धरानको पानबारीमा पर्यटन प्रबद्र्धनका लागि ‘पानबारी पार्क’ निर्माण सुरु

  • फागुन २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt -रणध्वज लोहार

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पानबारी सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पानबारी पार्क निर्माण कार्य सुरु गरिएको छ।

पानबारी सामुदायिक वन उपभोक्ता समितिको कार्यालय परिसरमै पार्क निर्माणको काम अघि बढाइएको हो।

धरान आधुनिक शहरतर्फ उन्मुख भइरहेका बेला पानबारी क्षेत्रलाई पनि आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित योजना सुरु गरिएको समितिका अध्यक्ष भुपाल राईले जानकारी दिए। उनका अनुसार पार्क निर्माण भएपछि यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण कोशेढुंगा साबित हुने अपेक्षा गरिएको छ।

पार्क निर्माणका लागि कोशी प्रदेश सरकार र धरान उपमहानगरपालिकाले आर्थिक सहयोग गरेका छन्। प्रदेश सरकारले १० लाख रुपैयाँ र धरान उपमहानगरपालिकाले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सोही बजेट अन्तर्गत हाल वन परिसरमा आउने पाहुनाहरूका लागि खाजाघर निर्माण गर्ने काम सुरु गरिएको छ।

अध्यक्ष राईका अनुसार पार्क निर्माणले सामुदायिक वनको संरक्षणसँगै पर्यटन गतिविधि बढाउन र वन उपभोक्ताहरूका लागि आन्तरिक आम्दानीको स्रोत सिर्जना गर्न मद्दत पुग्नेछ।

वन परिसरमा यसअघि नै ट्रि हाउस र माछा पोखरी निर्माण गरिएको छ। नयाँ पार्क निर्माण भएपछि बालबालिकादेखि युवा र वृद्धवृद्धासम्म सबैले मनोरञ्जन लिन सक्ने स्थानका रूपमा विकास हुने विश्वास गरिएको छ।

स्थानीयका अनुसार यो योजना सफल भए पानबारी क्षेत्र धरानको नयाँ पर्यटन पहिचान बन्ने अपेक्षा गरिएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved