वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा रहेको महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजार , सुनसरीले वित्तिय साक्षरता तथा पशुपालन सम्बन्धी तालिम कार्यक्रम आयोजना गरेको छ ।
सोमवार बाङ्गेबजार स्थित रामेश्वर अतिथि सदनमा संस्थाको बार्षिक कार्यक्रम अन्तरगत संस्था आफ्ना सदस्यहरुलाई पशुपलन तालिम तथा बितिय साक्षरता कार्यक्रम आयोजना गरिएको महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजारका कार्यालय प्रमुख मदन अधिकारीले जानकारी दिए ।
वित्तिय अनुशासन तथा वित्तिय स्वामित्वकोलागि सार्वजनिक सुनुवाई कार्यक्रम तथा केन्द्र पूनर्ताजगी तथा वित्तिय साक्षरत सचेतना कार्यक्रमसंगै सीप सिकौ , उद्यमी बनौं भन्ने नारा सहित सदस्यहरुलाई पशु पालनमा आत्म निर्भर र व्यवसायी बनाउन पशु पालन सम्बन्धी तालिम प्रदान गरिएको शाखा कार्यलयका प्रमुख अधिकारीले बताए ।
वडा नं ७ का अध्यक्ष कपिल आचार्यको प्रमुख आतिथ्यतामा आयोजना भएको उद्घाटन सत्रमा संस्थाकी सदस्य देवि खड्काको सभाध्यक्षता रहेको थियो ।
कार्यक्रममा प्रहरी चौकी बाङ्गेका प्रमुख प्रहरी साहयक निरिक्षक शिबु यादव , संस्थाका पशुपालन तथा जोखिम व्यवस्थापन विभागका बिभागिय प्रमुख
हरिप्रसाद कोईरला लगायतको आतिथ्यता रहेको थियो । अनु पालक सम्बन्धमा आहारा , नियमिय खोप , खोर व्यवस्थापन , रोग संक्रमण लगायतको बिषयमा वराहक्षेत्र नगरपालिकाका पशु प्राबिधिक बिमल अधिकारी र मेघराज बस्नेरले प्रशिक्षण दिएका थिए ।
महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजारका कार्यालय प्रमुख मदन अधिकारीले सञ्चालन गरेको कार्यक्रममा कार्यलयका कर्मचारी बासुदेव वरालले स्वागत् मनतव्य राखेका थिए ।