विराटनगर/ विराटनगरबाट ठूलो परिमाणको लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारको कटिहार जिल्ला शिवानापुर–४ का ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र सोही जिल्लाको खरसोता–५ का ३२ वर्षीय बमकिम कर्मकार रहेका छन्। उनीहरूलाई आइतबार साँझ विराटनगर महानगरपालिका–१५ मण्ठापोखरी मन्दिर अगाडिको सार्वजनिक सडक खण्डबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्। इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले शंकास्पद गतिविधिका आधारमा उनीहरूलाई चेकजाँच गर्दा हुसेन
काठमाडौं/ हरितालिका तिजको अघिल्लो दिन आज (सोमबार) दर खाने पर्व मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट तिजको दिन निराहार व्रत बस्ने चलन छ । व्रतका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ । हरितालिका तिजको अघिल्लो दिन १ दिन मात्र दरखाने परम्परा रहे पनि राजधानी काठमाडौंलगायतका सहरी क्षेत्रमा १ महिना अघिदेखि नै दर खाने र खुवाउने चलन चलेको छ । परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ विवाहित महिलाहरु पतिको सुवास्थ्य
धरान/ जिल्ला ट्राफिक प्रहरीको कार्यालय सुनसरी फेक प्रहरी लेखिएको पाइएको छ । धरान ८ मा रहेको प्रहरी कार्यालयको डिजिटल बोर्डले फेक प्रहरी भनेर देखाएको हो । तर यस बारे प्रहरी अनविज्ञ रहेको छ । तस्बिर:
धरान/ हरितालिका तीजको अवसरमा गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको “गरिमा तीज उत्सव–२०८२” सम्पन्न भएको छ। शनिबार धरान–१ स्थित धुलिखेल समाजको हलमा आयोजित उक्त कार्यक्रममा तीज विशेष नृत्य प्रतियोगिता “गरिमा तीज क्वीन–२०८२” सम्पन्न गरिएको हो। प्रतियोगितामा धरान–८ की अनिता तामाङ विजेता बन्न सफल भइन्। सोही क्रममा धरान–३ की मेन्दो मोक्तान फस्ट रनरअप तथा सोही वडाकी सोनी बिष्ट सेकेन्ड रनरअप बनेकी छन्। विजेता र उपविजेताले क्राउन, ट्रफी, प्रमाणपत्र, स्यास, गिफ्टह्याम्पर साथै गरिमा डान्स सेन्टर धरानमा दुई महिना निःशुल्क नृत्य सिक्ने अवसर पुरस्कार
धरान/ धरान–१६ स्थित सियोन स्कुलले नेपाल परीक्षा बोर्डद्वारा लिइएको २०८१ सालको कक्षा–१२ वार्षिक परीक्षामा १०० प्रतिशत नतिजा निकाल्दै उत्कृष्ट उपलब्धि हासिल गरेको छ। यस उपलब्धिलाई विशेष बनाउन स्कुलले शुक्रबार आफ्ना सफल विद्यार्थीलाई सम्मान गरेको हो। स्कुलको सेमिनार हलमा आयोजित कार्यक्रममार्फत निर्देशक तथा प्रिन्सिपल खड्ग बहादुर थापा मगर, भाइस प्रिन्सिपल राकेस चौधरी, पिआरओ मान बहादुर थापा मगरलगायतले उत्कृष्ट विद्यार्थीलाई खदा र मायाको चिनो सहित सम्मान गरेका थिए। समारोहमा बोल्दै निर्देशक थापा मगरले सफलताप्रति बधाई ज्ञापन गर्दै भने, “उच्च शिक्षा र सीप हासिल गर्न विदेश जान
धरान/ धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजका कक्षा–११ होटल म्यानेजमेन्टका विद्यार्थीहरूले झापाको धुलाबारीस्थित मेचिनगर–८ मा रहेको फाइभ–स्टार होटेल मेचि क्राउन अवलोकन गरेका छन्। कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेका अनुसार भ्रमणको उद्देश्य विद्यार्थीसँग प्रत्यक्ष रूपमा होटल व्यवस्थापन, हस्पिटालिटी र सञ्चालन प्रणालीबारे व्यवहारिक ज्ञान प्रदान गर्नु थियो। भ्रमणका क्रममा विद्यार्थीहरूले होटलका व्यवस्थापकबाट नेपालकै सबैभन्दा ठूलो क्यासिनो को बारेमा जानकारी पाए। साथै, होटलमा रहेको व्यायामशाला, स्पा, स्वीमिङ पुल, बगैचा, रेस्टुरेन्ट र बारको अवल
ताप्लेजुङ/ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष तथा एमाले नेता टेकिन्द्र सेन्दाङमाथि शनिबार बेलुकी अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ। जिल्ला कमिटी बैठक सकेर घर फर्कँदै गरेका बेला तोक्मेडाँडा क्षेत्रमा आक्रमण भएको हो। करिब ५ देखि ७ जनाको समूहले ढुंगा–लाठीसहित आक्रमण गर्दा सेन्दाङ गम्भीर घाइते भएका छन्। टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका सेन्दाङलाई प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी वेदप्रसाद गौतमका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी क
धरान/ धरानमा जारी “धरान स्कुल सिङ्गिङ च्यालेन्ज २०८२” (सिजन–२) को सेमिफाइनल शनिबार सहिद स्मृति माध्यमिक विद्यालयको सभाहलमा धमाकेदार रूपमा सम्पन्न भएको छ। याडिकल लाइट नेपाल प्रा.लि.ले आयोजना गरेको प्रतियोगितामा पहिलो अडिसन पार गरेका ३८ जना प्रतिस्पर्धीमध्ये १८ जनाले फाइनलको यात्रा तय गरेका छन्। फाइनलमा प्रवेश गर्नेहरूमा मेरील्याण्ड इङ्लिस बोर्डिङ स्कुलकी नितु तामाङ, च्याम्पियन सेकेन्डरी बोर्डिङ स्कुलका सागर गजमेर, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलकी सृष्टि तामाङ, हिबिस्कस बोर्डिङ स्कुलका सबिन बोहोरा, लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशि भुजेल लगायत रहेका छन्। त्यस्तै, बिजयपुर सेकेन
धरान/ कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिने तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा रहेको ऐतिहासिक चोत्लुङ पार्कमा सिरिजंगा पाण्डुलिपि विज्ञानालय स्थापना हुने भएको छ। लालीगुराँस नगरपालिकाले विज्ञानालय स्थापनाको तयारीलाई अघि बढाइरहेको छ। सोही तयारीअन्तर्गत नगरप्रमुख अर्जुनबाबु मावुहाङले विज्ञहरूसँग राय–सल्लाहका लागि विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यसअघि राजधानी काठमाडौंमा अन्तरक्रिया सम्पन्न भए पनि आइतबार सुनसरीको धरानस्थित रत्न इन होटलमा पुनः अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। मेयर मावुहाङले प्रस्तुत गरेको कार्यपत्रमा विज्ञाना
काठमाडौँ/ पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण संघको नयाँ नेतृत्व चयन भएको छ। संघको अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन्। आइतबार बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले ३४२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत पाए। त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी र महासचिवमा राजेन्द्र लामा निर्वाचित भएका छन्। सचिवमा चन्दन थापा विजयी भएका छन् भने कोषाध्यक्ष पदमा ङिमा नुर्बु शेर्पा र सुमी लामाबीच समान मत प्राप्त भएको निर्वाचन समितिले जनाएको छ। यसैगरी सद