नेकपा एमालेको सुनसरी १ मा वृहत मोटरसाइकल र्याली

  • फागुन १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेकपा(एमाले) सूर्य ध्वजावहाक उम्मेदवार टिकाराम लिम्बूलाई जिताउन चुनाव प्रचारको अन्तिम दिन सोमबार नेकपा एमाले सुनसरी १ ले वृहत मोटरसाइकल र्याली निकालेको छ । 

निर्वाचन परिचालन कमिटीकी संयोजक मञ्जु भण्डारीको अगुवाईमा सुनसरी १ का २७ वटै वडाहरुमा र्याली निकालेको हो । 

बराह क्षेत्र र रामधुनीमा छुट्टै र्याली निकालिएको थियो । र्यालीलाई स्थानीयलृ उत्साहका साथ स्वागत गरेका थिए । मोटरसाइकल र्याली व्यवस्थापन समितिका संयोजक भीमज्वाला राईका अनुसार 

नयाँ बसपार्क धरान ८ बाट लांघाली चोक, शहिद मार्ग, महादेव चोक, स्कुलडाँडा, माथिल्लाृे पानबारी तल्लो देउराली, बीच देउरालीहुँदै बगरकोट, सदनस्कुल, बुढासुब्बा चोक, देवकोटा चोकहुँदै बरगाछी, धनकुटे रोड, बुद्धचोकबाट क्याम्प गेट, रेल्वे चोक,, कल्याणचोक, रंगशाला, जिरोपोइन्ट, फुस्रे, सूर्यमाग, अमरहाट, कृषि बजार, पुरानोबजार हुदैं माछा भौडीमा आएर टुङ्गिएको थियो । 

र्यालीमा उत्साहपूर्ण सहभागिताले नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बूको पक्षमा माहौल बनेको निर्वाचन परिचालन कमिटीका संयोजक भण्डारीले बताइन । उनले सोमबार राती १२ बजेदेखि मौन अवधी सुरु भएकाले आफ्नो मत सुरक्षित गर्न सबै पार्टीपत्ति चनाखो भएर लाग्न आग्रह गरेक्रीछन् । 

र्यालीको समापन प्रचार संयोजकसमेत रहेका भीमज्वाला राईले गरे ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved