नगरिकता नपाउँदा युवाहरु लागे भारतिर

  • चैत्र २८, २०७९
  • रबिन्द्र बराल
alt

रंगेली / बर्षौदेखि नेपालमा बसोबास गरे पनि जन्मको आधारमा पाउने जन्मसिद्ध नागरिकता नपाएपछि पूर्वी मोरङका युवाहरु रोजगारीका लागि भारत जान थालेका छन् ।
नेपाली नागरिक्ता नहुँदा उनीहरुले स्वदेशमै रोजगारी पाउनबाट बञ्चित भएका छन्। स्वदेशमै रोजगारीको अवसर नपाएपछि उनीहरु धमाधम रोजगारीका लागि भारततर्फ पलायन भएका हुन् ।

रंगेली नगरपालिका–५ आमगाछीका सुकुम्वासी टोलका युवाहरु परिवार नै लिएर जीवनयापनका लागि रोजगारका लागि भारत पलायन भएका छन् ।
उनी मात्र हैन ससुकुम्वासी टोलका ३० घर परिवारमध्ये १५ परिवार भारतको दिल्ली, पन्जाव, हरियाणा लगायतका सहरहरुमा गएर काम गर्न थालेका छन्। नेपाली नागरिकता नहुदा बैक तथा वित्तिय संस्थाहरुले ऋण समेत प्रदान नगर्ने र रोजगार दाताहरुले काम पनि नदिने भएकाले घरमा ताला लगाएर युवाहरु विदेश पलायन भएको स्थानीय विनोद मण्डलले बताए ।

रोजगारीमा गएकाहरु केहीले अभिभावकलाई घर जिम्मा लगाएका छन् भने अभिभावक नभएकाहरु घरमा तालाचाबी लगाएर छिमेकीलाई हेरचाह गर्न जिम्मा लगाएर गएको मण्डल बताउँछन्।आमा वुवाको अंगीकृत नागरिक्ता भएपनि उनीहरुको सन्तानले नेपाली नागरिक्ता पाउन सकेका छैनन्।त्यस्ता परिवारलाई नेपाली नागरिक्ता प्रदान गर्न सरकारले ल्याएको नागरिक्ता विधेयक पास हुन सकेको छैन ।

स्थानीय उर्मीलादेवी मालाकारका अनुसार दलका नेताहरुले भोट माग्दा नागरिक्ता वनाइदिने वाचा गरेको र चुनाव सकिएपछि कसैले वास्ता नगरेको बताइन् ।
नागरिक्ता नहुदा नगरपालिकाले संचालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रममा समेत युवाहरुले काम गर्न पाइरहेका छैनन । रोजगारीका लागि जहाँ गएपनि नागरिक्ता खोज्ने गरेकाले केही सिप नलागेर वृद्ध आमावुवालाई घरको हेरचाह गर्न राखेर छोरा छोरी विदेश पलायन भएको उर्मिलाले सुनाइन ।

यस्ता परिवारको समस्या समाधान गर्न सरकारले चाडै नागरिक्ता विद्येयक अघि वढाउनुपर्ने र यस्ता परिवारलाई विनाधितो तथा थोरै व्याज लिएर ऋणको व्यवस्था गर्नुपर्ने मंण्डलले बताए । कामगर्न सक्ने उमेरका युवा शक्ति विदेशिए गाउँमा युवाको खडेरी पर्न थालेको छ। कतिपय सर्वसाधारण भने वित्तिीय संस्थाबाट लिएको ऋण तिर्नकै लागि भएपनि रोजगारीका लागि भारत गएका छन् ।

स्थानीय सर्जुदेवी ऋषीदेवले केही परिवारले वित्तीय संस्थासँग ऋण लिएको र ती संस्थाले ऋण उठाउन कडाई गर्न थालेपछि युवाहरु विदेिशने क्रम वढेको समेत बताए । रोजगारी नभएपछि ऋण तिर्न समस्या भएको उनको भनाई छ ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved