्सिपल डम्बर कुमार तुम्वाफोले जानकारी दिए । स्वागत र बिदाई हुनेलाई क्याम्पस प्रमुख तुम्बापो, कलेजका म्यानेजिङ डाईरेक्टर ज्ञानेश्वर झा, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, राम लिम्बू लगायतले अबिर खदा लगाएर विदाई गरेका थिए । नेपाल परीक्षा बोर्ड कोशी प्रदेशका निर्देशक युवराज पौडेलको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रम कलेजका म्यानजिङ डाइरेक्टर ज्ञानेश्वर झाले गरेक

    • प्रकाशित मितिः वैशाख १, २०८०
    • 1,015 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजेटका लागि महानगरद्वारा सुझाव संकलन

    मोरङ / आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट निर्माणका लागि विराटनगर महानगरपालिकाले सरोकारवालाहरुसित पूर्व बजेट छलफल तथा सुझाव संकलन सुरु गरेको छ । महानगरले बुधबार सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई बोलाएर आगामी आर्थिक वर्षका लागि पूर्वबजेट छलफल आयोजना गरेको हो । पूर्वबजेट छलफलमा आएका सुझावअनुसार आगामी वर्षको बजेट निर्माणमा लाग्नका लागि समयमै सुझाव संकलन सुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । महानगरका आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, राजस्व महाशाखा सरोज गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, लेखा प्रशासन महाशाखा प

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 703 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मन्त्री राजभण्डारीको घर तोडफोड

    मोरङ / कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आएका पहिचानवादी शक्तिहरुले कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको निवासमा तोडफोड गरेका छन् । बुधबार विहान काठमाण्डौको पेप्सिकोलास्थित निवासमा केही व्यक्तिरु प््रवेश गरेर तोडफोड गरेको जनाइएको छ । तोडफोडका विषयमा नेकपा एमाले सोलुखुम्बुले प्रेस विज्ञप्ती प्रकाशित गर्दै जनप्रतिनिधिमाथिको आक्रमण भएको भन्दै खेद प्रकट गरेको छ । एमाले सोलुखुम्बुका नगर अध्यक्ष डुफकुमार बास्तोलाद्वारा हस्ताक्षरित विज्ञप्तीमा यस्ता कार्य रोकी समाधानको बाटो खोज्न आग्रह गरेका छन् । राजभण्डारी एमालेकातर्फबाट सोलुबाट निर्वाचित सांसद हुन् ।

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 1,025 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा अत्याधुनिक भेटरिनरी अस्पताल बन्दै

    सुनसरी / इटहरीमा अत्याधुनिक सुविधा सम्पन्न भेटेरिनरी अस्पताल बन्ने भएको छ । पशुपन्छीको उपचारका लागि इटहरीमा भेटेरिनरी अस्पतालको भवन शिलान्यास गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरि इटहरीका मेयर हेमकर्ण पौडेलले अत्याधुनिक भवनको शिलान्यास गरेका हुन । इटहरी उपमहानगरपालिकाका कृषकहरुलाई सहजता प्रदान गर्न भेटनगरी अस्पताल सञ्चालनमा ल्याउन लागेको मेयर पौडेलले बताए । उनले भने कृषकहरुले पालेका चौपाया विरामी हुँदा सहज रुपमा उपचार गर्न सकून भन्ने उद्देश्यले हामीले भेटनरी अस्पताल सञ्चालन गर्न लागेका हौं । २ करोड ६ लाख ८२ हजार १ सय ६५ रुपैयाँ लागतमा तीन तले अस्पतालको भवन निर्माण हुने भएको छ । यो अस

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 831 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved