धरान/ नेपाल चिकित्सक संघको आह्वानमा आज (मंगलबार) देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने भएका छन्। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा भएको तोडफोड र वार्ताका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा संघले आन्दोलनको घोषणा गरेको हो। नेपाल चिकित्सक संघ, धरान शाखा, सुनसरीले केन्द्रीय कार्यालयको निर्णयप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै सुनसरी जिल्लाभित्रका सरकारी, निजी, शिक्षण तथा सामुदायिक अस्पताल, मेडिकल कलेज, स्वास्थ्य संस्था र क्लिनिकहरूमा पनि आकस्मिक सेवाबाहेक सम्पूर
धरान/ धरान उपमहानगरपालिका–१४ स्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपुर दरबार क्षेत्रमा राखिएको ‘वाबुक’ (चिण्डो) अज्ञात समूहले उखालेर केही पर फालिदिएको अवस्थामा फेला परेपछि विजयपुर क्षेत्रमा नयाँ विवाद उत्पन्न भएको छ। राई र लिम्बू समुदायबीच उक्त चिण्डोलाई लिएर केही समयदेखि सामाजिक सञ्जालदेखि सार्वजनिक रूपमा मतभेद भइरहेका बेला सोमबार बिहान पूजा स्थल नजिक राखिएको चिण्डो हटाइएको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको हो। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बिनालाल शाहको नेतृत्वमा पुगेको टोलीले घटनास्थलको निरीक्षण, फिङ्गरप्रिन्ट संकलन तथा सिसीटिभी फु
धरान/ सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा सुरु भएको साम्प्रदायिक तनाव सकेको छैन । जिल्ला प्रशासन कार्यालयले बिहानदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरे पनि विभिन्न स्थानमा आगजनी, तोडफोड, कुटपिट र आक्रमणका घटना निरन्तर भइरहेपछि जिल्लाको सुरक्षा अवस्था थप जटिल बनेको छ। आइतबार राति दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगन्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि क्षेत्रको अवस्था थप तनावग्रस्त बनेको हो। घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका थिए भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ ज
मोरङ/ मोरङको रंगेलीमा एक बालिकामाथि दुई दिनसम्म विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी तथा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रंगेली–३ का १८ वर्षीय मोहम्मद अरमान, सुनवर्षी–९ का २१ वर्षीय सुमन कुमार साह (क्याफे सञ्चालक), रंगेली–७ का २० वर्षीय करण मण्डल, १८ वर्षीय प्रियान्सु साह तथा रंगेली–६ का १८ वर्षीय रितिक यादव रहेका छन्। प्रहरीका अनुसार घटनाको सुरुवात साउन ३ गते बिहान भएको थियो। प्रारम्भिक अनुसन्धानबाट मोहम्मद अरमानले बालिकालाई फकाई–फुल्याई रंगेली–७ स्थित एक क्याफेमा पुर्याएको र त्यहाँ अरमान तथा
धरान/ धरानका एक विद्यार्थी पहिलोपटक अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनीमा नेपालको प्रतिनिधित्व गर्न इटाली जाने भएका छन्। धरान–१६ स्थित युएन नवोदय प्लस +२ कलेजका कक्षा–१२ विज्ञान सङ्कायका विद्यार्थी प्रशन्न श्रेष्ठ आगामी अक्टोबर १८ देखि २३, २०२६ सम्म इटालीको मन्टुवामा आयोजना हुने ‘माइलसेट एक्स्पो साइन्स युरोप’ (MILSET Expo-Sciences Europe) मा सहभागी हुने भएका हुन्। यस अवसरमा कलेजले सोमबार विशेष कार्यक्रम आयोजना गरी उनलाई सम्मान तथा बिदाइ गरेको छ। नेपालभरका हजारौँ विद्यार्थीमध्ये छनोट भएका तीन प्रतिभामध्ये प्रशन्न पनि एक हुन्। वि
सुनसरी/सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २४ वर्षीय ओमप्रकाश मेहता रहेको सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार राति करिब ११ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। प्रहरीका अनुसार बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा रहेका दुई समूहबीच सामान्य विवाद सुरु भएको थियो। राति
सुनसरी/ धरान-१६ स्थित नेपालकै एक प्रतिष्ठित शैक्षिक संस्था युएन-नवोदयकलेजले कक्षा ११ का होटल म्यानेजमेन्टका विद्यार्थीहरूका लागि अभिमुखीकरण (Orientation) तथा होटल भ्रमण कार्यक्रम सम्पन्न गरेको छ। कलेजले आफ्ना विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिलाउने उद्देश्यले कोशी प्रदेशकै पहिलो र शीर्ष पाँच तारे होटलको भ्रमण गराएको हो। कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापोका अनुसार, युएन नवोदय कलेज मिहिनेती र अनुशासित विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल भएको छ। होटल म्यानेजमेन्ट विषय सिद्धान्तमा मात्र सीमित नभई पूर्ण रूपमा व्यावहारिक विषय पनि हो, प्रिन्सिपल तुम्बापोल
धरान/ भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा आजबाट सातौँ इन्टर भूपू समिति ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । नेपाल प्रदेश प्रहरी कार्यालय धरानको हाताभित्र रहेको ब्याडमिन्टन कोर्टमा दुवै देशका राष्ट्रिय गीतसँगै पेन्सन वितरण कार्यालय धरानका कार्यवाहक प्रभारी अधिकारी मेजर डा. सुवर्ण स्वामी, नेपाल एसबीआई प्रदेश प्रबन्धक श्रीमती दमयन्ती जोशी र नेपाल प्रहरी स्कुल धरानकी प्रिन्सिपल श्रीमती मनिका सुब्बा राईले संयुक्त रूपमा प्रतियोगिताको समुद्घाटन गर्नुभएको थियो । विगतका वर्षहरूमा झैँ यस वर्ष समेत पूर्वाञ्चलमा रहेका भूपू समितिहरू प्रतियोगितामा उत्साहका साथ सहभागी भएका छ
धरान/केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन लगभग निश्चित भएको छ। एमालेभित्र भएको उच्चस्तरीय छलफलअनुसार वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको स्थानमा प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी अन्तिम चरणमा पुगेको स्रोतहरूले बताएका छन्। एमालेका उच्च तहका नेताहरूका अनुसार नेतृत्व परिवर्तनबारे केन्द्रमा सकारात्मक सहमति बनिसकेको छ भने औपचारिक निर्णय आइतबार नै हुन सक्ने सम्भावना छ। नयाँ राजनीतिक समझदारीअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम न
धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सडक, विद्यालय र अस्पताल निर्माण गर्नु मात्रै विकासको मापदण्ड नहुने बताएका छन्। उनले नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउनु नै वास्तविक विकास भएको स्पष्ट पारे। शनिबार धरानका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले विकासको मूल्याङ्कन निर्माण गरिएका संरचनाको सङ्ख्याले नभई नागरिकले प्राप्त गर्ने सेवा, अवसर र जीवनस्तरमा आएको सुधारका आधारमा हुनुपर्ने बताए। उनले सडक बनेपछि गाउँको उत्पादन सहज रूपमा बजारसम्म पुग्ने, नागरिकको आवतजावत सरल हुने र आर्थिक गतिविधि विस्तार भए मात्र विकासको अनुभूति