घटनास्थलमा मारेको लामखुट्टेका कारण चोर पक्राउ

  • श्रावण ३, २०७९
  • कोशीपत्र/संवाददाता
alt

एजेन्सी/ चीनको एउटा अपार्टमेन्टमा केही समय अघि चोरी भएको थियो । घटनामा कसको संलग्नता थियो भन्ने बारे लामो अनुसन्धानपश्चात् पनि प्रहरीले केही थाहा पाउन सकिरहेको थिएन तर घटनास्थलमा एउटा यस्तो ‘क्लू’ भेटियो जसका कारण प्रहरी दोषीसम्म पुग्न सफल भयो ।

भारतीय टिभी सिरिज सिआइडीको कथा जस्तो देखिने यो घटना निकै रोचक छ । चिनियाँ समाचार स्रोत फज्हाउका अनुसार चीनको फुजियान प्रान्तमा अवस्थित एक अपार्टमेन्टमा चोरी गर्ने व्यक्तिलाई घटनास्थलमा मारिएको लामखुट्टेको अनुसन्धान गरेर पक्राउ गर्न सफल भएको छ । लामखुट्टे मार्दा अपार्टमेन्टको भित्तामा रगत लत्पित्तिएको थियो, त्यहि रगत परीक्षण गरेपछि प्रहरी चोरसम्म पुग्न सफल भएको हो । घटनास्थलको अनुसन्धान गर्दा प्रहरीले के पत्ता लगाए भने ती चोर अपार्टमेन्टको निकै अग्लो पर्खाल चढेर बाल्कोनी हुँदै अपार्टमेन्ट भित्र पुगेका थिए । त्यहाँ उनले रात कटाएको हुनसक्ने अनुमान प्रहरीले गरे । अपार्टमेन्टको भित्तामा लामखुट्टे मारिएको देखेपछि प्रहरीले उक्त रगतको डिएनए परीक्षण गर्ने निधो गरे ।

Capture1_lX8mTi6vnq Capture_w2PG01Xax3

ग्लोबल टाइम्सकाअनुसार अनुसन्धाताले त्यहाँको किचनमा चाउचाउ र अण्डा पकाएको देखे, दराजबाट ब्ल्याङ्केट र सिरानी निकालेर बेडमा राखिएको पनि देखे, त्यहाँ धुप पनि बालिएको थियो । यी सबै कुराले के पुष्टि गर्यो भने उक्त अपार्टमेन्टमा जोसुकै पुगे, त्यहाँ केही समय त बिताए । त्यसैले पनि मरेको लामखुट्टेबाट निस्किएको रगत अनुसन्धान गर्दा केही न केही ‘क्लू’ निस्किने प्रहरीले अनुमान गरे ।

डीएनए परीक्षणपश्चात् के थाहा भयो भने उक्त रगत ‘चाय’ थर भएका एक व्यक्तिको रहेछ । उनको आपराधिक सूची निकै लामो भएको पनि पत्ता लाग्यो । चोरी गरेको १९ दिनपछि चायलाई सोधपुछ गर्न भन्दै प्रहरीले नियन्त्रणमा लिएको । उनीमाथि अन्य तीनवटा चोरीको घटनामा पनि सोधपुछ गरिँदैछ । उनलाई हाल हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । राताेपाटी

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved