दस लाखको अवैध कुखुराको मासुजन्य सामान बरामद, २१ सय ५८ प्याकेट नष्ट

  • असोज ३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–६ मन्सुरी टोलबाट प्रहरीले भन्सार छली ल्याइएको करिब १० लाख रुपैयाँ बराबरको अवैध कुखुराको मासुजन्य सामग्री बरामद गरी नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शुक्रबार राति करिब १०ः३० बजे वेवारिसे अवस्थामा ती सामग्री फेला पारेको हो।

प्रहरीका अनुसार बरामद सामग्रीमा ४७१ प्याकेट चिकेन सिक कबाब, ४०३ प्याकेट चिकेन बर्गर प्याटी, २०६ प्याकेट चिकेन नगेट्स, ५५४ प्याकेट चिकेन फिंगर र ५२४ प्याकेट चिकेन मिटबल रहेका छन्।

यसरी विभिन्न पाँच प्रकारका गरी कुल २ हजार १ सय ५८ प्याकेट अवैध मासुजन्य सामग्री बरामद भएको प्रहरीले जनाएको छ।

बरामद सामग्री आवश्यक प्रक्रिया पूरा गरी जिल्ला पशु स्वास्थ्य कार्यालय सुनसरी, इनरुवामा लगेर नष्ट गरिएको छ।

उक्त अवैध सामान कहाँबाट ल्याइएको र कसको संलग्नता रहेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

बराहक्षेत्रमा भारतीय ...

सुनसरी/ सुनसरीको बराहक्षेत्रमा प्रहरीले लागूऔषध ब् ...

जेन्जी आन्दोलनमा कार ...

दमक/ जेन्जी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय ...

सुनसरीमा दुई यादव सम ...

सुनसरी/ सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्ष ...

बाल दिवसमा धरान–११ म ...

धरान/ बाल दिवसको अवसरमा धरान उपमहानगरपालिका– ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved