धनकुटाका समस्या संसद्मा उठाउने राईको प्रतिबद्धता

  • फागुन २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले धनकुटाका प्रमुख समस्या समाधानका लागि संसद्मा सक्रिय पहल गर्ने बताएका छन्।

धनकुटामा आयोजित पत्रकार सम्मेलनमा उनले किसानलाई प्रत्यक्ष असर पारिरहेको बाँदर आतङ्क नियन्त्रणको विषयलाई संसद्मा उठाउने प्रतिबद्धता व्यक्त गरे। यसका लागि आवश्यक नीतिगत व्यवस्था र कार्यक्रम ल्याउन आफूले पहल गर्ने उनले बताए।

राईले विवादास्पद मानिएको गाँजा खेतीलाई वैधानिकता दिने विषयमा कानुन संशोधनका लागि पनि पहल गर्ने उल्लेख गरे। यसले ग्रामीण अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

त्यसैगरी कोशी राजमार्गअन्तर्गत भेडेटार सडकको अधिकार क्षेत्रभित्र पर्ने जग्गाको मुआब्जा सम्बन्धी समस्या समाधानका लागि पनि आफूले संसद्मा आवाज उठाउने बताए। अधुरा तथा अपुरा योजनाहरू पूरा गर्न पनि पहल गर्ने उनको प्रतिबद्धता छ।

उनले बाँझो जमिनको सदुपयोग गर्दै उत्पादन बढाउन जनसङ्ख्या वृद्धि आवश्यक रहेको धारणा पनि राखे।

पत्रकार सम्मेलनको अध्यक्षता नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङ्लाले गरेका थिए।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved