भगबती चौधरीको मतदातालाई मर्मस्पर्षी पत्र

  • फागुन १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

नेकपा एमाले सुनसरी ३ की उम्मेदवार भगबती चौधरीले मौनअबधि सुरु हुन लाग्दा मतदातालाई मर्मस्पर्षी पत्र लेख्नुभएको छ । घरदैलो अभियानका क्रममा सबैतिर पुग्न खोजेको तर समयअभाबले सबैतिर पुग्न नसकेको क्षमा सहित पत्र लेख्नुभएको हो । आफू सदैब सुनसरी ३ कै जनताको सुख,दुःखमा रहेको उल्लेख गर्नुभएको छ ।उहाँले आफनो जीवननै सुनसरी ३ का लागि समर्पित भएकाले सूर्यमा मतदान गरेर सुनसरी क्षेत्र नम्बर ३ बनाउने अभियानमा हातमा हात साथमा साथ मिलाउन आग्रह गर्नुभएको छ । उहाँले पछिल्लो तीन वर्षमा हाम्रो क्षेत्रमा १ अर्ब २३ करोड बराबरका विकास योजनाहरू ल्याएको जनाउदै धेरै योजना सम्पन्न भएका र अधुरा कामहरूलाई पूर्णता दिनु आफनो पहिलो र अनिवार्य काम हुने बताउनुभएको छ । उहाँले सुनसरी ३ मा आफूले धेरै काम गरेको पत्रमा खुलाउनुभएको छ ।

यस्तो छ भगबती चौधरीको मतदातालाई पत्र

 

आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू, सादर नमस्कार।आज म यो पत्र लेखिरहँदा मेरो मनमा राजनीति भन्दा बढी तपाईँहरूको अनुहार आइरहेको छ । तपाईँहरूले गत निर्बाचनमा मलाई जुन विश्वास र आशिर्वाद दिनुभयो, त्यसैको बलमा म तपाईँको आवाज बनेर प्रतिनिधि सभामा पुँगे । मलाई पाँच वर्षका लागि पठाउनुभएको थियो, तर देशको राजनीतिक उतारचढावले तीन वर्षमै संसद्को यात्रामा पूर्णविराम लगाइदियो । तर मेरो मन र मेरो कर्ममा तपाईँहरूको सेवा गर्ने भोकमा कहिल्यै पूर्णविराम लागेन र लाग्नेछैन । संसदमा मैले पटक–पटक तपाईँका पीडा र सुनसरी–३ का आवश्यकताहरूका लागि आवाज उठाँए । पछिल्लो तीन वर्षमा हाम्रो क्षेत्रमा १ अर्ब २३ करोड बराबरका विकास योजनाहरू ल्याँए ।सुरु भएका ती अधुरा कामहरूलाई पूर्णता दिनु मेरो पहिलो र अनिवार्य काम हुनेछ। अरु नयाँ योजनाहरु सुरुगर्नेछौ । मैले बाचा गरे अनुसार २७५ विपन्न परिवार लाई घर बनाएर दिन सके । जब ती आमाहरू खुसीले रुँदै नयाँ घरमा छिर्नुहुन्छ, मलाई लाग्छ मैले अझै धेरै गर्नुपर्छ आगामी दुई वर्षभित्र थप ४०० परिवारलाई नयाँ घर बनाएर दिने मेरो संकल्प छ। मलाई लाग्छ हाम्रो क्षेत्रमा कोही पनि शीतलहरमा थरथर काम्न र वर्षामा छानो चुहिएर जाग्राम बस्न नपरोस ।“काम, कमाइ र सम्मान” मेरो नारा मात्र होइन, यो मेरो अभियान हो। २,००० जनालाई प्रत्यक्ष रोजगार दिएकी छु। अब मेरो लक्ष्य ५,००० थप रोजगारी सिर्जना गर्ने हो। हाम्रा युवाहरू विदेशिन नपरोस्, उनीहरूले घरमै बसेर डिजिटल प्रविधिमार्फत विश्वसँग जोडिन सकून् भनेर म विशेष योजनाका साथ आएकी छु। त्यसै गरी ५०,००० महिला दिदीबहिनीहरूलाई स्वरोजगार बनाउँदा उहाँहरूको आँखामा जुन आत्मविश्वास देखेँ, त्यसले मलाई थप ५०,००० महिलालाई आत्मनिर्भर बनाउने आँट दिएको छ।अझै धेरै सपनाहरू पूरा हुन बाँकी छन्। म आज पनि तपाईँको आँगनमा प्रतिवद्धता लिएर आएकी छु— म भ्रष्टाचार गर्दिनँ, म तपाईँलाई धोका दिन्नँ र म कहिल्यै नकारात्मक राजनीति गर्ने छैन। म तपाईँको सुखमा आउने उम्मेदवार मात्र होइन, तपाईँको दुःखमा काँध थाप्ने तपाईँकै छोरी, चेली र दिदीबहिनी हुँ।

चुनाव प्रचार प्रसारका क्रममा तपाईलाई भेटेरै मेरा सपना र योजना सुनाउने,तपाईको सुझाव सल्लाह लिने र तपाईको अमूल्य मत माग्ने चाहना थियो । चुनाव प्रसार प्रसारका क्रममा त्यसमा कमि कमजोरी हुन पुग्यो होला । त्यसैले यो पत्र मार्फत तपाई सँग आइपुगेकी छु । तपाईको आर्शिवादको अपेक्षा गर्दछु । 

सुनसरी–३ लाई देशकै नमुना क्षेत्र बनाउने मेरो एउटै चाहना छ। आउनुहोस्, हामीले सुरु गरेको यो विकासको यात्रालाई बीचमै नरोकौँ। यो विश्वासको दियोलाई अझै बालेर राखौँ। त्यसमा तपाईको एक मतले ठूलो भूमिका खेल्छ । निर्वाचनमा सूर्य चिन्हमा आफ्नो अमूल्य मतदान गरी मलाई पुनः तपाईँको सेवा गर्ने अवसर दिनुहुनेछ भन्नेमा म पूर्ण आशावादी छु । भोट मेरो लागि मात्र होइन, सुनसरी–३ को सुन्दर भविष्यका लागि हुनेछ।सधैँ तपाईँकै सेवामा समर्पित,भगवती चौधरी उम्मेदवार, प्रतिनिधि सभा – सुनसरी क्षेत्र नं. ३

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved