विश्वकर्मा पूजामा २ लाख ८३ हजार आम्दानी, २ लाख ४२ हजार बचत

  • असोज ४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–८ तीनकुनेस्थित श्री श्री १०८ बाबा विश्वकर्मा मन्दिरमा असाेज १ गते सम्पन्न विश्वकर्मा पूजाको आय–व्यय सार्वजनिक गरिएको छ।

मन्दिर व्यवस्थापन समितिले पूजाका क्रममा भक्तजन तथा श्रद्धालुबाट प्राप्त दान–दक्षिणा र भएको खर्चको विवरण सार्वजनिक गरेको हो।

समितिका अनुसार विश्वकर्मा पूजाका अवसरमा विभिन्न शीर्षकबाट कुल २ लाख ८३ हजार रुपैयाँ आम्दानी भएको छ। जसमध्ये मोनी बाबा धुनाबाट ५० हजार, विश्वकर्मा, हनुमान तथा गणेश मूर्तिमा भक्तजनबाट प्राप्त दानबाट ६७ हजार ५ सय, मन्दिर विकासका लागि १ लाख ३२ हजार, राम दरबार, दुर्गा मन्दिर तथा शिव मन्दिरको भेटीबाट २० हजार र अन्य दान तथा आम्दानीबाट १३ हजार ५ सय रुपैयाँ संकलन भएको समितिले जनाएको छ।

त्यस्तै, पूजाका क्रममा साधु–सन्त बिदाइका लागि ३० हजार ६ सय रुपैयाँ तथा प्रसादलगायतका खर्चमा १० हजार रुपैयाँ गरी कुल ४० हजार ६ सय रुपैयाँ खर्च भएको छ।

आम्दानी र खर्च कटाएर मन्दिरको कुल २ लाख ४२ हजार ४ सय रुपैयाँ बचत भएको समितिले जनाएको छ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुभाष श्रेष्ठ र सचिव गणेश प्रतिम्सिनाद्वारा जारी प्रेस विज्ञप्तिमा मन्दिरको आय–व्ययलाई पारदर्शी र व्यवस्थित रूपमा सार्वजनिक गर्ने उद्देश्यले विवरण सार्वजनिक गरिएको उल्लेख छ।

समितिले विश्वकर्मा पूजा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण भक्तजन, श्रद्धालु, दाता तथा सहयोगी महानुभावप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।

धरानमा खेलाडीको सम्म ...

धरान/ धरानका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा खेलकुद ...

राजकुमार रौनियारको न ...

दुहबी/ नेपाली कांग्रेस दुहबी नगरपालिका वडा नम्बर ५ को व ...

घर फोडेर सुनका गहना ...

दमक/ झापाको दमकमा घर फोडेर सुनका गहना तथा नगद चोरी ...

बराहक्षेत्रमा भारतीय ...

सुनसरी/ सुनसरीको बराहक्षेत्रमा प्रहरीले लागूऔषध ब् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved