रिदमको लकडाउन अभियान भर्चुअल माध्यमबाट विज्ञका अनुभव र भोगाई युवामाझ पुर्याउँदै

  • असार ७, २०७७
  • रोहित कुमार लुइटेल
alt

विराटनगर । लकडाउनमा युवाहरु के गर्दैछन् ? आम रुपमा उठ्ने यो प्रश्नको जवाफ सहज छैन । कोही घरभित्रै छन् । कोही खासै काम नभएर बसेका छन् । कलेज बन्द भएर कतिपयलाई हाइसन्चो पनि होला । लकडाउन केही खुकुलो भएको छ तर युवासंग सम्बन्धित गतिविधिहरु भने अझै सूचारु भएका छैनन् ।

विराटनगर–७ का युवा रिदम साह भने लकडाउनको सदुपयोग गर्दै युवाहरुलाई नै जानकारी दिन भर्चुअल माध्यमको प्रयोग गरी विभिन्न बहस चलाइरहेका छन् । उनको यो अभियान राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त भएका व्यक्तित्वहरुसंग भई रहेको छ । अनि अभियानमा जोडिएका छन् रिदम जस्तै सयौं युवा । कार्यक्रम हो ‘द युथ टक’ । रिदम विज्ञान विषय लिएर कक्षा १२ मा अध्ययनरत छन् ।
रिदम भन्छन्,“आफ्नै सोच र पहलमा युवा समूह बनाएर फुर्सदको यो समयमा केही रचनात्मक गतिविधि गरौं भन्ने लागेको हो ।” रिदमले विषयगत रुपमा विज्ञ र जानकारहरुसंग झुम एपमार्फत ‘द युथ टक’ संचालन गर्छन । जुन उनकै युट्युब च्यानल र फेसबुकमा लाइभ आउँछ ।

रिदमको भनाइ छ अहिले नेपालमा युवा जनशक्ति उमेरगत हिसाबले पनि धेरै छन् । तर, यसको सही सदुपयोग न देशले गर्न सकेको छ नत युवा आफैंले आफैंलाई धेरैं ढंगले सही रुपमा आफूलाई परिचालन गर्न सकेका छन् । “अहिलेसम्म युथ टकको ९ वटा एपिसोड गरिसेको छु,” रिदमले भने,“यसमा वरिष्ठ पत्रकार युवराज घिमिरे, अविन श्रेष्ठ, बसन्त अधिकारी, गोकर्ण अवस्थी, डिला खरेललगायत सहभागी हुनु भयो । उहाँहरुलाई युवाले सिधा जिज्ञासा राख्न सके । धेरै ज्ञान पनि प्राप्त भयो ।” विज्ञहरुसंग कमेन्ट बक्समा राखिने प्रश्नको जवाफ लाइभ नै प्राप्त हुने भएकोले यो प्रभावकारी भएको उनले बताए ।

रिदमले लकडाउन अघि युवा लक्षित मोटिभेस्नल कक्षाहरु पनि संचालन गर्ने गरेका थिए । खासगरी प्रविधिसंग युवाहरु जोडिनु पर्ने विषय उनले कक्षाहरु संचालन गर्दथे ।
विज्ञहरुको संगको भर्चुअल कक्षाको माध्यमबाट युवालाई भविष्यको बाटो तय गर्न प्रेरणा लिन मद्धत मिलेको छ । रिदम भन्छन्,“आर्ट र पेन्टिङको विषय पनि युवालाई जानकारी गराउने गरेको छु ।” कोरोनाको कहरका बेला इन्टरनेटलाई अधिक से अधिक प्रयोग गरेर युवाले आफूलाई चाहिने धेरै जानकारी र ज्ञान लिन सक्ने सुनाए ।

खासगमा विज्ञले जीवन भोगाइका क्रममा प्राप्त गरेको अनुभवलाई युवामाझ आदान प्रदान गर्ने जमर्कोको रुपमा लिइएको रिदमको अभियान युवामाझ निकै लोकप्रियसमेत बन्न पुगेको छ । भन्छन्,“अधिक से अधिक युवाको सहभागिताले गर्दा अनुभव सुन्न अनि जीवनलाई संघर्षको रुपमा बुझ्न पनि मद्धत मिलेको छ ।” रिदमले एसएलसी लगत्तै दश जोड दुईपछि नै आफूलाई युवामाझ सक्रिय गराएका हुन ।

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved