विदेशिने नेपालीको संख्या बढ्दै

  • फागुन २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना महामारीको जोखिम कम हुँदै गए पछि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या बढ्दै गएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार माघ महिनामा मात्र ५४ हजार ४ सय ७० जनाले श्रम स्वीकृति लिएको देखिएको छ । जसमध्ये ५० हजार ५ सय ३० जना पुरुष रहेका छन् भने तीन हजार ९ सय ४० जना महिला रहेका छन् । गत पुस महिनामा ६६ हजार ६ सय २५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका थिए । चालू आवको साउन महिनामा २५ हजार ४ सय २८ जना, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६ सय ७१, कार्तिकमा ५४ हजार ९ सय १८ र मंसिरमा ७४ हजार ३ सय ५४ जनाले श्रम स्वीकृति लिएका थिए ।

अहिले पनि खाडी मुलुक कतार, साउदी अरेबिया र युएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत र ओमानलगायतका देशमा पनि नेपाली गइरहेका छन् । वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार ५४ हजार ४ सय ७० जना मध्ये २८ हजार ३ सय २१ जना अदक्ष जनशक्ती रहेका छन् । जसमध्ये पुरुष २६ हजार ३ सय ३७ छन् भने महिला एक हजार ९ सय ८४ जना रहेका छन् । पछिल्लो समय भिजिट भिसामा विदेश जानेको संख्या बढ्दै गएको छ ।

अध्यागमन विभागका अनुसार सन् २०२० मा ३७ हजार ६ सय ८४ जना भिजिट भिसामा विदेश गएका थिए । सन् २०२१ मा ९० हजार ८ सय ८३ जना भिजिट भिसामा विदेश गएका छन् । यस्तै सन् २०२२ मा हालसम्म १४ हजार ८ सय २४ जना भिजिट भिसामा विदेश गएका छन् ।

धरानमा दीर्घरोगी लक् ...

धरान/अव्यवस्थित जीवनशैली र असन्तुलित खानपानका कारण समाज ...

शिक्षा–स्वास्थ्य ठप् ...

काठमाडौँ/ झन्डै एक महिनादेखि शिक्षक र चिकित्सक आन् ...

धरानमा नेपालकै पहिलो ...

धरान/ धरान बक्सिङको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय ...

दुबईमा नेपाल फेस्टिब ...

दुबई/  २० अप्रिल २०२५ आइतबारका दिन दुबईको क्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved