चार महिना पहिले, कोभिड १९ हजारौं माईल टाढा थियो, जुन हाम्रो आफ्नै जीवनबाट टाढा देखिन्थ्यो। तीन महिना पहिले, हामी गनगनहरू सुन्न सक्थ्यौं । तर हामीले कल्पना गर्न सक्दैन थियौं कि, यो त्यस्तो हदसम्म पुग्छ र र हामीलाई स्तब्ध पार्छ भनेर ।
दुई महिना अघि, सबै परिवर्तन हुन थाल्यो, र दैनिक, कोभिड १९ ले हामीबाट अधिक मानिसको ज्यान लिन थाल्यो। कोभिड १९ ले ठुलो आँधीबेहरीको रूप लियो । आँधीबेहरी हट्छ तर महामारी हट्न धेरै समय लाग्छ । कोरोना भाइरसले हामीलाई आश्चर्य चकित पार्यो । कसैले पनि भविष्यवाणी गरेका थिएनन कि यसले यति धेरै मानिसलाई मार्नेछ, देशहरुलाई लकडाउन गर्न बाध्य पार्नेछ, स्कूल, कलेज र सार्वजनिक ठाउँ बन्द गर्नेछ र हाम्रो जीवनलाई रोक्नेछ। यो भाइरस सम्पूर्ण विश्वमा जङ्गलमा आगो फैलेझैं फैलियो। अहिले कोरोनाको संक्रमणदर बढ्दो छ । यस्तो बेलामा डाक्डर तथा विश्व स्वास्थ्य संगठनको आग्रहमा विश्वका धेरै देशहरु लकडाउनमा छन् । धेरै मानिस क्वारेनटाइनमा छ । आज म यहाँहरुलाई क्वारेनटाईन भनेको के हो भनेर जानकारी दिने प्रयासमा छु ।
क्वारेनटाइन
‘क्वारेन्टाइन’ भन्ने शब्द इटालियन शब्द क्वारेन्टा बाट आएको हो, जसको अर्थ चालीस दिनु हुन्छ । कोरोनटाइनको समयमा भाइरसको सम्पर्कमा रहेको वा भए पनि जो कोहीबाट अलग गर्न या रोक्नु हो। क्वारेन्टाइनमा रहनु भनेको यसको मतलब यो हो कि लक्षणहरू विकास भएको खण्डमा तपाईले निगरानी गर्न सक्नुहुन्छ र यदि यो बाहिर निस्कियो भने तपाई भाइरस अरूमा फैलाउँनुहुन्न किनकि तपाई र भाइरस तपाईको घरमा रहनेछ । यस्तो देखिन्छ कि इतिहासले सन् १७२०, १८२० र १९२० मा जस्तै प्रत्येक १०० बर्षमा दोहोर्याउदछ जहाँ क्रमशः प्लेगु,हैजा र स्पेनिश फ्लूका कारण धेर
ै मानिसहरूले आफ्नो ज्यान गुमाएका थिए। खैर, कसैलाई थाहा छैन कहिले यो भाइरस जान्छ। हामी डराएका छौं। हामी बोर छौं। हामी एक्लो छौं म भन्छु, तपाईंको कष्ट खेर फाल्नुहुन्नू र म तपाईलाई अलग्गै नहुने सबैसँग बिन्ती गर्दछु। म सबैलाई अनुरोध गर्दछु कि यो दिनहरुलाइ उप्लब्धीमुलक बनाउनुहोस। कोही पनि सिद्ध छैनन र सबैलाई सबै आइडिया हुन्न। टेक्नोलोजीको यस युगमा, कुनै पनि कुरा गर्न सकिन्छ। हामी नयाँ चीजहरू प्रयास गर्न सक्दछौं र आफैमा खुशी पार्न सक्छौं। तपाइँ सुरू गर्न महान हुनुपर्दैन, तर तपाइँ महान हुनु सुरु गर्नु पर्छ।
कोभिड १९ बिरूद्ध यो युद्ध छिट्टै समाप्त हुँदैन, अर्को महिना वा अर्को महिना पछि पनि होईन। हुनसक्छ हामीसँग खोप नभएसम्म यस महामारीको सम्बन्धमा सबैको आ–आफ्नै दर्शन हुन्छ। प्रकृतिको वर्तमान दृश्यमा हेर्दा मलाई लाग्छ भाइरस वास्तवमा एक चुनौत हो। टेक्नोलोजी र पूर्वाधारको तिब्र बृद्धिका कारण हामी केवल विकास सोच्छौं र प्रकृतिलाई बिर्सदै गईरहेका हुन्छौं ।
जब विश्व कुनैपनि विपत्तिमा पर्छ त्यस बेला ठूला कारखानाहरू र उद्योगहरू बन्द गरिएका हुन्छन् । प्रकृति एकदम अचम्म तरिकाले परिबर्तन भएको हुन्छ । हामी प्रायः यो मौसममा भारी हावाको चाप, तातो मौसम, तथा भुकम्पको सामना गर्दै आएका थियौं । तर यस पटक, प्रदूषण हटेको छ, सन्तुलन पुनस्र्थापित भइरहेको छ र हामीले प्रकृतिलाई मंत्रमुग्ध र रमणीय सुन्दरतामा देखीरहेका छौं,वर्षा पूर्वानुमानमा फर्किएको छ र हरेक दिन हामि सबैतिर हरियाली देखिरहेकाछौं ।
आज हामी प्रकृतिको असली सुन्दरतालाई निहाल्न सफल भएका छौ । पहिले प्रकृतीको सुन्दरता खोज्न हामी हिड्ने गरेका थियौ,अहिले प्रकृती आफ्नो सुन्दरता देखाउन हामी सम्म आएको छ । हामीले यो प्रकोपको बेला लिने सकारात्मक सन्देश यो पनि हो ।आज हामी यो अवसरमा विश्वका प्रसिद्ध र सुन्दर स्थानहरूमा हामी भर्चुअल भ्रमण गर्न गरिरहेका छौ ।
म यो संकटमा गरिएको लकडाउन र हामी सबैले प्रयोग गरिरहेको क्वारेनटाइनबाट सकारात्मक सोच्ना लागि उत्प्रेरित गरिरहेको छु । यसको अर्थ यो पनी हैन की यस्तो परिस्थीमा विहान बेलुका आफ्नो पेट भर्न समस्यामा परेका मजदुर र दुखिहरुप्रति बेखबर छु । सबैलाई फरक फरक तरिकाबाट लकडाउनले सताएको छ । तर मजदुरी गर्ने र निम्न आयस्तर भएका ब्यक्तिहरुको समस्या तुलानात्मक रुपमा ठुलो छ । यो परिस्थितीलाई बुझेर नै सरकार तथा निजी क्षेत्रले राहतका कार्यक्रम ल्याएका छन् । म त्यस्ता म ती संगठन तथा सामाजिक भावनाले उनीहरुको सेवामा खटिने महान ब्यक्तित्वहरूलाई अभिवादन गर्न चाहन्छु ।जसले यस्तो कठिन परिस्थितिमा सावधानी अपनाएर समस्यामा परेकाहरूलाई मद्दत गर्न दिन रात नभनि काम गरिरहेका छन । साथै म हाम्रो समाजका ती सबै वास्तविक नायकहरुलाई अभिवादन गर्न चाहन्छु जस्तो कि डाक्टर, नर्स, प्रहरी,पत्रकार तथा सामाजिक अभियान्ताहरु जसले यस्तो माहामारिमा आफ्नो स्वास्थको ख्याल गर्दै बिरामीको उपचारको लागि महान काम गर्दैआएका छन ।
जीवन अफैमा रहस्य हो। हामीलाई थाहा छैन कि समयले हामीलाई के सिकाउँछ। अहिले, सडकहरू खाली छन तर लामो ड्राइभमा जान असम्भव छ। मानिससँग सफा हात छा तर हात मिलाउन प्रतिबन्ध छ। साथीहरूसँग सँगै बस्ने समय छ तर तिनीहरू सँगै बस्न सक्दैनन, तपाईं भित्रको कुक जागेको छ तर तपाईं कसैलाई खाजा वा बेलुकाको लागि कल गर्न सक्नुहुन्न। जोसँग पैसा छ यसको खर्च गर्न कुनै तरिका छैन। जोसँग पैसा छैन तिनीहरूसँग यो कमाउनको लागि कुनै मार्ग छैन। यस्ता कुराले हाम्रो जिबनको मर्मलाई पनि बुझाउछ ।परोपकारी कार्य र सेवाको भावना जागृत गर्न नै जिवनको सुरुवात हो जस्तो भावनात्मक कुराहरु मलाई मात्र हैन सबैलाई उठेकै छन् । क्वारेनटाईन बस्ता यस्ता कुराहरु उठ्नुलाई हामीले महत्वपुर्ण सम्झानाको रुपमा लिन सक्छौ ।
हाम्रो आफ्नै व्यस्त तालिकाको कारण हामी सबै ठूलो छुट्टी चाहने गर्दथियौं र यो त्यो चाहेको छुट्टी भन्दा पनि बढी हो। स्वस्थ बानीहरू, र आत्म–सुधारको लागि समय दिदा लाभदायक हुनेछ। त्यसैले शान्त रहनुहोस र आफ्नो नित्य कार्यलाई जारी राख्नु होस् महामारीबाट हामीले भावि दिनका लागि राम्रा कुराहरुको विकास गरौ जुन जुगजुग सम्म स्मरणीय रहुन । थोरै मात्रपनि आफुलाई परिबर्तन गर्नुहोस् तपाईमा विश्वाज गाग्ने छ,आत्माविश्वास बढ्ने छ,नयाँ योजनाहरु बन्नेछन्,सामाप्यिता बढ्ने छ,प्रविधिको सहयोगमा भर्चुवल प्रशिक्षणमा सक्रिय हुने सकिने छ । क्वारेनटाईनको अबधि हामी सबैको लागि अवसर पनि हुने छ ।
यो सम्पूर्ण संसारको लागि गाह्रो समय हो, तर अब हामीसँग एक अर्कामा ध्यान केन्द्रित गर्ने र सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरूसँग अनमोल समय बिताउने सुनौलो अवसर छ। यद्यपि यो ठूलो आँधीबेहरी जस्तो देखिन्छ तर हामी बलियो हुनुपर्छ हामीलाई यस मार्फत बहादुरी गरौं। आफैंको हेरचाह, अभ्यास गरौं, आफैंमा काम गरौं, आफूलाई प्रेम गरौं, वरपर दया छिचोलौ एक अर्काको लागि सहयोग गरा । हरेक दिनलाई सृजनात्मक बनाउनु होस्,जसले तपाईका लागि सुन्दर इतिहास लेखोस्,।
लेखक सामाजिक अभियान्ता हुनुहुन्छ।