१) रुकुम नरसंहार घटना दक्षिण अफ्रिकाको सार्पभिल्लेमा करिब सत्तरी जना कालो बर्ण संवत् नागरिक विभेद विरुद्धको आन्दोलनमा मारिएका थिए जुन दिनको सम्झनामा मार्च २१ विभेद विरुद्ध स्वतन्त्रको दिनका रूपमा मानिदै आएको छ । जसलाई नेपालमा पनि दलित समुदायले विभिन्न किसिमका कार्यक्रम गर्दै सकेसम्म यो दिनलाई आन्दोलन र उल्लासका रूपमा मनाउने गरेका छन ।सार्पभिल्लेकै प्रकृतिको घटना करिब ७० बर्ष पछी नेपालमा पनि घटेको छ । जातीय विभेदका कारण जाजरकोटबाट अन्तरजातीय विवाह गर्न गएका युवाहरूलाई रुकुम (पश्चिम) चौरजहारीमा दुलाहाको रूपमा खडा भएका नवराज वि. क. लगायत छ जनालाई पाशविक ढंगले जातीय नरसंहारकारी घटना घटाए जुन घटन
अन्तर्राष्ट्रिय स्तरको ए लेभलको कार्यक्रम धरान–१४ को विजयपुर इङ्लिस बोर्डिङ स्कुलमा सञ्चालन भइरहेको छ । विजयपुर आफैँमा यस क्षेत्रको प्रसिद्ध विद्यालय हो । विजयपुरमा यस कार्यक्रमका कोअर्डिनेटर रमेश निरौला हुन् । उनी वि.सं. २०६२ (सन् २००५) बाट नै यस क्षेत्रमा सक्रिय छन् । २०५५ सालमा प्रवेशिका (एसएलसी) परीक्षा उत्तीर्ण गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौँ गए । त्यस बेला सीमित विद्यालयहरूले यो कार्यक्रम सञ्चालन गरिरहेका थिए । त्यसै क्रममा ए लेभलका शिक्षकहरूसँग सम्पर्क भएपछि उनले यस कार्यक्रमबारे जानकारी पनि लिन थाले । तिनै शिक्षकहरूको प्रेरणाबाट उनी बिस्तारै यस क्षेत्रमा आएका हुन् । कोअर्
संगठन साझा मनोविज्ञानको आधारमा चल्छ । मतभेदको समाधान सकेसम्म सर्वसम्मत तरिकाले गरिन्छ र कसैका आग्रह वा जिद्दीका कारणले, वा आफ्नो पक्ष सही छ भन्ने लागेर अल्पमत पक्षले अडान छोड्न नचाहेमा बहुमतको विधि प्रयोग गरिन्छ । बहुसंख्यक मानिसले के सोँचेको छन्, के चाहेका छन् भन्ने कुराको बेवास्ता गर्दा संगठन चल्दैन । सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली र उहाँको नजिक रहेको, वहाँले विश्वास गरेको टीमका सबै महानुभावहरुले मेरा यी सुझाव मनमा कुनै पूर्वाग्रह नराखी खुला मनले पढिदिनुभै गम्भीरतापूर्वक लागू गरिदिनुभएमा देशले, नेकपाले र व्यक्तिगत रुपमा स्वयं सम्माननीय प्रधानमन्त्रीले सही बाटो रोजेको ठहरिने छ । सु
नेपालमा सांगठनिक रूपमा राजनीतिक आन्दोलनको सुरुवात २००३ साल देखि सुरु भएको हो । त्यो भन्दा पहिले भगत सर्बजित विश्वकर्माले केहि अगुवाहरुको भनाइमा २००० सालमा संगठन गरेका हुन भन्ने दाबी छ । धेरै जसो अगुवाहरुको भनाइ २००३ सालमा विश्वकर्मा सर्वजन संघ संगठनको नामले जातीय छुवाछूत र जात व्यवस्थाको विरुद्धका निम्ति आन्दोलनको सुरुवात गरेको पाइन्छ । यो संगठन नै उत्पीडित शिल्पी समुदायको पहिलो संगठनका रूपमा हो भने जातीय छुवाछूत विभेद र दमन अन्य अत्याचारका विरुद्वको राजनीति सांगठनिक संस्थाको रुपमा पाइन्छ । धेरै अधिकारकर्मीहरुको भनाइ छ काङ्ग्रेस २००३ सालमा नै गठन भए पनि काङ्ग्रेस पार्टी गठन हुनुभन्दा पहिला विश
चक्रघट्टी/ कोभिड १९ भाइरसले अहिले नेपाल लगायत सारा विश्वलाई आक्रान्त बनाएको छ । कोरोना संक्रमण फैलिनबाट बच्न गरिएको लकडाउनले मानिसको व्यापार, रोजगारी, शिक्षाजस्ता विभिन्न क्षेत्र लगायत दैनिक जीवनलाई नराम्रोसँग प्रभावित गरेको छ । यसबाट नागरिकले पाउनुपर्ने स्वास्थ्य सेवाजस्तो संवेदनशील विषय पनि अछुतो रहन सकेको छ्रैन । लकडाउनले पु¥याएको असर बारे बुझ्न वराहक्षेत्र नगरपालिकाको महेन्द्रनगर चक्रघट्टीस्थित स्वास्थ्य चौकी पुग्दा त्यहाँ अरु दिनको भन्दा बढी नै भीड देखिन्थ्यो । सेवाग्राहीहरु कोही लाइनमा थिए त कोही पर चौतारीमा बसेर पालो कुरिरहेका थिए । अनि, स्वास्थ्यकर्मीहरुको दौडधूप पनि त्यतिकै थियो
विराटनगर । लकडाउनमा युवाहरु के गर्दैछन् ? आम रुपमा उठ्ने यो प्रश्नको जवाफ सहज छैन । कोही घरभित्रै छन् । कोही खासै काम नभएर बसेका छन् । कलेज बन्द भएर कतिपयलाई हाइसन्चो पनि होला । लकडाउन केही खुकुलो भएको छ तर युवासंग सम्बन्धित गतिविधिहरु भने अझै सूचारु भएका छैनन् । विराटनगर–७ का युवा रिदम साह भने लकडाउनको सदुपयोग गर्दै युवाहरुलाई नै जानकारी दिन भर्चुअल माध्यमको प्रयोग गरी विभिन्न बहस चलाइरहेका छन् । उनको यो अभियान राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त भएका व्यक्तित्वहरुसंग भई रहेको छ । अनि अभियानमा जोडिएका छन् रिदम जस्तै सयौं युवा । कार्यक्रम हो ‘द युथ टक’ । रिदम वि
धरान/ धरानमा खानेपानीको समस्या सुरु भएकोे झण्डै तीन दशक भइसके पनि यो समस्या अझैं समाधान भइसकेको छैन । धरानको खानेपानीको मुख्य स्रोत सर्दू जलाधार क्षेत्रको अतिक्रमण तथा यसको र अन्य मुहानहरूको पनि संरक्षण हुन नसक्दा खानेपानीका स्रोतहरू सुक्न थालेपछि खानेपानीको अभाव झन् बढ्दै गएको हो । भएका मुहानहरू सुक्दै जाने र जनसङ्ख्याको चाप बढेर खानेपानीको माग बढ्दै जाने भएपछि समस्या थपिनु स्वाभाविक हो । समस्या चर्किंदै गएपछि यहाँ खानेपानीको वैकल्पिक उपाय खोज्न थालियो । नगरवासीको दवाब र राजनैतिकदलहरूको प्रयासबाट एकीकृत शहरी विकास आयोजना मार्फत एशियाली विकास बैङ्क (एडीबी) समस्या समाधानगर्न इच्छुक भयो । यसै य
सबै स्थानीय तहले असार १० गते सम्म नगरसभाको तयारी गरिरहेका छन् । नगरसभाबाट आगामी आर्थिक वर्षको निति तथा कार्यक्रमहरु तय गर्नेछन् । विश्वभरी नै फैलिएको कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण कतिपय स्थानीयहरुको आन्तरिक स्रोत गुमेको अवश्था छ भने कतिको उद्योग कल कारखानानै नचल्दा बेरोजगारीको संख्या पनि बढेको छ । यस्तो अवश्थामा पनि सुनसरीको बराहक्षेत्र नगरपालिकाले असार १० गते नगर सभा गर्दै आगामी वर्षको निति तथा कार्यक्रमको तयारीमा लागेको छ । यसै बिषयमा बराहक्षेत्र नगरपालिकाका प्रमुख निलक खनाल संग नगरसभाको तयारी र निति तथा कार्यक्रमहरुका विषयमा कोशीपत्रले गरेक
लामो समय देखि जनप्रतिनिधी विहिन रहेको स्थानीय तहले जनप्रतिनिधी पाएको पनि करिब ३ वर्ष पुग्नै लागेको छ । जनताले निर्वाचित गराएका जनप्रतिनिधीहरुबाट समाज, गाउँ, शहरको विकाश हुने अपेक्षा गरेका छन् । जनप्रतिनिधीहरुले पनि आफ्ना प्रतिबद्धताहरु जनता समक्ष गरेका छन् । धरान उपमहानगरपालिकामा दुइटा पार्टीले स्थानीय तहको नेतृत्व गरेको छ । करिब अढाई वर्ष नेकपाले नेतृत्व गर्यो भने गत मंसिरको उपनिर्वाचन पछि कांग्रेसले नेतृत्व गरेको छ । यस बिचमा धरानको विकाश निर्माणले कुन मोड लियो ? धरानको समसामयिक विषयवस्तुहरुमा नेकपाका धरान नगर अध्यक्ष नारायण सुवेदी सँग कोशीपत्र अनलाईनका लागि संजोगबाबु दाहालले गरेको कुराकानी
चार महिना पहिले, कोभिड १९ हजारौं माईल टाढा थियो, जुन हाम्रो आफ्नै जीवनबाट टाढा देखिन्थ्यो। तीन महिना पहिले, हामी गनगनहरू सुन्न सक्थ्यौं । तर हामीले कल्पना गर्न सक्दैन थियौं कि, यो त्यस्तो हदसम्म पुग्छ र र हामीलाई स्तब्ध पार्छ भनेर । दुई महिना अघि, सबै परिवर्तन हुन थाल्यो, र दैनिक, कोभिड १९ ले हामीबाट अधिक मानिसको ज्यान लिन थाल्यो। कोभिड १९ ले ठुलो आँधीबेहरीको रूप लियो । आँधीबेहरी हट्छ तर महामारी हट्न धेरै समय लाग्छ । कोरोना भाइरसले हामीलाई आश्चर्य चकित पार्यो । कसैले पनि भविष्यवाणी गरेका थिएनन कि यसले यति धेरै मानिसलाई मार्नेछ, देशहरुलाई लकडाउन गर्न बाध्य पार्नेछ, स्कूल, कलेज र सार्वजनिक ठाउँ