‘अबको निति तथा कार्यक्रम स्वास्थ्य, कृषि, शिक्षा र रोजगारीमै केन्द्रित हुन्छ ’

  • असार ६, २०७७
  • कोशीपत्र/संवाददाता
alt

 सबै स्थानीय तहले असार १० गते सम्म नगरसभाको तयारी गरिरहेका छन् । नगरसभाबाट आगामी आर्थिक वर्षको निति तथा कार्यक्रमहरु तय गर्नेछन् । विश्वभरी नै फैलिएको कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण कतिपय स्थानीयहरुको आन्तरिक स्रोत गुमेको अवश्था छ भने कतिको उद्योग कल कारखानानै नचल्दा बेरोजगारीको संख्या पनि बढेको छ । यस्तो अवश्थामा पनि सुनसरीको बराहक्षेत्र नगरपालिकाले असार १० गते नगर सभा गर्दै आगामी वर्षको निति तथा कार्यक्रमको तयारीमा लागेको छ । यसै बिषयमा बराहक्षेत्र नगरपालिकाका प्रमुख निलक खनाल संग नगरसभाको तयारी र निति तथा कार्यक्रमहरुका विषयमा कोशीपत्रले गरेको कुराकानीको सम्पादित अंश ।

१. नगरसभाको तयारी कस्तो भइरहेको छ ?

अहिले हामि निति तथा कार्यक्रम कस्तो ल्याउने भनेर व्यापक छलफलमा छौ । समाजका हरेक समुदाय सँग हामी गइरहेका छौ । समाजको विभिन्न वर्ग तह तप्काहरुसँग हामी छलफलमा व्यस्त छौ । वराहक्षेत्र नगरपालिकालाई आयआर्जन, उत्पादनमुलक, रोजगारीमुलक बजेट ल्याउनु पर्छ भन्नेमा हामी लागेका छौ । त्यसै गरी हामी सँग भौतिक पुर्वाधारका अपुर्ण रहेका चिजहरुलाई कसरी पुर्णता दिन सकिन्छ , आफ्नो साधन स्रोत भित्र टेकेर कसरी अगााडि बढ्ने भनेर सरोकारवालाहरु सँग हामी शिलशिलाबद्ध छलफलमा छौं ।

२.लकडाउनको कारण नगरको आन्तरिक स्रोतलाई प्रभाव रेको छ, यस्तो अवश्थामा निति तथा कार्यक्रम कस्तो बन्छ ?

अब अहिले लकडाउनले एउटा हाम्रो मात्रै र हामिलाई मात्रै असर गरेको हैन यो विश्व प्रभावित भएको छ । र यसलाई भोलिको दिनमा हिजो जुन पेसा व्यवसाय माथि अवरोध गर्यो, निमार्णका कामहरुलाई अवरोध गर्यो र विदेशबाट आएका मानिसहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरालाई नै हामिले पहिलो एजेण्डा बनाएका छौ ।

३. आन्तरिक स्रोतलाई त पक्कै पनि प्रभाव पारेको छ नि ?

हाम्रो आन्तिरिक स्रोतमा करिब दुई चार करोड रुपैयामा हानि नोक्सानि पुर्याएको छ । अहिले हामीले हेर्दा त्यसलाई रिकभरिङ कसरी गर्नुपर्छ ,कुन स्रोत जुटाएर गर्ने भन्ने कुराको व्यापक छलफल भइराखेको छ ।

४. स्वास्थ्य सेवाको कस्तो निति तथा कार्यक्रम बन्छ ?

हामिले स्वास्थ्य, शिक्षा, रोजगारीको क्षेत्रमा र कृषिको क्षेत्र यो चार वटा बुँदालाई प्रमुख प्राथमिकताको रुपमा हामीले लिएका छौ । हाम्रो वडाहरुमा रहेमा सम्पुर्ण स्वास्थ्य चौकिहरुलाई पनि स्तरोन्नति गरेर जानेछौं । हामिसँग २ वटा स्वास्थ्य केन्द्रहरु रहेका छन् । त्यसलाई पनि व्यवस्थित गर्ने र नगर अस्पताल चलाइरहेका छौ, त्यसलाई अति आधुनिक औजार, प्राविधिक सहित सुविधा सम्पन्न बनाएर अगाडि बढ्नु पर्छ । यसमा हाम्रो मात्रै आयस्रोतको आम्दानिले नपुगेको हुदा हामि संघिय र प्रदेश सरकारसँग अनुरोध गर्दै स्वास्थ्य क्षेत्र भनेको अति संवेदनशिल हो र अतिमर्यादित, व्यस्थित, सुविधा बनाउने भन्नेमा हामि केन्द्रित छौ ।

५. लकडाउनको कारण प्रभावित बनेको व्यवसायि, व्यापारीहरुलाई कसरी सम्बोधन गरिन्छ ?

हामीले यहाका उद्योगी व्यापारि मात्रै हैन हरेक व्यापार व्यवसाय लगायत विभिन्न पेशा र आजका बालबालिकाहरु पढन पाइरहेका छन् स्कुल जान पाइरहेका छन् । यिनिहरु सबैलाई कसरी व्यवस्था गर्न सकिन्छ भनेर विभिन्न चरणमा छलफल भएको छ । अझै पनि छलफल चलिरहेको छ, त्यसले के निचोड निस्किन्छ त्यहि आधारमा हामि अगाडि बढ्छौ ।

६. पर्यटन प्रवद्र्धनलाई कसरी समेटिन्छ ?

यहाको प्रमुख विशेषता भनेको धार्मिक पर्यटन नै हो । धार्मिक पर्यटनलाई वढि आकषर््ाक बनाउन सकिन्छ भनेर लागेका छौं । हाम्रोमा कुम्भ मेला लाग्छ, बराहक्षेत्रमा बराहक्षेत्र मेला लाग्छ । यो कात्तिके पुर्णिमा, माघे संक्राति, बोलबम यस्ता धार्मिक पर्वहरुमा बढि भन्दा बढि मानिसको आवतजावतलाई यहा भित्राउन सकिन्छ भनेर हामिले एउटा एजेण्डा पनि पस्किएका छौं । अर्को यहाको आयआर्जनलाई वृद्धि गर्नको निम्ति कोशीनदीमा जलयात्रालाई मर्यादित बनाउन नेपाल सरकारले जलनितिहरु ल्याएको छ । त्यस मार्फत हामिले होटल , रेष्टुरेन्टहरुलाई यहा लगानि लाउनको निम्ति उद्योगि, व्यापारिलाई आह्वान गरेका छौ । यो आर्थिक वर्षमा हामि उद्योगि, व्यापारिलाइ हाम्रो क्षेत्रमा उद्योग व्यापार संचालन गर्नलाई आह्वान गर्छौ र उत्पादन कार्य सूरु नहुन्जेल सम्मको निम्ति सम्पुर्ण किसिमको कर मिनाहा गर्छौ, भनेर जाने पक्षमा छौ । त्यसै गरि हामी कृषि क्षेत्रमा रहेको अर्ध दक्षमजदुरहरुलाई कसरी कृषिमा बढि आकर्षित गर्न सकिन्छ र कृषिलाई आधुनिक प्रविधिमा कसरी होम्न सकिन्छ ? अगाडि बढाउन सकिन्छ भन्ने कुरालाई पनि ध्यान दिइ राखेका छौ । बाझो जमिन, खोला, बगर, जङगलभित्र रहेको खेर गहि रहेको जमिनलाई कसरी उपयोग गर्न सकिन्छ ? जडिबुटि खेति, फलफुल खेति, यहाँ बेलको थुप्रो उत्पादन हुन्छ बेलको अनुसन्धान गरेर त्यसको जुस मात्रै पनि हामिले बेचेर यहाँ धेरै जनाले रोजगार पनि पाउने सम्भावना पनि हामिले देखिराखेका छौ । त्यसैगरि कोशीकिनारमा ठुल ठुला बलुवाका पहाडहरु बनाउने हो कि पर्यटकहरुलाई आकर्षित गर्न कसरी भनेर हामी अध्ययन गरिराखेका छौ ।

७. कोरोनाको कारण वैदेशिक रोजगारबाट फर्किएका स्थानीयलाई रोजगारमुखी बनाउन कस्तो योजना बन्छ ?

उनिहरुको सिप र दक्षतालाई हेरेर र हाम्रो ठाउको कच्चा पदार्थमा आधारित कस्तो उद्योग धन्दाहरु स्थापित गर्न सकिन्छ उनिहरु सँग अन्तक्रिया गरेर अघि बढ्छौं । हामीले यहि साल देखि औद्योगिक ग्राम स्थापना गरेर जानु पर्छ भन्ने पक्षमा छौ । र यहाको कच्चापदार्थ र यहा उत्पादन हुने खेतिमा लगाउँछौं । यहाँ मकै उत्पादन हुन्छ राजमा, धानको भण्डार छ । वैदेशिक रोजगारीबाट फर्केर आएकाहरु सँग यहाँको माटो परिवेश कस्तो उद्योग धन्दा संचालन गर्न सकिन्छ, उनीहरु सँग अन्तरक्रिया छलफल गरेर उनीहरुकै रुचि, क्षमता, योग्यता, अनुसारको हाम्रो साधन र स्रोतमा आधारित उद्योग धन्दाहरुलाई पनि अगाडि बढाउनु पर्छ भन्ने पक्षमा छौ ।

८. ३ महिना देखिको लकडाउनले चालु वर्षमा विकाश निर्माणमा कस्तो प्रभाव पार्यो ?

यो आर्थिक वर्षमा करिब ५८ प्रतिशत कामहरु सम्पन्न भइसकेका छन् । ठुला आयोजनाहरुमा ठुलो प्रभावित भएन किनभने हाम्रा अरु नगरपालिका भन्दा अलिकति तुलनात्मक रुपमा अन्तर छ । यो गाँउ नै गाँउ भएको हूदा खेरी विकास निर्माण हामीले करिब १ महिना मात्रै रोक्यौं । त्यस पछि दुरी कायम गरेर यसलाई हामिले खुकुलो पारेर लग्यौं, र विकाश निर्माणको कामलाई निरन्तर दियौं । त्यसलाई केहि केहि हाम्रो कामहरु संचालन भएनन् । विकाश निर्माणको काम हामी करिब करिब सक्छौ । त्यही अनुसार वडाहरुमा जानकारी गराईसकेका छौं ।

९. अब आउने निती तथा कार्यक्रमको विषयमा नगरवासिलाई के भन्नु हुन्छ ?

बराहक्षेत्र निवासी सम्पुर्णमा के अनुरोध गर्दछु भने कोभिड १९ ले ठुलो धक्का दिएको छ । र यसलाई हिजोका दिनमा जसरी धैर्य भएर यहाहरु सम्पुर्णले जसरी सहयोग गर्नु भयो । त्यसैगरि बराहक्षेत्र नगरपालिकालाई एउटा सम्मुनत नगरपालिका बनाउनको निम्ति विभिन्न ठाउँबाट देश विदेशमा रहनु भएका स्वदेशमा रहनु भएका विभिन्न पेशामा आवद्ध हुनु भएका सबैलाई उचित सल्लाह सुझाव र उन्नति प्रगतिको बाटोमा अगाडि बढ्नको निम्ति सुझावको अपेक्षा नगरपालिकाले राखेको छ ।

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved