एकलाख राशिको नृत्य प्रतियोगिता धरानमा

  • मंसिर १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ विजेतालाई एकलाख पुरस्कार सहित ट्रफिको ‘स्कूल डान्स आइडल २०८२’ नृत्य प्रतियोगिता आगामी पुस १४ गते धरानमा हुने भएको छ।

युनाइटेड डान्स एकेडेमी धरानको नवौं संस्करण अन्तर्गत स्कूल डान्स आइडल प्रतिस्पर्धामा धरानका ४४ वटा विद्यालयका ५ हजार ३ सय ३५ विद्यार्थीहरू सहभागी भएका थिए ।

जेठ २६ गतेबाट सुरू प्रतियोगितामा हाल उत्कृष्ट १० जना विद्यार्थी छनौट भएकाछन् । उनिहरूबीच आउने पुस १४ गते अन्तिम प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका विजेताले रु एक लाख रुपैयाँ नगद सहित ट्रफी र प्प्प्तप्रमाणपत्र प्राप्त गर्ने युनाइटेड डान्स एकेडेमी धरान ९ का अध्यक्ष सन्तोष तामाङले जानकारी दिनुभयो ।

अन्तिम प्रतिष्पर्धामा,सियोन स्कूलकी प्रयुसा राई,युनाइटेड गोर्खाकी दिपशीखा राई,होलिल्यान्ड स्कूलका हिमाल तामाङ,शिक्षा सन्देश स्कूलकी आयुष्मा कटवाल,शिक्षा सन्देश स्कूलकी नुयङ्मी राई,भिक्टोरी स्कूलकी टीका मगर,पर्वत स्कूलकी युनिशा राई,सिर्जना स्कूलकी सुनैना सेन्चुरी,विष्णु मेमोरियल स्कूलकी इशा राई,युएन स्कूलकी रुबिना लिम्बूबिच प्रतिस्पर्धा हुनेछन् ।

आयोजकले शनिबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको ट्रफी समेत सार्वजनिक गरेकोछ ।अग्रज पत्रकार तथा मजदुर नेता भिमज्वाला राईको बाहुलीबाट ट्रफि सार्वजनिक गरेको छ । सम्मेलनको अध्यक्षता हर्क तामाङले गर्नुभएको थियो ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका अन्तिम प्रतिष्पर्धी विद्यार्थीहरू, तिनका अभिभावकहरू र अघिल्लो वर्षका विजयीलाई समेत सहभागी गराईएको थियो ।
कला तपाईंको, मञ्च हाम्रोू नारा रहेको डान्स आइडललाई आगामी वर्ष थप परिष्कृत गर्दै लगिने अध्यक्ष तामाङले बताउनुभयो ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved