काठमाडौं । भारतले चीनको पदचिन्ह (रणनीति) नजिकबाट नियाल्नका लागि सामरिक रुपमा कालापानी क्षेत्रलाई अत्यन्तै अहम् रुपमा लिएको छ । लिपुलेक भएर मानसरोवर जोड्ने बाटो निर्माणलाई भारतीय सञ्चार माध्यमहरुले ठूलो सामरिक सफलताका रुपमा ब्याख्या गरिरहेका छन् । बाटो निर्माणले कैलाश–मानसरोवरको अध्यात्मिक बाटो सुगम मात्रै नभएर चीनसँग सामरिक सन्तुलन पनि कायम भएको उनीहरुको ठहर छ । ‘नवभारत टाइम्स’ ले नेपाल र चीनबीच बढ्दो घनिष्ठताका बीच कालापानीमा बलियो उपस्थिति भारतका लागि अत्यन्त जरुरी रहेको उल्लेख गरेको छ । उसले ‘बोर्डर रोड अर्गनाइजेसन’ ले हिमालयको दुर्गम टाकुरा
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट सर्बै भन्दा बढी प्रभावित भएको अमेरिकाको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा शान्तिपाठ गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दू पुजारी बोलाएर ह्वाइट हाउनमा शान्तिपाठ गर्न लगाएका हुन् । अमेरिकाको न्यू जर्सीस्थित स्वामी नारयण मन्दिरका पुजारी हरिस ब्रम्हभट्टले ट्रम्पको आग्रहमा विश्व शान्तिको कामना गर्दै मन्त्र वाचन गरेका हुन् । मे ७ का दिन बिहीबार राष्ट्रिय प्रार्थना दिवसको अवसरमा ट्रम्पले पुजारी ब्रम्हभट्टलाई ह्वाइट हाउसमा बोलाएका थिए । ट्रम्पले उत्त क्रममा अमेरिकाले भगवानमा विश्वास गर्ने पनि बताए । ट्रम्पले भने, &lsqu
भरत सरकारले लकडाउन खुकुलो पार्दै पसल खोल्ने अनुमति दिने निर्णय गरेसँगै मदिरा पसलमा मानिसको हेर्न लायक लामो लाइन देखिएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार सोमबार राजधानी दिल्लीमा स्थित देशबन्धु गुप्ता सडकमा रहेको एक मदिरा पसलमा मदिरा खरिद गर्न आउनेको लाइन एक किलोमिटरभन्दा लामो रहेको जनाएको छ । भारत सरकारले सोमबारदेखि मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिमको आधारमा छुट्याइएको ‘रेड’, ‘अरेन्ज’ र ‘ग्रिन’ जोनहरुमा मदिरा पसल खोल्न दिने निर्णय गरेको थियो । दिल्लामा मात्र नभएर अन्य सहरमा पनि मदिरा किन्ने मानिसको भीड बढेको एएनआइले जनाएको
रुसमा एकै दिन १० हजार ६३३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ३४ हजार ६८७ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा रुसमा थप ५८ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये १६ हजार ६३९ जना निको भएर घर फर्किसकेका छन् ।
विश्वभर महमारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानको तल्लो सदन राष्ट्रियसभाका सभामुख असद कैसरलाई पनि देखिएको छ । स्वास्थ्य परीक्षणको क्रममा उनिमा संक्रमण देखिएको हो । उनि अहिले घरमै क्वारेन्टाइनमा बसेका छन् । पकिस्तानका स्थनिय सञ्चारमाध्यमहरुले जनाएअनुसार उनका छोरा र छोरीमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ । पाकिस्तानमा अहिलेसम्म १७ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने तीन सय ९१ जनाको मृत्यु भइसकेको छ ।
विश्वका २१० मुलकमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभरका ५५ जना पत्रकारको मृत्यु भएको छ । प्रेस अभियान (पीईसी)का अनुसार महामारीको समयमा समाचार सङ्कलन गर्न जाँदा सुरक्षा सामाग्रीको अभावमा कोरोना संक्रमण देखिएका ५५ जना पत्रकार मृत्यु भएको हो । (पीईसी)ले जनाएअनुसार मार्च १ पछि मृत्यु भएका विश्वका विभिन्न २३ मुलुकका ५५ सञ्चारकर्मीमा सङ्क्रमण भेटिएको थियो । पीईसीले सञ्चारकर्मीहरुलाई काममा लगाउँदा सुरक्षा सतर्कताका न्यूनतम पोषाकको प्रबन्ध गर्न आह्वान समेत गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न उच्च पदस्त व्यक्ति हरुमा पनि देखिदै गएको छ । पछिल्लो समय रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भाइरसको संक्रमण देखिए पछि उनलाई अस्पताल भर्ना गरिएको छ । उनले भिडियो कलमार्फत राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् । पुटिनले मिसुस्टिनलाई भएको संक्रमण जो कोहीलाई पनि हुन सक्ने बताए । साथै उनको स्वास्थ्यलाभको कामना समेत गरेका छन् । प्रधमानमन्त्री मिसुस्टिनले भाइरस नियन्त्रणका लागि गरेको कामको राष्ट्रपति पुटिनले
वर्तमान समयको सर्वाधिक लोकप्रिय भिडियो शेयरिङ एप टिकटकका प्रयोगकर्ताको संख्या २ अर्ब नाघेको छ । चिनियाँ कम्पनी बाइट डान्स मातहतको यो लोकप्रिय एप गुगलको प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट गरी २ अर्ब पटक डाउनलोड भएको मोबाइल प्रविधि तथा एप्लिकेसन सम्बन्धी अनुसन्धान गर्ने कम्पनी Sensor Tower ले जनाएको छ । स्मरणहोस्: पाँच महिनाअघि मात्र टिकटकका प्रयोगकर्ता डेढ अर्ब पुगेका थिए । पछिल्लो पाँच महिनामै टिकटकले ५० करोड नयाँ प्रयोगकर्ता थप्न सफल भएको हो । सन् २०२० को पहिलो त्रैमासिकमा टिकटकले एप डाउनलोडको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ । जनवरीदेखि मार्च सम्मको अवधिमा एप स्टोर र गुगल प्लेमा
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्रलाभ भएको छ । जोनसनको श्रीमती क्यारी साइमण्डस्ले बुधबार छोरा जन्माएकी हुन । बुधबार बिहान लन्डन अस्पतालमा प्रधानमन्त्रीलाई पुत्रलाभ भएको कुराको जानकारी प्रधानमन्त्री जोनसनका प्रवक्ताले जानकारी दिएका थिए । साथै उनले आमा र शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको पनि बताए । प्रधानमन्त्री जोनसन र उनकी श्रीमतीले लन्डनको नेसनल हेल्थ सर्भिस् अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन समेत गरेका थिए । प्रधानमन्त्री जोनसन कोरोना भाइरस संक्रमित भएर अस्पतालमा उपचार गराएर फर्किएका थिए । गत सोमबारबाट मात्र उनि काममा फर्किएका थिए ।