सुनसरी–१ मा एमालेको आत्मविश्वासः अन्तिम फैसला हाम्रो पक्षमा–टिकाराम लिम्बू

  • फागुन १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

टिकाराम लिम्बू नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवा नेता तथा सुनसरी जिल्ला क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ । लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय लिम्बू संगठन निर्माण, स्थानीय विकास र सामाजिक सद्भावका विषयमा काम गर्दै आएका नेता मानिन्छन्।

उहाँले विशेषगरी धरान तथा बराहक्षेत्र क्षेत्रको पूर्वाधार विकास, धार्मिक पर्यटन प्रवर्द्धन, कृषि आधुनिकीकरण र शिक्षा–स्वास्थ्य सुधारलाई आफ्नो राजनीतिक प्राथमिकतामा राख्दै आउनु भएको छ । पार्टीभित्र संगठनात्मक अनुभवका कारण उहाँ क्षेत्रीय राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित हुनुहुन्छ।

हाल उहाँ आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी जिल्ला क्षेत्र नं. १ बाट उम्मेदवारी दिएर विकास र समृद्धिको एजेन्डासहित मतदातामाझ पुग्नु भएको छ । उहाँले यस क्षेत्रका लागि गरेको प्रतिवद्धता र एजेण्डाको विषयमा गरिएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छः

तपाईंको सुनसरी क्षेत्र नं। १ का लागि कसता प्रतिबद्धता जनाउनु भएको छ ?

– हाम्रो मूल उद्देश्य सुनसरी जिल्ला क्षेत्र नं. १ लाई शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार विकासको आधारमा समृद्ध बनाउने हो। हामीले “विकासमा हाम्रो दूरदृष्टि” भन्ने नारासहित क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर योजना ल्याएका छौँ।

विशेषगरी धरान, रामधुनी र बराहक्षेत्रलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य हाम्रो छ।

यस पटकको चुनावी अभियान कत्तिको चुनौतीपूर्ण रह्यो ?

– चुनावी अभियान अहिले मात्र होइन, सधैँ चुनौतीपूर्ण नै हुन्छ। मतदाताको मन जितेर मत प्राप्त गर्नु सहज काम होइन। तर यस पटक केही हिसाबले सहज पनि भएको छ, किनकि दलहरूबीच गठबन्धन छैन र सबै दल आ–आफ्नै बलमा चुनाव लडिरहेका छन्।

यसले चुनावलाई प्रतिस्पर्धात्मक र रोचक बनाएको छ। मतदाताहरू उत्साहित देखिन्छन् र अन्ततः परिणाम नेपाल कम्युनिष्ट पार्टी ९एमाले०कै पक्षमा आउने विश्वास छ।

किन की यस क्षेत्रमा नेकपा एमालेले विकास निर्माणमा योगदान दिएको छ । नेकपा एमालेले विगतमा गरेको कामले यस पटकको निर्वाचन हाम्रो पक्षमा माहौल बनेको छ ।  

एमालेविरुद्ध विभिन्न आलोचना र मत नदिने अभियान पनि चलिरहेको भनिन्छ, यसलाई कसरी लिनुहुन्छ ?

– राजनीतिमा आलोचना स्वाभाविक हो। अहिले एमालेमाथि विभिन्न कोणबाट प्रहार भइरहेको छ—केही राजनीतिक प्रतिस्पर्धाबाट र केही बाहिरी प्रभावबाट पनि।

तर यस्तो अवस्थामा हाम्रो पार्टीभित्रको एकता अझ बलियो भएको छ। कार्यकर्ताले यो परिस्थितिलाई गम्भीर रूपमा बुझेका छन् र एकताबद्ध भएर सामना गरिरहेका छन्।

विशेषगरी सुनसरी जिल्ला क्षेत्र नं.१ मा पार्टीभित्र अभूतपूर्व एकता देखिएको छ। गाउँ गाउँसम्मको संगठन, नेतृत्वमा एकता र मतदातामा उत्साह हाम्रो जितको आधार हो । ठूलो मतान्तरमा हामीले चुनाव जिज्दैंछौं । 

मतदातासँग भोट माग्दा तपाईंले मुख्यतः के सन्देश दिनु भयो ?

– हामीले विगतमा धरान र समग्र सुनसरी जिल्ला क्षेत्र नं। १ मा धेरै विकासका काम सुरु गरेका छौँ। अब ती कामलाई पूर्णता दिनु आवश्यक छ। साथै सामाजिक, धार्मिक र राजनीतिक सद्भाव कायम राख्दै क्षेत्रको समग्र विकासका लागि मतदातासँग विश्वासको मत मागिरहेका छौँ।

हामी कानुन निर्माण गर्ने ठाउँमा जाने प्रतिनिधि भएकाले जनताको आवाज संसदमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिरहेका छौँ। देखिने, सुनीने र महसुस हुने गरि हामी काम गछौं ।

हामीले जनाएको प्रतिवद्धता इमान्दारीताका साथ पुरा गछौं । जनताले मतमाग्दा उठाउनु भएका समस्याहरु, गुनासाहरु पनि नोट गरेका छौं । ती सबै समाधान गनेृ छौं । 

चुनाव जित्ने तपाईका आधारहरु के के हुन ?

– हाम्रो चुनाव जित्ने मुख्य आधार भनेको हाम्रो पार्टीले विगतमा सुनसरी १ मा गरेको काम हो । २०४८ सालदेखि निरन्तर यहाँका जनताले नेकपा एमालेलाई विशवास गदैं आउनु भएको छ । उहाँहरुको विश्वासलाई हामीले उच्च सम्मान पनि गरिरहेका छौं । त्यसैले यस पटक पार्टीले युवाहरुको भावनालाई कदर गरेर मलाई उम्मेदवार बनाएको छ ।

संघ प्रदेश र स्थानीय तहसँग सहकार्य गरि यहाँको सर्वोपरिहितका लागि काम गर्ने मेरो अठोट छ । अर्को कुरा नेकपा एमालेको दपिरलो संगठन छ । मतदाताहरु नेकपा एमालेको पक्षमा छन् । 

चुनाव जिते पछि तपाईको प्रथामिकता के हुने छ ?

–हाम्रो पहिलो प्राथमिकता धरान, रामधुनी र बराहक्षेत्रलाई भावनात्मक र भौतिक रूपमा जोड्ने हो। धार्मिक पर्यटनमार्फत क्षेत्रको आर्थिक गतिविधि बढाउने ठूलो सम्भावना छ। साथै प्रस्तावित धरान–लेउती सुरुङमार्गको अध्ययन पूरा गरी निर्माण प्रक्रिया अघि बढाउने लक्ष्य छ।

यो आयोजना पूरा भएमा धरानको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान हुने र शहरको आर्थिक गतिविधि पुनर्जीवित हुने विश्वास हाम्रो छ। फोहोर व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिने छ । तीनै तहका सरकारसँग सहकार्य गरि नीजि क्षेत्रको लगानी वातावरण तयार गर्न मेरो भूमिका हुने छ । 

अन्त्यमा मतदातालाई तपाईंको सन्देश के छ ?

हामी विकास, स्थायित्व र समृद्धिको एजेन्डा लिएर आएका छौँ। मतदाताले विश्वासका साथ साथ दिनुभयो भने सुनसरी जिल्ला क्षेत्र नं।१ लाई पूर्वाधार, पर्यटन, शिक्षा र स्वास्थ्यका दृष्टिले नमुना क्षेत्र बनाउने हाम्रो प्रतिबद्धता छ। नेकपा एमाले देशको नेतृत्व गर्ने र राष्ट्रिय हितका लागि काम गर्ने पार्टी हो । सुनसरी १ मा नेकपा एमालेको पक्षमा माहौल बनि सकेको छ । जित्ने पार्टी एमाले नै भएकाले तपाईहरुको मत खेर जान नदिन सूर्य चिन्हामा मतदान गर्न सबै सुनसरी–१ वासीलाई अनुरोध गर्दछु । तपाईहरुको आफ्नो मत सदुपयोग गर्न मलाई भोट दिनु होला । त्यो भोटको म उच्च सम्मान गर्ने छु । 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved