मेघा हिमालयनका सुहाना र सेनिहाङ मिस र ‘मिस्टर फ्रेसर’

  • असोज ३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान मेघा हिमालयन स्कुल/कलेजमा कक्षा-११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीहरूका लागि आयोजित स्वागत कार्यक्रममा सुहाना लिम्बू ‘मिस फ्रेसर’ र सेनिहाङ राई ‘मिस्टर फ्रेसर’ घोषित भएका छन्।
 
धरान-१५ स्थित चुम्लुङ भवनमा शुक्रवार आयोजित कार्यक्रममा सुहानालाई ‘मिस प्रोभिन्स आइडल-२०२५’ की विजेता स्वर्णिम थापामगरले क्राउन लगाइदिएकी थिइन्। ‘मिस स्टेट-२०२१’ की विजेता तथा कोरियोग्राफर स्वेता भुजेलले स्यास लगाइदिएकी थिइन्। कलेजका अध्यक्ष राजेश विद्रोही र प्रिन्सिपल दीपक घिमिरेले सुहानालाई फ्लावर बुके तथा ट्रफी प्रदान गरे।
 
त्यस्तै, ‘मिस्टर फ्रेसर’ सेनिहाङ राईलाई अध्यक्ष विद्रोही र प्रिन्सिपल घिमिरेले ढाका टोपी लगाइदिनुका साथै बुके, स्यास र ट्रफी प्रदान गरेका थिए।
 
कलेजले आन्तरिक रूपमा विद्यार्थीहरूको अध्ययनमा उत्कृष्टता, अनुशासन, सामाजिक भावना लगायतका विभिन्न पक्षलाई समग्र रूपमा मूल्यांकन गरी मिस फ्रेसर र मिस्टर फ्रेसर छनोट गरेको कलेजका निर्देशक अर्जुन घिमिरेले जानकारी दिए।
 
नवआगन्तुक विद्यार्थीलाई कलेजको वातावरणसँग परिचित गराउने तथा उनीहरूको प्रतिभा र व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले स्वागत कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ।

बराहक्षेत्रमा संविधा ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले संविधान द ...

सुनसरीमा १ हजार ४५४ ...

इनरुवा/ सुनसरीमा प्रहरीले ठूलो परिमाणमा गाँजा बराम ...

धरानको विजयपुरमा इति ...

धरान/ धरानको ऐतिहासिक विजयपुर दरबार क्षेत्रको इतिहास, प ...

धरान मेघा हिमालयनमा ...

धरान/ सुनसरीको धरान–१२ स्थित धरान मेघा हिमाल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved