धरानमा टिभिएस एक्सचेन्ज मेला: अब २ दिन मात्रै बाँकी पुरानो साटेर नयाँ, नागरिकतामात्रैमा फाइनान्स सुविधा

  • पुस २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपालका लागि टिभिएसको आधिकारिक वितरक को आयोजनामा सञ्चालन भइरहेको टिभिएस एक्सचेन्ज मेला अन्तिम चरणमा पुगेको छ।

धरानस्थित आधिकारिक बिक्रेता  न्यु कृष्ण ट्रेडर्समा मंसिर २८ देखि सुरु भएको मेला अब पुस ४ गतेसम्म मात्रै सञ्चालन हुनेछ।

मेलामा जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ  बाइक तथा स्कुटर लिन सकिने व्यवस्था गरिएको छ। ग्राहकलाई लक्षित गर्दै नागरिकतामात्रैमा फाइनान्स सुविधा उपलब्ध गराइएकाले थोरै कागजातमै नयाँ सवारी घर लैजान सकिने आयोजकले जनाएको छ।

ग्राहकका लागि मेलामा रु ३० हजारसम्म न्यूनतम मूल्यांकन, रु ८ हजारसम्म क्यास डिस्काउन्ट, रु १० हजारसम्म भ्यालु एडिसन, फ्रि एक्सेसरीज, निशुल्क हेल्मेट तथा लाइफटाइम वारन्टीजस्ता आकर्षक अफरहरू समावेश गरिएको छ।

न्यु कृष्ण ट्रेडर्सका सेल्स म्यान सुगम लिम्बूका अनुसार मेला सुरु भएदेखि मेलामा हालसम्म ३० देखि ४० वटा सवारी बिक्री भइसकेको छ। “नागरिकता र ड्राइभिङ लाइसेन्सकै भरमा फाइनान्स सुविधा दिँदा १४–१५ ग्राहकले फाइनान्समार्फत सवारी लिइसकेका छन्,” उनले बताए।

यसैबीच, टिभिएसले धरानका ग्राहकका लागि ईभी (EV) सेग्मेन्टमा तीनवटा मोडल पनि उपलब्ध गराएको छ। iQube 2.2 मा ७५ किलोमिटर रेन्ज सहित रु २ लाख ८० हजार, iQube 3.0 मा १०० किलोमिटर रेन्ज सहित रु ३ लाख १५ हजार तथा iQube S मा ११५ किलोमिटर रेन्ज सहित रु ३ लाख ४० हजार मूल्य तोकिएको छ।

आयोजकका अनुसार अब दुई दिन मात्रै बाँकी रहेकाले पुरानो सवारी साटेर नयाँ टिभिएस बाइक, स्कुटर वा ईभी न्यून लागतमा घर लैजाने यो अवसर नछुटाउन  न्यु कृष्ण ट्रेडर्स, धरानमा छिटो भिजिट गर्न आग्रह गरिएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved