‘कृषि केन्द्रित निति तथा कार्यक्रम ल्याउनुपर्छ’

  • जेठ ३२, २०७७
  • कोशीपत्र/संवाददाता
alt

लामो समय देखि जनप्रतिनिधी विहिन रहेको स्थानीय तहले जनप्रतिनिधी पाएको पनि करिब ३ वर्ष पुग्नै लागेको छ । जनताले निर्वाचित गराएका जनप्रतिनिधीहरुबाट समाज, गाउँ, शहरको विकाश हुने अपेक्षा गरेका छन् । जनप्रतिनिधीहरुले पनि आफ्ना प्रतिबद्धताहरु जनता समक्ष गरेका छन् । धरान उपमहानगरपालिकामा दुइटा पार्टीले स्थानीय तहको नेतृत्व गरेको छ । करिब अढाई वर्ष नेकपाले नेतृत्व गर्यो भने गत मंसिरको उपनिर्वाचन पछि कांग्रेसले नेतृत्व गरेको छ । यस बिचमा धरानको विकाश निर्माणले कुन मोड लियो ?

धरानको समसामयिक विषयवस्तुहरुमा नेकपाका धरान नगर अध्यक्ष नारायण सुवेदी सँग कोशीपत्र अनलाईनका लागि संजोगबाबु दाहालले गरेको कुराकानीको सम्पादित अंश ।

स्थानीयतहमा जनप्रतिनिधी आएको करिव ३ वर्ष पुग्नलाग्यो, जनताको अपेक्षा कतिको पुरा भए ?

लामो समय देखि रिक्त रहेको स्थानीयतहको नेतृत्व चयन भएपछि जनताले अपेक्षा राख्नु स्वभाविक मान्छु । कतिपय सन्दर्भमा हाम्रा उपलब्ध साधन स्रोतहरु सिमितका कारण पनि जनताको अपेक्षा वमोजिमको कामहरु गर्न नसकेको हो तर यो होइन कि हिजोको भन्दा कम भएको छ । जनताले जुन अपेक्षा गरेका थिए विकास निमार्णका कुराहरु वास्तवमा लगभग संभव प्राय छन् । हिजो जनप्रतिनिधी नहुँदा जनताले चाहे जस्तो विकास भएन र अहिले जनताले जुन ठङगबाट अपेक्षा राखेका छन् । त्यो अब साधन स्रोतका कारण सवै कुरा हुन नसकेको यथार्थ हो । तर पनि अहिले हामी विशेष गरी प्रदेश, संघ सँग पनि सहकार्य गर्दै धेरै कुराहरु र प्रतिबद्धता जाहेर गरेका कुराहरुमा काम गर्नेमा विस्वस्त छौ ।

पहिलो २ वर्ष त तपाँइकै आबद्ध पार्टीकै नेतृत्व थियो, जनताको अपेक्षा कती पुरा भयो ?

अहिले पनि हामी ३० देखि ४० प्रतिशतको हाराहारीमा काम गरिरहेका छौं । विशेष गरि साविकका २ वटा गाविसहरु विष्णुपादुका, पाचकन्या, अति नै विकट छन् । त्याँहा विकास निर्माणका लागि भौगोलिक बनोटको कारणले पनि काम हुन सकेको छैन् । केही वडाहरु भोगौलिक दृष्टिले राम्रो भएपनि वडा नम्बर ४ र ५ को भौगोलिक विकटता त्यस्तै छ । त्यहाका जनताले धरान उपमहानगरपालिकाका बासिन्दा हुन भन्ने महशुष गर्न पाउनु पर्छ भनेर नै काम गरिरहेका छौं । बजेटको ठुलो धनराशि त्यस क्षेत्रको भौतिक पुर्वाधार विकाशका लागि खर्च भएको छ ।
धरान १५ को निराजनवस्ति देखि हर्दिया, दानावारी पत्रङवारी हुदै कन्यापोखरी सम्म अहिले कन्यापोखरी जोड्ने बाटो निमार्ण क्रममा छ । ठुलो आयोजाहरु अहिले लगभग ४२ करोडको लागतमा धमाधम भइरहेको छ । त्यस्तै खैरेनी देखि निशान डाँडा हुदै सुमनटार हुदै अहिले हामी मोरङको टाकुरे जोड्ने बाटोलाई अर्को प्राथमीकतामा राखेका छौ । त्यस्तै साविकको विष्णुपादुकातर्फ पनि मङलबारे देखी भञ्ज्याङ हुदै र साधु बजार धनकुटा सम्म संघिय सरकार मातहतमा निमार्णका कामहरु छन् । र सर्दु खोला चतरा जाने बाटोको पुल निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै धरान २० को पहिले हामी चिन्डेडाडा भन्छौ पर्यटकिय क्षेत्र पनि हो । त्याँहा जानका लागि सर्दु खोलामा पुल निमार्णको काम सुरु भइसकेको छ । त्यस्तै अहिले वसन्तटार जाने बाटो पत्रङबारी जाने मोड देखि माथि देविगाउँ सिरान सम्मको काम भइरहेको छ ।

उपनिर्वाचन पछिको धरान उपमहानगरपालिकाको नेतृत्वलाई कसरी मुल्यांकन गर्नुभएको छ ?

नयाँ नेतृत्व आएको पनि ६÷७ महिना भइसकेको छ । उहाँ सबैको मेयर हुन सक्नु भएको छैन् । सबै सँग समन्वय गरेर अघि बढ्न सक्नु भएको छैन् । त्यो उँहाको क्षमतामा भर पर्ने कुरा हो । अरुलाई बाइपास गर्न खोज्ने हो की जस्तो लाग्छ । असार १० गते नगरसभा गर्नु पर्नेमा बाध्यकारी अवस्थामा छ, तर उहाँको कुनै तयारी भएको छैन् । नगर सरकारको निति तथा कार्यक्रमको बारेमा कार्यपालिकामा छलफल भएको छैन । उपमेयरसँग समन्वय पनि हुन सकेको छैन भन्ने सुनिएको छ । भोली पनि त्यस्तै अवस्था आयो भने के हुन्छ , उपमेयरले पनि आफ्नो छुट्टै निति तथा कार्यक्रम ल्याउनुभयो भने समस्या आउन सक्छ । सबैलाई राखेर समन्वय गर्दै नेतृत्वको रुपमा स्थापित गर्नु पर्छ । म मेयर हँु सबै कुरो मैले पेलेर लान्छु भन्ने खालको कुरा गर्न पनि गारो छ । एकातिर बहुमत छ । बहुमतको परिस्थिती हो त्यसलाई समन्वय गर्नु भयो भने उहाँलाइ समर्थन गर्छन् राम्रो कामको लागि सबैले सबैलाई समर्थन गनुपर्छ । तर हैन म पेलेर लान्छु भन्ने खालको मानसिकता भयो भने काहि पनि सम्भव छैन ।

  • केहि दिन अघि नेकपाले आफ्नो छुटै विकास निर्माणका कामहरु सहित प्रदेश सरकारलाई मागपत्र बुझायो, स्थानीय सरकारले गर्नुपर्ने होइन ?

यो हाम्रो नियमित प्रक्रिया हो, बजेटको विषय बारे हामिले प्रत्येक वर्ष पेश गरेका छौ । हामिले चुनाव हा¥र्यौ त्यहि भएर विज्ञापन गर्नको लागि प्रचार प्रसार गर्नको लागि यो बुझाको भन्ने हल्ला चल्यो तर त्यस्तो होइन । हामीले वर्षेनी धरानको विकाश निर्माणका लागि योजनाहरु सरकारलाई बुझाउने गरेका छौं । हामिले एउटा जिम्मेवारीको पाटो भएकाले त्यसो गरेका हौं, नगरपालिकाले नै पनि आफ्नो योजनाहरुलाई प्राथमिकतामा लानु हुन्छ । यस अघि हाम्रै नेतृत्वमा रहेकाले त्यती चर्चा आएन अहिले अर्को पार्टीको नेतृत्व भएकाले चर्चा चल्यो ।

  • के के ल्याउन सफल हुनु भयो ?

धेरै योजनाहरु कटौति गरेर कोभिढ १९ का विरुद्ध चै व्यापक कार्यक्रमहरु बनेका छन् । स्वास्थ्य र कृषिमा धेरै लगानि गरिरहेको छ । माग गरिएका सबै कार्यक्रमहरु पर्न सकेनन् । पुराना योजनाहरुलाई निरन्तरता दिदै नयाँ ६÷७ वटा योजना आएका छन् । जस्तो राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयसँग धरानकै वसपार्कको लागि संघ प्रदेश र स्थानिय तहको सहायताले वजेट छुटयाएको छ । त्यसमा पनि २५ करोड रुपैया अर्थ मन्त्रालयसँग माग गरेर पठाएको छ । त्यस मध्ये ५ करोड जति छुटिसकेको छ । प्रदेश सरकारले एयरपोर्टको विषयमा नि चासो राखेको छ । प्रदेश सरकारले आफ्नै पहलमा एयरपोर्ट निर्माण गर्ने भनेर भनेको छ ।

  • असार १० गते नगर सभा गर्नु पर्ने छ, तयारी भइरहेको छैन्, के मेयर र उपमेयर विचको तालमेल मिल्न नसक्दा हो ?

मेयरको आफ्नै कार्य व्यस्तता पनि हुन सक्छ । किनभने अहिले चौतर्फि रुपमा क्वारेन्टाइनको व्यवस्थापन, राहत वितरणको कुराहरुमा व्यस्त हुनुहुन्छ । जति व्यस्तता भएपनि सम्पन्न गर्नुपर्ने कामको लागि चै अलिकति समय दिनुपर्छ वहाँले । छलफल गरेर जानु प¥यो । मेयर भनेको त नगरपिता गार्जन हो । गार्जनले त सबै छोराछोरी जति छन् सबैलाई समेटेर सबैको चित्त बुझाउन प्रयास गर्नु पर्यो शत प्रतिशत नहुन सक्छ । तर ७५ प्रतिशत त गर्नपर्यो नि ।

अहिले नेकपाबाटै प्रदेश सांसद, संघिय सांसद हुनुहुन्छ, उहाँहरुले निर्वाचन क्षेत्र विकाशको बजेटबाट कस्तो काम गर्नुभएको छ ?
७२ सालको भुकम्पका कारण जिर्ण रहेको धेरै विद्यालय पुननिर्माण हुन सकेका थिएनन् । हामीले त्यसमा ४० लाख रुपैया विनियोजन गरेका थियौ । थप ५० लाख विद्यालय वरिपरीको बाटो निर्माणका लागि बजेट विनियोजन गरेका छौं । खैरेनि देखि सिमलटार मङलटार सम्म ड्रेन सहित सडक निर्माण गर्ने काम भएको छ । बाँकि रहेका कामहरु यस वर्ष संचालन हुन्छन् । माननीय जय कुमार राइले समेत पहल गरिरनु भएको छ । धरानलाई विकसीत गर्ने भनेको एउटा पर्यटन र व्यापार हो । यसलाई बढाउन विकल्पको खोजि गर्ने क्रममा धरान १९ हरियालि देखि बक्लौरी जोड्ने बाटोलाई हामीले आवतजात गर्न सकिने र धरान १७ को सर्दु पारि देखि नडाहा सम्मको बाटोलाई जोडका छौं । यस वर्ष त्यसलाई पिचिङ गर्नु पर्छ भनेर हामिले प्रस्ताव गरेका छौ । एक अर्का बिचको कनेक्टिभिटिलाई अलि बढी जोड दिएका छौं ।

  • असार १० गतेको नगरसभाको लागि नेकपाको तयारी कस्तो छ ?

राजनितिक दलले सहयोग गरेर जाने हो र त्यो सहयोगको वातावरण निर्माण गर्ने काम नेतृत्वले गर्ने हो । आफ्नो आयोजना योजनाहरु के के छन् । तिनिहरुलाई कसरी कार्यन्वयन गर्ने भनेर हामिले प्रत्यक्ष रुपमा सहभागि हुन सक्दैनौ । हाम्रा जनप्रतिनिहरु माझ नै पेश गर्न लाग्या छौ । हिजो हामीले गरेका घोषणापत्र प्रतिबद्धताहरु त्यसलाई पुरा गर्नको लागि स्थानिय सरकार मार्फत के कति गर्न सकिन्छ, त्यो गर्ने हो । तर सबै कुरा स्थानिय सरकारबाट गर्न सम्भव छैन । यो वर्षको वजेटको राजश्व घटेको हुनाले संघ र प्रदेश सँग सहकार्य गर्दै जानुपर्छ ।

  • यो अवश्थामा धरानलाई माथि उठाउन कस्तो निति तथा कार्यक्रम आउनुपर्छ ?

साविकका विष्णुपादुका, पाँचकन्या र धरानका १७ नं वडाका अहिले पनि कृषि क्षेत्र रहेकाले ति वडाहरुमा बढि भन्दा बढि कृषिको लागि प्रोत्साहन गर्नुपर्छ । अहिले विदेशबाट रोजगार विहिन भएर फर्किनेको संख्या धेरै छ । वहाहरु फर्के पछि हामीले कहा के काम लगाउने त हामीसँग उद्योग धन्दा पनि पर्याप्त मात्रामा छैनन् । सरकारले दिने अवस्थै छैन । उहाँहरुलाई चै कृषि पेशामा लाउन सक्यो भने हामीले त्यहा बाट बढि उत्पादन गर्न सक्छौ । कृृषिमा राम्रो उत्पादन गर्न सक्यो भने त्यसले नगरको आयमा मत्वपुर्ण भुमीका निर्वाह गर्छ । नगरपालिकाले के निर्णय गर्न जरुरी छ भने हाम्रा करका दायराहरु बढाउनु पर्छ । करको दायरा भित्र जोडिनु पर्छ । विकास निर्माण पनि आवश्यक छ तर विकास निर्माण गर्नको लागि त स्रोत साधन पनि चाहियो नि । स्रोतहरु खाज्नु पर्यो करको दायरामा नआएका स्रोतहरुलाई करको दायरामा ल्याउन सक्नु पर्यो । अहिले कोरोनाको कारण करको आय घट्ने खालको छ । त्यसैले करको दायरा बढाएर आन्तरिक स्रोत बढाउनु पर्ने निति तथा कार्यक्रमहरु आउनुपर्छ ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved