धरान/ धरान–७ स्थित हिमालय पेट्रोल पम्पबाट ब्राउन सुगर लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तेह्रथुमको छथर गाउँपालिका–५ का ३० वर्षीय संजिव दास रहेका छन्।
आईतवार बिहान करिब ९ः२० बजे बरगाछीस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हिमालय पेट्रोल पम्प क्षेत्रमा शंकास्पद अवस्थामा रहेका दासलाई रोकेर खानतलासी गरेको थियो।
त्यस क्रममा उनको साथबाट ०.३ ग्राम अर्थात् ३०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
लागूऔषधसहित नियन्त्रणमा लिइएका दासलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।