मलेसिया जाने ढोका खुल्यो

  • चैत २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाको रोकथाम र नियन्त्रणमा सुधार हुँदै गए पछि नेपाली कामदारका लागि मलेसियामा रोजगारीका लागि जान पाउने भएका छन् ।

विगत दुई वर्ष देखि कोरोनाका कारण मलेशियामा रोजगारीका लागि जान बन्द भएको थियो । काठमाडौंस्थित मलेशियाली दूतावासले सूचना जारी गर्दै कोरोनाका कारण लगाएको प्रतिबन्ध हटाएको जानकारी दिएपछि नेपाली कामदारका लागि मलेशिया खुला भएको हो ।

सिन्डिकेट प्रकरणका कारण ०७५ जेठ २ देखि नेपाली श्रमिक मलेशिया रोजगारीमा जान पाएका थिएनन् । त्यसको १० महिनापछि चैत ०७५ मा खुल्ला भएको थियो । पुनः कोरोनाका कारण बन्द भएको थियो । मलेशिया रोजगारी खुल्ला भए पनि शुल्कका विषयमा कुनै जानकारी नपाएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले मलेशिया जाने श्रमिकलाई श्रम स्वीकृति दिने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेशिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन करिब २ वर्षदेखि रोकिएकोमा प्रचलित कानुनअनुसार फेरि शुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।

नेपालीलाई शून्य लागतमा मलेशिया रोजगारीमा पठाउने सम्झौता भए पनि कार्यान्वयनमा ढिलाइ भएको मन्त्रालयको भनाइ छ । मलेशियाबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेशिया श्रम सम्झौता प्रतिकूल नहुने गरी नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय मन्त्रालयले गरेको छ । मलेशियाले विदेशी कामदार लिन शुरु गरेको र सो अनुसार मागपत्र नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएकोले श्रम स्वीकृति दिन थाल्ने निर्णय गरिएको हो ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved