लागुऔषध मुक्त बनाउन काम गर्छु स् वडा प्रहरी प्रमुख राधाकृष्ण दाहाल

  • मंसिर १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानलाई लागुऔषध सेवन, ओसारपसार र बेचबिखन मुक्त सहर बनाउन काम गर्ने वडा प्रहरी कार्यालय धरानका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक राधाकृष्ण दाहालले बताएकाछन् ।

आइतबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले आयोजना गरेको स्वागत कार्यक्रममा दाहालले धरान लागु औषधको हब बन्दै गइरहेको बताउँदै यसलाई भत्काउन प्रभावकारी काम गर्ने बताए । धरानको १० वटा वडाहरुको शान्ति सुरक्षा वडा प्रहरीको दायित्व भएपनि प्रहरी कार्यालय रहेको भानुचोकलाई व्यवस्थित गर्न सबैको साथ र सहयोगमा काम गर्ने बताए ।

बुधबार मात्रै धरान वडा प्रहरी कार्यालय सम्हाल्न आइपुगेका दाहाललाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले स्वागत गरेको हो ।

दाहाललाई स्वागत गर्दै कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष तथा अग्रज पत्रकार भीमज्वाला राईले धरानको बसपार्कमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, सडक बालबालिकाहरुको व्यवस्थापन, लागु औषध सेवन, ओसारपसार र बेचबिखन नियन्त्रण र झैझगडा, तथा गुण्डागर्दी नियन्त्रण वडा प्रहरी कार्यालयको चुनौति रहेको बताए ।

राईले भने यति काम व्यवस्थित गर्न सकेमा धराने जनताले राहत महसुस गर्ने सुझाए ।

राईले बसपार्कमा काम गर्ने श्रमिकहरुलाई यात्रुमैत्री बनाउँदै यात्रु तानातान अन्त्य गर्न, सडक सुरक्षा बारे सचेतना अभियान सञ्चालनमा प्रहरीसंग सहकार्य गरिने बताए । यात्रुहरुको सुरक्षित यात्राको वातावरण बनाउन वडा प्रहरी कार्यालयलाई संगठन र यातायात मजदुरहरुको तर्फबाट साथ रहने राईले प्रतिवद्धता जनाएका थिए ।

यस अघि झापा जिल्ला स्थित इलाका प्रहरी कार्यालय सुरुङ्गाको कमाण्ड सम्हालीसकेका दहालले ठुलो परिमाणमा लागु औषध नियन्त्रणमा सफलता प्राप्त गरेका थिए ।

दाहाललाई स्वागत गर्न विभिन्न क्षेत्रका श्रमिकहरु सहित मजदुर राजनीतिबाट उदाएर हाल धरान ८ नम्बर वडा अध्यक्ष धनबहादुर राई, मजदुर पृष्ठभूमिकै नेता धरान १५ नम्बर वडा सदस्य रंगलाल गिरी, नेकपा (एमाले) सुनसरी सदस्य नारायण सुवेदी लगायतकाहरु सहभागी थिए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संगठन धरान अध्यक्ष किरण थापाले गरेका थिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved