बाल दिवसमा धरान–११ मा स्वास्थ्य शिविर, १३५ जनाको स्वास्थ्य परीक्षण

  • असोज ३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बाल दिवसको अवसरमा धरान उपमहानगरपालिका–११ नं. वडा बाल सञ्जालद्वारा आयोजित दन्त तथा सामान्य स्वास्थ्य शिविरमा १३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्।

‘स्वस्थ बालबालिका, समृद्ध भविष्य’ भन्ने नारासहित असोज ३ गते मंगलबार धरान–११ वडा कार्यालयमा आयोजित शिविर बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो। शिविरमा बालबालिकासहित विभिन्न उमेर समूहका व्यक्तिहरूले स्वास्थ्य परीक्षण गराएका थिए।

शिविरमा दन्त तथा सामान्य स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श र उपचार सेवा प्रदान गरिएको थियो। शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. स्मृति कार्की, रेक्टर प्रा. डा. शिवेन्द्र झा, रजिस्ट्रार सहप्राध्यापक धरणीधर बराल तथा अस्पताल निर्देशक डा. इन्द्रकुमार लिम्बू लगायतको उपस्थिति रहेको थियो।

शिविरको आयोजना वडा बाल सञ्जाल धरान–११ ले गरेको थियो भने धरान उपमहानगरपालिका–११ नं. वडा कार्यालयले संयोजन गरेको थियो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले शिविरमा सहकार्य गरेको थियो।

वडा बाल सञ्जालका अध्यक्ष रोशन शंकरको संयोजकत्वमा सम्पन्न शिविरमा धरान–११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोले सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रममा बालबालिकाको स्वास्थ्यसँगै उनीहरूको प्रतिभा र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले ‘बाल प्रतिभा’ पुस्तक विमोचन तथा सम्मान र बधाई कार्यक्रमसमेत आयोजना गरिएको संयोजक रोशन शंकरले जानकारी दिए।

बराहक्षेत्रमा भारतीय ...

सुनसरी/ सुनसरीको बराहक्षेत्रमा प्रहरीले लागूऔषध ब् ...

जेन्जी आन्दोलनमा कार ...

दमक/ जेन्जी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय ...

दस लाखको अवैध कुखुरा ...

सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–६ मन्सुरी ट ...

सुनसरीमा दुई यादव सम ...

सुनसरी/ सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्ष ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved