धरानका राजको शरीरभित्रै भेटियो ब्राउन सुगर

  • भदौ २९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रहरीले ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इलाम देउमाई नगरपालिका–६ का २८ वर्षीय मदन सुवेदी र धरान उपमहानगरपालिका–५ का २२ वर्षीय राज राई रहेका छन्।

प्रहरीका अनुसार भदौ २७ गते दिउँसो भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोडमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकही र प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको संयुक्त टोलीले भुटाहाबाट फुलचोकतर्फ पैदल आउँदै गरेका दुवै जनालाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा मदन सुवेदीको साथबाट ५ ग्राम १८० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

राज राईको साथमा समेत लागूऔषध रहेको आशंका भएपछि उनलाई स्वास्थ्य परीक्षणका लागि भदौ २७ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो।

भदौ २८ गते विशेषज्ञ चिकित्सकको सहयोगमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा राईले मलद्वारभित्र प्लास्टिकमा पोको पारेर लुकाइराखेको अवस्थामा ३ ग्राम २१० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धरानमा शंकास्पद अवस् ...

धरान/ धरान–७ स्थित हिमालय पेट्रोल पम्पबाट ब् ...

१९ दिनसम्म सास–लासको ...

झापा/ भोटेकोशीमा बाढी आएको दिनदेखि १९ दिनसम्म छोरा ...

विवाहदेखि धार्मिक सं ...

इनरुवा/  कोशी गाउँपालिका–३ का ७८ वर्षीय छेवी ...

सिटी सफारीको ठक्करबा ...

विराटनगर/  विराटनगरमा सिटी सफारीको ठक्करबाट ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved