खुशी ल्याउँदै गर्दा अल्मलिएको धरानको खानेपानी

  • असार ७, २०७७
  • सन्जोग बाबु दाहाल
alt

धरान/ धरानमा खानेपानीको समस्या सुरु भएकोे झण्डै तीन दशक भइसके पनि यो समस्या अझैं समाधान भइसकेको छैन । धरानको खानेपानीको मुख्य स्रोत सर्दू जलाधार क्षेत्रको अतिक्रमण तथा यसको र अन्य मुहानहरूको पनि संरक्षण हुन नसक्दा खानेपानीका स्रोतहरू सुक्न थालेपछि खानेपानीको अभाव झन् बढ्दै गएको हो । भएका मुहानहरू सुक्दै जाने र जनसङ्ख्याको चाप बढेर खानेपानीको माग बढ्दै जाने भएपछि समस्या थपिनु स्वाभाविक हो ।

समस्या चर्किंदै गएपछि यहाँ खानेपानीको वैकल्पिक उपाय खोज्न थालियो । नगरवासीको दवाब र राजनैतिकदलहरूको प्रयासबाट एकीकृत शहरी विकास आयोजना मार्फत एशियाली विकास बैङ्क (एडीबी) समस्या समाधानगर्न इच्छुक भयो । यसै योजना अन्तर्गत अहिले यहाँ खानेपानी आयोजना सञ्चालन भइरहेको छ । नगर क्षेत्रमा पहिलेदेखि खानेपानी वितरण गरिरहेको नेपाल खानेपानी संस्थानको दायित्व उपमहानगर अन्तर्गत रहेको धरान खानेपानी बोर्डमा हस्तान्तरण हुने प्रक्रिया मापुगेको छ । यो प्रक्रिया पूरा भएपछि यहाँको खानेपानी समस्या समाधानहुने आयोजना प्रमुख इन्जिनियर राजु पोखरेल बताउँछन् ।

प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि आयोजनाले बोर्ड मार्फत खानेपानीवितरण गर्ने जनाएको छ तर यो प्रक्रियाकहिले पूरा होला ? यसै भन्न सकिने अवस्थाभने छैन । निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजनाले नगरवासीलाई कहिले पानी खुवाउला भन्ने प्रश्नको भरपर्दो जवाफकतैबाट आएको छैन । आयोजनाको डीपीआर सन् २०१२ मा तयार भए पनि निर्माणको काम सन् २०१५ मा मात्रै सुरु भएको हो । आयोजनाको काम चलिरहँदा‘इन्टरकनेक्सन’को काम भइरहेको बेला मुद्दा समेत परेकाले आयोजना समयमा सम्पन्न हुन नसकेर दुईपटकसम्म म्याद थप गर्नुपरेको आयोजना प्रमुख पोखरेल बताउँछन् ।

सन् २०१७ डिसेम्बर ३१ मा सम्पन्नहुनुपर्ने आयोजना राजनैतिक तथा प्राविधिक समस्याका कारण अहिले अन्तिम चरणमा सञ्चालन भइरहेको छ । आयोजनाका विषयमा विरोधका स्वरहरू पनि सुनिने गरेका छन् तर जायज असन्तुष्टिहरूलाई सम्बोधन गरेर नगरवासीलाई खानेपानीवितरण गर्ने लक्ष्य उपमहानगरपालिकाले लिएको नगर प्रमुखतिलक राई बताउँछन् ।
धरानमाखानेपानीको अवस्था

२०३० सालबाट यहाँ खानेपानी वितरण गरिरहेको खानेपानी संस्थानका अनुसार यहाँ दैनिक २ करोड लिटर पानीको आवश्यकता छ तर संस्थानले अहिले सुख्खा याममा जसोतसो १ करोड लिटर पानी वितरण गर्दैछ । बर्खा याममा भने पर्याप्त पानी भएपनि संरचना पुरानो भए काकारण खोलाको पानी पनि मिसिएर वितरण हुने गरेको छ । संस्थानसँग पानी सञ्चयगर्ने आधुनिक ट्याङ्की पनि छैन । बजेट अभावका कारण स्रोतको संरक्षण गर्न नसकेको संस्थानले बताउने गरेको छ । संस्थानका धरान शाखा अधिकृत दिनेश चिमरिया संस्थानपानी खुवाउन सक्षम भएको तर आर्थिक अभावले गर्दा मागअनुसार पानी आपूर्ति गर्न नसकेको बताउँछन् । ‘हामीले प्रस्ताव गरेभन्दा धेरै महङ्गोमा आयोजना सञ्चालन भएको छ’,उनले भने,‘तर हामीले दिए भन्दा राम्रो सुविधा धरानवासीले पाउनेछन् भन्ने विश्वास व्यक्तगर्न सक्ने आधारको अभाव देखिएको छ ।’
आयोजनाले भने आयोजना सम्पन्न भएपछि भूमिगत स्रोतबाट दैनिक१ करोड ५२ लाख २० हजार लिटर खानेपानी वितरण गर्ने बताउने गरेको छ । भूमिगत स्रोत बाहेक सर्दू, खर्दू र तामाखाम स्रोतको पानी थप गर्दा १८ घण्टासम्म पर्याप्त पानी वितरण गर्न सकिने प्रतिबद्धता आयोजनाको थियो । ‘हामी सोही अनुसारको तयारीमा छौँ’,आयोजना प्रमुख पोखरेलले भने,‘हामीले धरानको चारकोशे जङ्गल क्षेत्रमा पम्पहरू थप गरेका छौँ,अबकामलगभग सकिएको छ ।’ अबखोनपानी संस्थानलाई बोर्डमाल्याएर बोर्ड मार्फत पानी वितरण गरिने उनले जनाए । अहिले पनि धरानका विभिन्न वडामा बोर्ड मार्फत नै खानेपानी वितरण भइरहेको उनको भनाइ छ । उपमहानगरले आयोजनाको पानी ११ र १७नम्बर वडामा दुई वर्ष अघिदेखिनै वितरण गरिरहेको छ । धरान–१५का केही भागमा पनि आयोजनाकै पानी वितरण भइरहेको छ ।
आयोजनाको प्रगति

आयोजना प्रमुख इन्जिनियर पोखरेलका अनुसार अहिले खानेपानी आयोजनाको काम लगभग सकिएको छ । केही स्थानमा देखिएका प्राविधिक कठिनाइ पत्तालगाएर समाधान गर्ने र ‘पुलफेज’मा पानी वितरण गर्ने अवस्थामा रहेको उनले जनाए । ‘केही राजनैतिक तथा प्रशासनिक समस्याहरू छन्, तीपनिक्रमशः समाधान हँुदै गएका छन् ।’ पोखरेलले थपे । आयोजनाले धरान वासीलाई सन् २०३१ सम्म न्यूनतम् १६ देखि २४सैं घण्टा ७ मिटरको प्रेसरमा डब्लूएचओ (विश्व स्वास्थ्य सङ्गठन) ले निर्धारण गरेको मापदण्डको शुद्ध खानेपानीउपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सोहीअनुसार प्रगति पनि भएको आयोजना प्रमुख पोखरेलले बताए । आयोजनाका तर्फ बाट धरानमा लगभग ४०० किलोमिटर पाइप बिच्छ्याइएको उनले जनाए । बोर्ड अन्तर्गत धरानमा हालसम्म १२ हजार धारा जडान भइसकेका छन् । आयोजना प्रमुख पोखरेलका अनुसार आयोजना निर्माणको काम समपन्न भइसके पनि व्यवस्थापनमा समस्या भएकाले पानी वितरणमा ढिलाइ भएको हो । नगरपालिकाले संस्थानलाई बोर्डमा ल्याउनअध्ययन सुरु गरिसकोले चाँडैनै त्यो प्रक्रिया पूरा गरीबोर्ड मार्फत  पानी वितरण हुने उनले बताए ।
कुललागत र अनुगमन

यो आयोजनाका लागि एकीकृत शहरी विकास कार्यक्रम अन्तर्गत एडीबीको ३५ प्रतिशत ऋण तथा २६ प्रतिशत अनुदान, नेपाल सरकारको २४ प्रतिशत अनुदान र धरानउपमहानगरको १५ प्रतिशत गरी २२ दशमलवशून्य७मिलियन अमेरिकी डलर अर्थात् करीब २ अर्ब १६ करोड रुपैयाँ लगानी भएको छ ।
आयोजनाको प्रारम्भदेखिनै अनुगमनकालागि छुट्टै संयन्त्र बनाइएको थियो । स्थानीय निकायमा जनप्रतिनिधिनहँुदा गठित दलीय संयन्त्रको निर्णयबाट खानेपानी आयोजना स्वीकृत भएको हो ।नागरिक स्तरबाटै सर्वदलीयतथा सर्वपक्षीयअनुगमन समितिनिर्माण गर्नुपर्ने आवाज उठेपछि नेपाली काङ्ग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङको संयोजकत्वमा धरान खानेपानी आयोजना अनुगमन समिति गठन गरिएको थियो ।
आयोजनाले सर्वदलीयतथा सर्वपक्षीय खानेपानी संयुक्त सङ्घर्ष समितिसँग गरेको ११ बँुुुदे सहमतिको पालना नगरेको र डीपीआरमा उल्लेख भए बमोजिमको पानीवितरण नगरिएको भन्दै अनुगमन समितिका संयोजक तामाङले आयोजना असफल भएको दावी गरेका छन् । आफु अनुगमन समितिका संयोजक भएपनि आफुलाई आयोजनाबारे जानकारी नै नदिइने गरेको उनको भनाइ छ । उनले मङ्सिर १४ गते उपनिर्वाचन हुने बेलामा कार्यवाहक मेयरले मङ्सिर ८ गते ठेक्का स्वीकृत गरेको र मेयर निर्वाचितभएर आएपछि पनि आयोजना सम्पन्नभएको जानकारी मेयरलाई नदिइएको तामाङको आरोप छ ।
‘यस्तो असफलआयोजना सम्पन्नगर्ने कोको हुन् ? आयोजना प्रमुखर ठेकेदार कोको हुन् ? यिनीहरूलाई कारवाही हुनुपर्छ ।’ उनले थपे । यस्तो असफल आयोजना नगरपालिकालाई जिम्मालगाउन मेयर माथि दवाब सिर्जनागरिएको आरोप उनले लगाए । उनकाअनुसार खानेपानी आयोजना बारे नेपाली काङ्ग्रेसको पहिले जुन अडान थियो, आज पनित्यही छ । यस्तो असफल आयोजना नगरपालिकाले जिम्मालिनु नहुने बताउँदै तामाङले आयोजना पूर्ण रूपमा सफलभएर डीपीआरअनुसार काम भएमात्र नगरपालिकाले जिम्मालिनुपर्ने काङ्ग्रेसको माग भएको जनाए। ‘यस विपरीत बोल्छन्भने त्यो काङ्ग्रेको नभई मेयर एक्लैको धारणाहो ।’ उनले थपे ।

मेयर राईले भने संस्थानलाई चाँडैनै बोर्ड अन्तर्गत ल्याएर पानी वितरण गर्ने तयारीमा उपहानगरपालिका रहेको बताउने गरेका छन् । ‘यो आयोजना असफलभयो भनेर कसैले प्रमाणित गरेको छैन’,उनले भने, ‘त्यसैले धराने जनतालाई पानी खुवाउने दायित्व मेरो हो, मेरो ध्यान त्यसतर्फ केन्द्रित भएको छ ।’पहिले गरिएका गल्तीहरूको जवाफदेहिता सम्बन्धित व्यक्तिहरूले नै लिनु पर्ने उनको भनाइछ । ‘कुनै साथीहरूले मेयरलाई प्रेसर दिइयो भन्नुहुन्छ भने त्यो उहाँहरूकै भनाइ हो, मेरो हैन’,मेयर राईले थपे, ‘म मेरो दायित्व पूरा गर्न तयार गर्छु ।’

 

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved