चतरामा रहेको हरिद्वार सहकारीको १२ औं स्थापना दिवस तथा ११ औं वार्षिक साधारण सभा सम्पन्न

  • मंसिर १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको हरिद्बार कृषि सहकारी संस्थाको १२ औं स्थापना दिवस तथा ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बेसारको धुलो , विभिन्न स्वादमा मसला जन्य सामाग्री उत्पादन, प्रसोधन र बिक्रि बितरण गरी स्थानिय उत्पादनमा जोड , स्वरोजगारसंगै कृषि कार्य गर्दै आएको हरिद्बार कृषि सहकारी संस्थाको १२ औं स्थापना दिवस तथा ११ औं वार्षिक साधारण सभा आइतवार सम्पन्न गरेको हो ।

कार्यक्रममा वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम , वडा नं १ का अध्यक्ष किसन थापामगर लगायत वडाका जनप्रतिनिधि , छिमेकि सहकारी संस्थाहरुका पदाधिकारी तथा सहकारीकर्मीहरुको आतिथ्यता रहेको थियो ।

चतरा स्थित औलिया मठको सभाहकमा आयोजना भएको कार्यक्रममा सभाध्यक्ष तथा संस्थाका अध्यक्ष लोक बहादुर दाहालले संस्थाको प्रगति प्रतिवेदन , आर्थिक बर्ष २०८१र०८२ को आर्थिक प्रतिवेदन र आर्थिक बर्ष २०८२र०८३ सालको लागि अनुमानित प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वर्गीय सेयर सदस्य रोमराज राईलाई मरणोपरान्त सम्मान र बिष्णुमाया लिम्बु , बिष्णमाया राई , सुकुमाया राई जेष्ठ तथा एकल महिला सम्मान्न , पुर्व कर्मचारी विर बहादुर दाहाल र संस्थाका स्थापक सञ्चालक समितिका पदाधिकारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष ले र संचालक संस्थाका सञ्चालक समिति सदस्य राजन आचार्यले गरेका थिए । हाल सहकारीको ५ सय ६६ जना सेयर सदस्य रहेका छन् ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved