धरान/ धरान उप–महानगरपालिकामा ट्राफिक चेकजाँचका क्रममा ठूलो परिमाणको लागू औषध गाँजा बरामद भएको छ। मिति २०८२ साल माघ ७ गते दिउँसो १ बजेर २० मिनेट जाँदा जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान, सुनसरीबाट खटिएको टोलीले धरान–२ स्थित चिनियाँचोकमा चेकजाँच गरिरहेको थियो। सोही क्रममा रत्नारोडबाट पुरानो बजारतर्फ आउँदै गरेको प्र.१–०२–०४६ प ८९९१ नम्बरको मोटरसाइकल रोक्न खोज्दा चालकले मोटरसाइकल छाडेर फरार भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार धनकुटा जिल्लाको चौबिसे गाउँपालिका–७ निवासी ३३ वर्षीया मनमाया लिम्बुले बोकेको कालो झोलाबाट ९ किलो ३ सय ग्राम गाँजा लागू
धरान/ धरानको मौलिक पहिचान बोकेको परम्परागत मोमोको स्वाद र इतिहासलाई पुनर्जीवित गर्ने उद्देश्यसहित ‘धराने मोमो’को औपचारिक सुरुवात गरिएको छ। होटल व्यवस्थापन शिक्षामा लामो समयदेखि क्रियाशील यूएन नवोदय कलेजअन्तर्गत सञ्चालित यूएन केक एण्ड बारिस्टाको सफलतापछि नयाँ ब्रान्डका रूपमा ‘धराने मोमो’ सुरु गरिएको हो। १५ वर्षभन्दा बढी समयदेखि व्यवहारिक, अनुसन्धानमुखी तथा व्यवसाय–केन्द्रित शिक्षा प्रदान गर्दै आएको यूएन नवोदय कलेजले Teaching Hotel School अवधारणाअन्तर्गत यो पहल अघि बढाएको जनाएको छ। क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो र होटल व्यवस्थापन संयोजक गगनमान श्रेष
धरान / सुनसरी–१ अब परिवर्तनको बाटोमा अगाडि बढ्दैछ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ले सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट टिकाराम लिम्बू (टिका माङ्लेन) लाई उम्मेद्वार बनाएको छ। वैचारिक निष्ठा, संघर्ष र जनताप्रतिको प्रतिबद्धताका कारण माङ्लेनलाई एमालेले भरोसाको उम्मेद्वारका रूपमा अघि सारेको हो। बाल्यकालदेखि नै एमालेको विचारबाट प्रभावित टिका माङ्लेनको राजनीतिक यात्रा कुनै आकस्मिक होइन। १३ वर्षको उमेरमै एमालेको चुनाव चिन्ह सूर्यप्रति आकर्षित भएका उनी विद्यार्थी राजनीतिबाट संगठित पार्टी राजनीतिसम्म निरन्तर समर्पित रहँदै आएका छन्। अनेरास्ववियुमा आबद्ध हुँद
धरान/ सुनसरी जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चारवटै निर्वाचन क्षेत्रमा जम्मा ११२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन । तीमध्ये सबैभन्दा बढी उम्मेदवारी सुनसरी क्षेत्र नं.४ मा परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरी निर्वाचन क्षेत्र नं.४ मा ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन । सो क्षेत्रमा एक लाख ३७ हजार ३४० मतदाता रहेका छन । त्यस्तै एक लाख ५० हजार ३९३ मतदाता रहेको सुनसरी निर्वाचन क्षेत्र नं.१ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन । साथै निर्वाचन क्षेत्र नं.२ मा पनि २८ जनाले उम्मेदवारी दिएका छन् भने सो क्षेत्रमा एक लाख ५८ हजार ९१० मतदाता छन । यसै
धरान/ वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबारविरुद्धको अभियान अन्तर्गत एक युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले मिति २०८२।१०।०५ गते राति धरान उप–महानगरपालिका वडा नं. २ स्थित ट्याक्सी स्टेण्डबाट धनकुटा नगरपालिका–१ निवासी १८ वर्षीय विशाल भनिने बुद्ध तामाङलाई खानतलासीका क्रममा पक्राउ गरेको हो। खानतलासीका क्रममा तामाङको साथबाट लागूऔषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १५० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको छ। प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई थप कडाइक
धरान/ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नं. १ मा आज उम्मेद्वारहरूको मनोनयन दर्ता हुँदैछ। मनोनयनसँगै यो क्षेत्र देशकै सबैभन्दा चासो र प्रतिस्पर्धायुक्त निर्वाचन क्षेत्रका रूपमा उभिएको छ। नेपाली कांग्रेसले लामो आन्तरिक रस्साकस्सीपछि क्षेत्रीय सभापति सुजेन्द्र तामाङलाई उम्मेद्वार बनाएको छ। टिकट पाएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै तामाङले जनताको अपेक्षा पूरा गर्ने जिम्मेवारीलाई सामूहिक र इमानदार प्रयासबाट सफल बनाउने प्रतिबद्धता जनाएका छन्। नेकपा एमालेले अन्तिम समयमा उम्मेद्वार परिवर्तन गर्दै युवा नेता टिका माङ्लेनलाई उम्मेद्वार बनाएको छ। यसअ
धरान/ अन्तराष्ट्रिय बक्सिङ एशोेसिएशनद्धारा मान्यता प्राप्त प्रोफेसनल तथा एमाच्योर बक्सिङको दोस्रो संस्करण धरान फाइट नाइट माघ २३ गते धरानमा आयोजना हुँदैछ । धरान बक्सिङ संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर धरान फाइटनाइट प्रतियोगिता गर्न लागेको जानकारी गराएको छ । देशभरीबाट १४ जना खेलाडीहरु सहभागी हुने प्रतियोगितामा अघिल्लो वर्ष सम्पन्न प्रतियोगितामा प्रथम हुनु भएका धराने बक्सर सिंहवीर लिम्बू सहित १४ बक्सरहरु रिङमा उतार्न लागिएको पत्रकार सम्मेलनमा संघका सचिव महेश आले मगरले जानकारी गराउनुभयो । माघ २३ गते शुत्रबार धरान १५ स्थित किरात याक्थुङचुम्लुङमा साँझ ४ बजेदेखि सुरुहुने
सुनसरी / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जेन–जी आन्दोलनपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र दमक आउन लागेका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओली आज झापा आउने कार्यक्रम रहेको छ। कार्यतालिकाअनुसार अध्यक्ष ओली बिहान १०:२५ बजे जहाजमार्फत भद्रपुर अवतरण गर्नेछन्। एमाले केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै उनले झापा क्षेत्र नं. १ र ३ का नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै निर्वाचन तयारी र पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिनेछन्। त्यसपछि क्षेत्र नं. २ का लागि बिर्तामोड र क्षेत्र नं. ४ का लागि सुरूंगा पुगेर स्थानीय नेतृत्वसँग
धरान/फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धरानसहितको सुनसरी क्षेत्र नं. १ मा नेकपा एमालेले उम्मेदवार परिवर्तन गरेको छ। यसअघि उम्मेदवार बनाइने भनिएका सूर्य पान्धाकको स्थानमा टीकाराम माङ्लेनलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो। एमालेको केन्द्रीय निर्णयअनुसार सुनसरी–१ बाट अनेरास्ववियु सुनसरीका पूर्व अध्यक्षसमेत रहेका माङ्लेनलाई टिकट दिइएको हो। यसअघि सार्वजनिक गरिएको उम्मेदवार सूचीमा सूर्य पान्धाकको नाम रहे पनि अन्तिम समयमा सुनसरी–१ को उम्मेदवारमा हेरफेर गरिएको एमाले स्रोतले जनाएको छ। धरान उपमहानगरपालिका समेत समेटिएको सुनसरी–१ मा उम्मेदवार परिवर्तन भएपछि स्थानीय र
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित जिरोप्वाइन्टमा भएको बस दुर्घटनाले शोकमा डुबाएको छ। भेडेटारबाट धरानतर्फ आउँदै गरेको शैक्षिक भ्रमणको बस अनियन्त्रित भई सडक छेउमा रहेको न्यू सभा मेडिकल मा ठोक्किँदा १८ महिनाको शिशुसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। प्रहरीका अनुसार मिति २०८२।१०।०४ गते दिउँसो ४ः१० बजे कोशी राजमार्ग अन्तर्गत जिरोप्वाइन्ट क्षेत्रमा को.१ ख ७११९ नम्बरको बस दुर्घटनामा परेको हो। उक्त बस टाइम्स इन्टरनेशनल एकेडेमी स्कुल, जनकपुर को शैक्षिक भ्रमणमा प्रयोग भएको खुलेको छ। दुर्घटनामा बसमा सवार १३ जनामध्ये २ जना र मेडिकलमा रहेका ३ जना गरी जम्