धरानमा बसपार्क बन्यो तर चलेन : समाधान खोज्न संवाद समिति गठन

  • पुस २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिकाले निर्माण सम्पन्न गरिसकेको आधुनिक बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन ।

निजी जग्गा स्वामित्व, क्षतिपूर्ति विवाद र विगतमा अपनाइएको कानुनी प्रक्रियाका कारण बसपार्क सञ्चालन ‘गाँठो’मा परेको हो ।

मंगलबार बसेको नगरसभाको बैठकमा का मेयर  हर्क साम्पाङ राईले बसपार्क सञ्चालनमा देखिएका समस्यालाई मुख्य एजेन्डा बनाउँदै विगतको प्रक्रिया नै त्रुटिपूर्ण भएको स्वीकार गरे ।

व्यक्तिको सहमति बिना निजी जग्गा नगरपालिकाको नाममा ल्याइनु राज्यको दायित्व विपरीत भएको उनको भनाइ थियो ।

“राज्यको दायित्व व्यक्तिको सम्पत्ति र जिऊधनको रक्षा गर्नु हो,” मेयर राईले भने, “तर विगतमा व्यक्तिको मञ्जुरी बिना क्याबिनेटसम्म लगेर जग्गाको धनीपूर्जा नलेन्ड एन्ड भोइड बनाइयो । अब यो गल्ती स्वीकारेर समाधानतर्फ जानुपर्छ ।”

समस्या समाधानका लागि धरान–८ का वडाध्यक्ष धनबहादुर राईको संयोजकत्वमा पाँच सदस्यीय संवाद तथा प्रतिवेदन तयारी समिति गठन गर्ने निर्णय नगरसभाले गरेको छ ।

समितिमा धरान–१९ का वडाध्यक्ष पूर्णबहादुर लिम्बु, धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, प्रशासन महाशाखाका एक सदस्य र प्राविधिक शाखाका योजना प्रमुख सुरज श्रेष्ठ सदस्य रहेका छन् । समितिले पीडित जग्गाधनीसँग संवाद गरी समाधानको बाटो खोज्नेछ ।

मेयर राईका अनुसार नगरपालिकाको आयोजनामा रहेका केही सेल्स प्लटमा खाली जग्गा रहेको छ । तीमध्ये ९–१० धुर जग्गा व्यवस्थापन गरेर पीडितलाई चित्त बुझाउन सकिने प्रस्ताव अघि सारिएको छ ।

“३०–३५ धुर जग्गा दान दिने व्यक्तिलाई ५–८ धुर मात्र काटेर दिइयो, त्यो पनि उनले पाएका छैनन् । यत्रो ठूलो गाँठो फुकाउनै पर्छ,” उनले भने ।

यद्यपि कार्यपालिका सदस्य सृजना नेपालले बसपार्कको डीपीआरमै सेल्स प्लटको उल्लेख नरहेको र बसपार्क निर्माण अझै पूर्ण रूपमा सम्पन्न भइनसकेको जिकिर गरिन् ।

धरान–१९ का वडाध्यक्ष पूर्णबहादुर लिम्बुले पनि विगतमा भएका सहमति र समितिहरूसँग छलफल गरेर मात्रै निर्णय अघि बढाउनुपर्ने धारणा राखे ।

धरानमा आधुनिक बसपार्कको अवधारणा २०५६ सालपछि सुरु भएको हो ।

०६७ सालदेखि पुरानो बसपार्क साँघुरो भएपछि धरान–८ सुन्दरबस्तीमा स्थानान्तरणको योजना अघि बढाइँदा करिब ३८ कट्टा निजी जग्गा उपमहानगरपालिकाको स्वामित्वमा ल्याइएपछि विवाद सुरु भएको थियो ।

०७६ माघ २७ गते तत्कालीन कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारी सुवेदीले बसपार्कको शिलान्यास गरेकै दिन स्थानीय जग्गाधनीले विरोध जनाएका थिए ।

स्थानीयको चित्त नबुझाई अघि बढाइएको प्रक्रियाकै कारण निर्माण सम्पन्न भइसकेको आधुनिक बसपार्क आजसम्म सञ्चालनमा आउन नसकेको निष्कर्ष नगरसभामा निकालिएको छ ।

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved