मनोज भट्टराईले दिए मतदातालाई धन्यवाद

  • फागुन २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चौथो स्थानमा रहे पनि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज भट्टराईले हारलाई सम्मानपूर्वक स्वीकार गर्दै मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन्।

मतगणना सकिएलगत्तै पत्रकार सम्मेलन आयोजना गर्दै भट्टराईले आफूलाई विश्वास गरेर मतदान गर्ने मतदाताप्रति कृतज्ञता व्यक्त गरेका हुन्। प्रतिकूल परिस्थितिका बाबजुद पनि आफूलाई साथ दिने ६ हजारभन्दा बढी मतदाताको समर्थनलाई उनले आफ्नो राजनीतिक सम्पत्ति भएको बताएका छन्।

निर्वाचनमा भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “हामीले पाएको मत संख्या कम हुन सक्छ, तर यो परिवर्तनको पक्षमा उभिएका सचेत नागरिकहरूको मत हो। म हर्क साङपाङलाई सफल कार्यकालको शुभकामना दिन्छु र सधैं धरानबासीको सेवामा रहनेछु।”

उनले जनादेशको सम्मान गर्दै हर्क साङपाङको विजयलाई जनताको परिवर्तनप्रतिको चाहनाको परिणाम भएको बताए। हारबाट विचलित नभई जनताका मुद्दामा निरन्तर लागिरहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साङपाङ) ३५ हजार ७४१ मतसहित विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ २७ हजार २४९ मतसहित दोस्रो स्थानमा रहिन्। नेकपा एमालेका टिकाराम लिम्बूले ६ हजार ३३१ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।

त्यसैगरी नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले १ हजार ४१९ मत प्राप्त गरेका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved