धरान–काकडभिट्टा रुटको बसमा आगलागी ग्यारेजमा राखिएका तीन बसमा पनि क्षति

  • फागुन २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt तस्बिर - शोहन श्रेष्ठ

धरान/  धरान–काकडभिट्टा रुटमा सञ्चालन हुने एक यात्रुवाहक बसमा आगलागी हुँदा ग्यारेजमा पार्किङ गरी राखिएका अन्य बसहरूमा समेत क्षति पुगेको छ।

मंगलबार राति करिब ९ः४० बजे अटल ग्यारेजमा राखिएको बसमा अचानक आगो लागेपछि घटना भएको हो।

प्रहरीका अनुसार आगलागी बसधनी कृष्ण बुढाथोकीको को १ ख ६२७४ नम्बरको बसबाट सुरु भएको थियो। आगो फैलिँदा ग्यारेजमा राखिएका प्र १–०१–००१ ख ४०३७, को १ ख ३८४७ र बा ४ ख ५७५९ नम्बरका बसमा पनि आंशिक क्षति पुगेको छ।

बसधनी बुढाथोकीले बस ग्यारेजमा राखेर घर फर्किएको केही समयमै आगलागी भएको खबर पाएपछि तत्काल घटनास्थल पुगेको बताए।

“बस राखेर घर गएको थिएँ, केही बेरमै बसमा आगो लागेको खबर आयो। त्यसपछि हतार–हतार आएर दमकल बोलायौं र आगो नियन्त्रणमा लियौं,” उनले भने।

दमकल, प्रहरी र स्थानीय बासिन्दाको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै मानवीय क्षति नभए पनि एउटा बसमा ठूलो क्षति पुगेको बताइएको छ।

आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved