धरानमा मन्त्री घिसिङ : ‘गालीगलौजले होइन, एकताले देश बदलिन्छ’

  • मंसिर १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ तीन-तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार–यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले देश परिवर्तनका लागि वैकल्पिक शक्तिहरू एकताबद्ध भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन्।

धरानमा आयोजित चौथो ‘१० करोड बज्रगुरु जप, १२ सय प्राचीन अष्टगुरु रिनपोछे लिला विश्वशान्ति पूजा तथा ङ्युङ्ने व्रत–२०८२’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले

‘गालीगलौज र दुष्प्रचारले होइन, सहकार्य र सामूहिक प्रयासले मात्र समृद्धि आउँछ’ भन्दै राजनीतिक पात्रहरूबीच संयम र सहकारिताको आवश्यकता रहेको बताए।

‘सही समयमा सही व्यक्ति नेतृत्वमा पुग्यो भने देश बदलिन्छ,’ भन्दै आगामी निर्वाचनलाई देश परिवर्तनको महत्वपूर्ण अवसरका रूपमा उनले चित्रण गरे।

घिसिङले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र युवाका लागि रोजगारीलाई समृद्ध नेपालको आधारका रूपमा जोड दिए।

त्यसैगरी, स्थिरता र शान्तिका लागि निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सरकारको प्रमुख दायित्व रहेको भन्दै उनले सबैसँग सहकार्यको आह्वान गरे।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved