स्थानीय

    Showing ८७१-८८० of ५,३३१ items.
  • धरानमा टिभिएस एक्सचेन्ज मेला: अब २ दिन मात्रै बाँकी

    धरान/ नेपालका लागि टिभिएसको आधिकारिक वितरक को आयोजनामा सञ्चालन भइरहेको टिभिएस एक्सचेन्ज मेला अन्तिम चरणमा पुगेको छ। धरानस्थित आधिकारिक बिक्रेता  न्यु कृष्ण ट्रेडर्समा मंसिर २८ देखि सुरु भएको मेला अब पुस ४ गतेसम्म मात्रै सञ्चालन हुनेछ। मेलामा जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ  बाइक तथा स्कुटर लिन सकिने व्यवस्था गरिएको छ। ग्राहकलाई लक्षित गर्दै नागरिकतामात्रैमा फाइनान्स सुविधा उपलब्ध गराइएकाले थोरै कागजातमै नयाँ सवारी घर लैजान सकिने आयोजकले जनाएको छ। ग्राहकका लागि मेलामा रु ३० हजारसम्म न्यूनतम मूल्यांकन, रु ८ हज

    • प्रकाशित मितिः पुस २, २०८२
    • ४३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पौषे औँसी श्राद्ध मेलालाई सम्मान गर्दै धरानमा शुक्रबार स्थानीय बिदा

    धरान/ पौषे औँसीको अवसरमा धरान उपमहानगरपालिका–२० मा अवस्थित प्रसिद्ध धार्मिक स्थल बिष्णुपादुका मा यस वर्ष पनि श्राद्ध, तर्पण, पिण्डदान तथा धार्मिक मेला लाग्ने भएको छ। पितृहरूको स्मरण र उद्धारका लागि औँसीका दिन बिष्णुपादुकामा श्राद्ध गरे पुण्य प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ, जसका कारण हरेक वर्ष यहाँ श्रद्धालुको उल्लेख्य भीड लाग्ने गर्दछ। यसै धार्मिक एवं सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै स्थानीय सरकार धरानले ले मिति २०८२/०९/०४ गते (पुस) शुक्रबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले उक्त दिन धरानभित्रका स्थानीय तहका कार्य

    • प्रकाशित मितिः पुस २, २०८२
    • ५०० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बसपार्क बन्यो तर चलेन : समाधान खोज्न संवाद समिति गठन

    धरान/ धरान उपमहानगरपालिकाले निर्माण सम्पन्न गरिसकेको आधुनिक बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । निजी जग्गा स्वामित्व, क्षतिपूर्ति विवाद र विगतमा अपनाइएको कानुनी प्रक्रियाका कारण बसपार्क सञ्चालन ‘गाँठो’मा परेको हो । मंगलबार बसेको नगरसभाको बैठकमा का मेयर  हर्क साम्पाङ राईले बसपार्क सञ्चालनमा देखिएका समस्यालाई मुख्य एजेन्डा बनाउँदै विगतको प्रक्रिया नै त्रुटिपूर्ण भएको स्वीकार गरे । व्यक्तिको सहमति बिना निजी जग्गा नगरपालिकाको नाममा ल्याइनु राज्यको दायित्व विपरीत भएको उनको भनाइ थियो । “राज्यको दायित्व व्यक्तिको सम्पत्ति र जिऊधनको रक्षा गर्नु हो,” मेयर राईले भने, &

    • प्रकाशित मितिः पुस २, २०८२
    • ५६७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्वर विद्यापीठको ७४औँ वार्षिकोत्सव सम्पन्न, संस्कृत शिक्षालाई समयसापेक्ष बनाउने प्रतिबद्धता

    धरान/ नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको ऐतिहासिक पिण्डेश्वर विद्यापीठले आफ्नो ७४औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले उच्च शिक्षाको गुणस्तर अभिवृद्धिमा आयोग गम्भीर रहेको उल्लेख गर्दै पिण्डेश्वर विद्यापीठको शैक्षिक तथा भौतिक पूर्वाधार क्रमशः सुदृढ बन्दै गएको बताए। विशिष्ट अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले संस्कृत शिक्षालाई समयको मागअनुसार रूपान्तरण गर्न पाठ्यक्रम परिमार्जन आवश्यक रहेको धारणा राखे। उनले योग, आयुर्वेद तथा चिकित्

    • प्रकाशित मितिः पुस १, २०८२
    • ३८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एकता सन्देश सभा : नेपाली कम्युनिस्ट पार्टी देशकै सबैभन्दा ठूलो शक्ति बन्ने दाबी

    धरान/  नेपाली कम्युनिस्ट पार्टी देशकै सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्ने दाबी पार्टीका केन्द्रीय नेता हरिबोल गजुरेलले गर्नुभएको छ। सोमबार नेपाली कम्युनिस्ट पार्टी धरान उपमहानगर कमिटीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले विभिन्न वाम धारहरूको एकताले पार्टीलाई जनआधारित वैकल्पिक शक्तिका रूपमा स्थापित गरिरहेको बताउनुभयो। धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित सभाअघि छाताचोकबाट मोटरसाइकल र्‍याली सुरु भई पुरानो बजार, माछा भौडी, देशीलाइन, भानुचोक हुँदै पुनः छाताचोकको परिक्रमा गर्दै सभाहलमा पुगेर सभामा परिणत भएको थियो।र्‍यालीमा पार्टी नेता–कार्यकर्ता

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ४९८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा महुलि लघुवितद्बारा पशुपलन तालिम तथा बितिय साक्षरता कार्यक्रम

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा रहेको महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजार , सुनसरीले वित्तिय साक्षरता तथा पशुपालन सम्बन्धी तालिम कार्यक्रम आयोजना गरेको छ ।  सोमवार बाङ्गेबजार स्थित रामेश्वर अतिथि सदनमा संस्थाको बार्षिक कार्यक्रम अन्तरगत संस्था आफ्ना सदस्यहरुलाई पशुपलन तालिम तथा बितिय साक्षरता कार्यक्रम आयोजना गरिएको महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजारका कार्यालय प्रमुख मदन अधिकारीले जानकारी दिए । वित्तिय अनुशासन तथा वित्तिय स्वामित्वकोलागि सार्वजनिक सुनुवाई कार्यक्रम तथा केन्द्र पूनर्ताजगी तथा वित्तिय साक्षरत सचेतना कार्यक्रमसंगै स

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ५८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–१६ बाट ट्रामाडोलसहित युवक पक्राउ, बराहक्षेत्रमा १३० केजी गाँजासहित दुई जना नियन्त्रणमा

    धरान/ सुनसरीमा लागूऔषधविरुद्ध प्रहरीले कडा कारबाही अघि बढाएको छ। धरान उपमहानगरपालिका–१६ बाट ट्रामाडोलसहित एक युवक पक्राउ परेका छन् भने बराहक्षेत्रमा ठूलो परिमाणको गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। धरान उपमहानगरपालिका–१६ स्थित नौलो बस्तीमा अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले २८ मंसिर साँझ ४:१० बजे नियमित गस्तीका क्रममा शंकास्पद अवस्थामा फेला परेका २९ वर्षीय विष्णु सुब्बालाई चेकजाँच गर्दा लागूऔषध बरामद गरेको हो। प्रहरीले उनको साथबाट ट्रामाडोल ५२५ ट्याब्लेट र डिक्लोमाइन ३७५ ट्याब्लेट गरी जम्मा ९०० ट्याब्लेट लागूऔषध फेला पारेको जनाएको छ। सुब्बालाई लागूऔषधसहित

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • १,२४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट ट्रामाडोलसहित युवक पक्राउ, १० केजी गाँजा र ब्राउन सुगर बेवारिसे अवस्थामा बरामद

    धरान/ सुनसरीमा लागूऔषध कारोबार नियन्त्रणका लागि सक्रिय बनेको प्रहरीले दुई फरक स्थानबाट ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै एक युवकलाई नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मिति २०८२/०८/२८ गते दिउँसो करिब २ः४५ बजे धरान उपमहानगरपालिका–१९ धनकुटे रोडमा गस्ती गर्ने क्रममा शंकास्पद रूपमा हिँडिरहेका धरान–१० निवासी १९ वर्षीय निरफुङ बस्नेतलाई नियन्त्रणमा लिएको हो। कानुनबमोजिम गरिएको चेकजाँच तथा खानतलासीका क्रममा उनको साथबाट लागूऔषध ट्रामाडोल २३० ट्याब्लेट र स्पासपेन २० क्याप्सुल गरी जम्मा २५० थान ट्याब्लेट/क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ। बस्नेतल

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ७१६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी उद्योग वाणिज्य संघमा संस्थागत सुदृढीकरण तालिम सम्पन्न

    धरान/ सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूका लागि संस्थागत विकास तथा सुशासनसम्बन्धी तालिम आयोजना गरिएको छ। संघको कार्यक्षमता अभिवृद्धि, दीर्घकालीन योजना र संस्थागत आचरण सुदृढ गर्ने उद्देश्यले आयोजित तालिममा पदाधिकारीहरूको काम, कर्तव्य र अधिकारका साथै स्थानीय तहका राजस्वसम्बन्धी विषयमा गहन छलफल गरिएको थियो। तालिममा चर्चित प्रशिक्षक मोहन श्रेष्ठ र धरान उपमहानगरपालिकाका राजस्व प्रशासन प्रमुख खगेन्द्र खतिवडा ले सहजीकरण गरेका थिए। उनीहरूले असल संस्थागत अभ्यास, स्पष्ट मार्गनिर्देशन, प्रभावकारी बैठक सञ्चालन र स्थानीय तहसँग समन्वयका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिएका

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • ६८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जसपा कोशी प्रदेशको अध्यक्षमा गणेश राई सर्वसम्मत, ४९ सदस्यीय नयाँ समिति गठन

    धरान/ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेशको अध्यक्षमा गणेश राई चयन भएका छन्। शुक्रबार धरानमा सम्पन्न प्रदेश भेलाले राईको नेतृत्वमा सर्वसम्मत रूपमा ४९ सदस्यीय कोशी प्रदेश समिति गठन गरेको हो। नवगठित समितिको उपाध्यक्षमा डिल्ली सुव्वा, रमा कार्की र नसरुल महम्मद चयन भएका छन्। महासचिवमा नगेन्द्र पारघरी लिम्बू नियुक्त भएका छन् भने सचिवमा गणेश खालिङ, कुमार सुनुवार र रन्जित साम्पाङ चयन भएका छन्। सदस्यहरूमा सुमन राई, दुर्गा गुरुङ, दुर्गा राईलगायत रहेका छन्। अघिल्लो समितिका केही नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि संगठनलाई पुनः सुदृढ बनाउने उद्देश्यसहित

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • ५११ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved