धरान–१६ बाट ट्रामाडोलसहित युवक पक्राउ, बराहक्षेत्रमा १३० केजी गाँजासहित दुई जना नियन्त्रणमा

  • मंसिर २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीमा लागूऔषधविरुद्ध प्रहरीले कडा कारबाही अघि बढाएको छ। धरान उपमहानगरपालिका–१६ बाट ट्रामाडोलसहित एक युवक पक्राउ परेका छन् भने बराहक्षेत्रमा ठूलो परिमाणको गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको छ।

धरान उपमहानगरपालिका–१६ स्थित नौलो बस्तीमा अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले २८ मंसिर साँझ ४:१० बजे नियमित गस्तीका क्रममा शंकास्पद अवस्थामा फेला परेका २९ वर्षीय विष्णु सुब्बालाई चेकजाँच गर्दा लागूऔषध बरामद गरेको हो।

प्रहरीले उनको साथबाट ट्रामाडोल ५२५ ट्याब्लेट र डिक्लोमाइन ३७५ ट्याब्लेट गरी जम्मा ९०० ट्याब्लेट लागूऔषध फेला पारेको जनाएको छ। सुब्बालाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको छ।

यसैबीच, २९ मंसिर राति १२:४५ बजे बराहक्षेत्र नगरपालिका–३ नडाहा–धरान जंगल क्षेत्रमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र प्रहरी बेस क्याम्प चतराबाट खटिएको संयुक्त चेकिङ टोलीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ।

धरानबाट नडाहा तर्फ जाँदै गरेको बा. १८ च. ३८३४ नम्बरको कारलाई कानुनबमोजिम चेकजाँच तथा खानतलासी गर्दा कारको पछाडिको सिट र डिक्कीमा कालो प्लास्टिकमा प्याक गरिएको पाँच वटा पोकाभित्र गाँजा १३० केजी फेला परेको प्रहरीले जनाएको छ।

उक्त लागूऔषध र कारसहित कार चालक इटहरी उपमहानगरपालिका–१७ पकलीका २४ वर्षीय करण साह र कारमा सवार विराटनगर महानगरपालिका–५ का २१ वर्षीय सचिन मेहतालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीले लागूऔषध ओसारपसार नियन्त्रणका लागि जिल्लाभर निगरानी र चेकजाँचलाई अझ कडा बनाइने जनाएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved