धरानमा एमाले महाधिवेशन प्रतिनिधि चयन : खुल्लातर्फ चौधरी, राई र सुवेदी विजयी

  • मंसिर १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेकपा एमालेको आसन्न ११औँ महाधिवेशनका लागि सुनसरी क्षेत्र नं–१ बाट प्रतिनिधि छनोट शनिबार मतदानमार्फत सम्पन्न भएको थियो ।

सहमति नजुटेपछि तीन स्थानमा भएको मतदानबाट ५ जना प्रतिनिधि निर्वाचित भएका हुन्।

खुल्लातर्फ १० जनामध्ये मुरारी सुवेदी ७९६, जयकुमार राई ७७६ र आसाराम चौधरी ६७४ मतसहित विजयी बने। कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतलाई ३७६ र विजयकुमार राईलाई ३९१ मत मात्र परेपछि उनीहरू पराजित भए।

महिलातर्फ २ सिटका लागि भएको प्रतिस्पर्धामा सीता भण्डारी पौडेल ७६६ र सुशिला पहाडी ढकाल ७१५ मतसहित प्रतिनिधिमा निर्वाचित भए। महिला मा ६ जना प्रतिस्पर्धी थिए।

युवातर्फ ३ जनाबीच भएको कडा प्रतिस्पर्धामा दिवस वान्तवा राई ८८७ मतले विजयी बने।

युवाहरूबीच सहमति गराउने क्रममा नै विवाद बढेर जिल्ला कमिटी सदस्य अनिल राजधामीमाथि कुटपिट भएको घटना पनि घटेको थियो।

1764464729234

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved