धरानका युवकसहित तीन जना ब्राउन सुगरसहित पक्राउ

  • फागुन २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीमा लागू औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धरानका एक युवक समेत रहेका छन्।

प्रहरीका अनुसार मिति २०८२ फागुन २५ गते बिहान करिब १० बजे इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–४ आर्मी क्याम्प क्षेत्रमा शंकास्पद अवस्थामा बसेका धरान उपमहानगरपालिका–२० का ३३ वर्षीय अर्जुन राईलाई जाँच गर्दा उनको साथबाट १.४ ग्राम ब्राउन सुगर  फेला परेको थियो। प्रहरीले उनलाई उक्त लागू औषधसहित नियन्त्रणमा लिएको छ।

त्यसै दिन बेलुका करिब ६:२० बजे इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवा र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले मोटरसाइकल जाँच गर्ने क्रममा थप दुई जनालाई पक्राउ गरेको छ।

लौकहीबाट पकलीतर्फ जाँदै गरेको को ३१ प ३२५५ नम्बरको मोटरसाइकल जाँच गर्दा पछाडि सवार इटहरी उपमहानगरपालिका–१७ का २९ वर्षीय सिद्धार्थ चौधरीको साथबाट ३५.२६ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा सिद्धार्थ चौधरीसहित मोटरसाइकल चालक इटहरी–१८ का २९ वर्षीय जेम्स राईलाई पनि लागू औषध र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका तीनै जनालाई सम्बन्धित लागू औषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved