धरान/ धरान–८ तीनकुनेस्थित श्री श्री १०८ बाबा विश्वकर्मा मन्दिरमा असाेज १ गते सम्पन्न विश्वकर्मा पूजाको आय–व्यय सार्वजनिक गरिएको छ। मन्दिर व्यवस्थापन समितिले पूजाका क्रममा भक्तजन तथा श्रद्धालुबाट प्राप्त दान–दक्षिणा र भएको खर्चको विवरण सार्वजनिक गरेको हो। समितिका अनुसार विश्वकर्मा पूजाका अवसरमा विभिन्न शीर्षकबाट कुल २ लाख ८३ हजार रुपैयाँ आम्दानी भएको छ। जसमध्ये मोनी बाबा धुनाबाट ५० हजार, विश्वकर्मा, हनुमान तथा गणेश मूर्तिमा भक्तजनबाट प्राप्त दानबाट ६७ हजार ५ सय, मन्दिर विकासका लागि १ लाख ३२ हजार, राम दरबार, दुर्गा मन्दिर तथा शिव मन्दिरको भेटीबाट २० हजार र अन्य दान तथा आ
धरान/ धरानका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै धरान खेलकुद मञ्चले तेस्रो ‘धरान खेलकुद अवार्ड’ आयोजना गर्ने भएको छ। मञ्चले आगामी असोज १२ गते सोमबार आयोजना गर्ने अवार्डमा विभिन्न खेल विधाका उत्कृष्ट खेलाडी, प्रशिक्षक, रेफ्री तथा प्राविधिक व्यक्तित्वलाई सम्मान गर्ने जनाएको छ। अवार्डको मुख्य आकर्षणका रूपमा यसपटक पहिलोपटक ‘धरान स्पोर्टस् पब्लिक च्वाइस’ सुरु गरिने भएको छ। धरानका चर्चित १० खेलाडीमध्ये मतका आधारमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई पुरस्कृत गरिने मञ्चका अध्यक्ष किशोर राईले शनिबार आयोजित पत
दुहबी/ नेपाली कांग्रेस दुहबी नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशनबाट राजकुमार रौनियार (राजु)को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। सम्पन्न १५ अौ अधिवेशनले वडा सभापति पदमा राजकुमार रौनियार (राजु)लाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो। अधिवेशनले सभापतिका साथै अन्य पदाधिकारी तथा सदस्यहरूसमेत सर्वसम्मतिमै चयन गरेको छ। नवगठित कार्यसमितिको उपसभापतिमा सुवास शर्मा र सरस्वती साह हलुवाई, सचिवमा नवीन कुमार रौनियार तथा सह-सचिवमा खेरुल खातुन चयन हुनुभएको छ। त्यसैगरी वडा कार्यसमिति सदस्यहरूमा सविना खातुन, हरि भक्त राई, बाबुराम खत्री, सन्तकुमार नुन्दी, बालेश्वर मल्लिक, प्रदिप स
दमक/ झापाको दमकमा घर फोडेर सुनका गहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। दमक नगरपालिका–२ की ३१ वर्षीया मनिषा तामाङको घरमा कोही नभएको मौका छोपी चोरले कोठामा रहेको दराज फुटाएर सुनको सिक्री, बालिकाका तीन तोलाका दुई थान सुनका चुरा, दुई थान सुनको पिंजडा, एक थान सुनको तिलहरी र नगद २० हजार रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ। घटनाबारे असोज ३ गते इलाका प्रहरी कार्यालय दमकमा जानकारी प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले घटनास्थल तथा आसपासका क्षेत्रमा जडान गरिएका सीसीटीभी फुटेजको सहयोगमा चोरीमा संलग्न व्यक्तिको पहिचान तथा खोजतलास थालेको थियो। ख
सुनसरी/ सुनसरीको बराहक्षेत्रमा प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। बराहक्षेत्र नगरपालिका–९ स्थित बरपिपल चोकमा लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको बीआर ३८ एपी ०२७७ नम्बरको भारतीय मोटरसाइकललाई प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मोटरसाइकल चालक भारतको अररिया बेलवा ग्राम पञ्चायत बस्ने २० वर्षीय बिपिन कुमार यादवको साथबाट ब्राउन सुगर ०.८३ ग्राम (८३० मिलिग्राम) पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले यादवलाई उक्त पदार्थ र मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प
दमक/ जेन्जी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय कारागारबाट भागी फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदी झापाको दमकबाट पक्राउ परेका छन्। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ हुँसेसाँगुका २७ वर्षीय राजकुमार लिम्बुलाई प्रहरीले दमक नगरपालिका–६ बाट पक्राउ गरेको हो। लिम्बु जबरजस्ती करणी मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतको २०७९ असार २२ गतेको फैसलाअनुसार १८ वर्ष कैद, १ लाख रुपैयाँ क्षतिपूर्ति तथा २ हजार २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय भुक्तान गरिरहेका थिए। उनी २०८२ भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागार, जगन्नाथदेवलबाट भागेर फरार भएका थिए। त्यसप
सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–६ मन्सुरी टोलबाट प्रहरीले भन्सार छली ल्याइएको करिब १० लाख रुपैयाँ बराबरको अवैध कुखुराको मासुजन्य सामग्री बरामद गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शुक्रबार राति करिब १०ः३० बजे वेवारिसे अवस्थामा ती सामग्री फेला पारेको हो। प्रहरीका अनुसार बरामद सामग्रीमा ४७१ प्याकेट चिकेन सिक कबाब, ४०३ प्याकेट चिकेन बर्गर प्याटी, २०६ प्याकेट चिकेन नगेट्स, ५५४ प्याकेट चिकेन फिंगर र ५२४ प्याकेट चिकेन मिटबल रहेका छन्। यसरी विभिन्न पाँच प्रकारका गरी कुल २ हजार १ सय ५८ प्याकेट अवैध मासुजन्य स
सुनसरी/ सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा दुई यादव समूहबीच भएको झडपमा एक जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार शनिबार साँझ भएको झडपमा देवानगञ्ज–१ का २४ वर्षीय निरज कुमार यादव घाइते भएका हुन्। उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज–२ का १८ वर्षीय विष्णु कुमार यादव र २६ वर्षीय लाली भन्ने जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको सुनसरी प्रहरीका सूचना अधिकारी चन्द
धरान/ बाल दिवसको अवसरमा धरान उपमहानगरपालिका–११ नं. वडा बाल सञ्जालद्वारा आयोजित दन्त तथा सामान्य स्वास्थ्य शिविरमा १३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। ‘स्वस्थ बालबालिका, समृद्ध भविष्य’ भन्ने नारासहित असोज ३ गते मंगलबार धरान–११ वडा कार्यालयमा आयोजित शिविर बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो। शिविरमा बालबालिकासहित विभिन्न उमेर समूहका व्यक्तिहरूले स्वास्थ्य परीक्षण गराएका थिए। शिविरमा दन्त तथा सामान्य स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श र उपचार सेवा प्रदान गरिएको थियो। शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. स्मृति क
धरान/ धरान मेघा हिमालयन स्कुल/कलेजमा कक्षा-११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीहरूका लागि आयोजित स्वागत कार्यक्रममा सुहाना लिम्बू ‘मिस फ्रेसर’ र सेनिहाङ राई ‘मिस्टर फ्रेसर’ घोषित भएका छन्। धरान-१५ स्थित चुम्लुङ भवनमा शुक्रवार आयोजित कार्यक्रममा सुहानालाई ‘मिस प्रोभिन्स आइडल-२०२५’ की विजेता स्वर्णिम थापामगरले क्राउन लगाइदिएकी थिइन्। ‘मिस स्टेट-२०२१’ की विजेता तथा कोरियोग्राफर स्वेता भुजेलले स्यास लगाइदिएकी थिइन्। कलेजका अध्यक्ष राजेश विद्रोही र प्रिन्सिपल दीपक घिमिरेले सुहानालाई फ्लावर बुके तथा ट्रफी प्रदान गरे। त्यस